पुर्व

ताप्लेजुङमा खहरेको बाढीले यातायात सेवा अवरुद्ध

ताप्लेजुङ, असार ३० गते । पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो । खोलामा एक्कासि बाढी आएपछि आइतबार हप्पुखोला, सिनाम पुगेर फ�. . .


ओखलढुंगामा लामो समयको खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँ सुरु

ओखलढुंगा । जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी द�. . .


सोलुखुम्बुको फाप्लु विमानस्थल पहिरोको जोखिममा

सोलुखुम्बु, ३० असार । सोलुखुम्बुको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेको छ । निरन्तरको वर्षासँगै धावन मार्गको माथिल्लो भागबाट पहिरो जान थालेको छ । विमानस्थलको ६ सय मिटर धावन मार्ग मध्ये करिब ३ सय मिटर धावनमार्गमा पहिरोको जोखिम देखिएको हाे । धावन मार्गको माथिल्लो भागबाट सुरु भएको पहिरो बढ्दै जाने ह. . .


लगातारको वर्षाले चैनपुरका केही घर पहिरोको उच्च जोखिममा

संखुवासभा, २९ असार । लगातारको वर्षाका कारण संखुवासभाको चैनपुर नगरपालिका-४ मा रहेकाे पोखरीबजार नजिकैका ४ घर पहिरोको उच्च जोखिममा परेका छन् । केही दिनदेखि परेको अविरल वर्षाले स्थानीय लिलाबहादुर कार्की, बर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घर पहिरोको उच्च जोखिममा परेका हुन् । उनीहरुकाे घर�. . .


उदयपुरमा पहिरोले थुनिएको खोला फुट्यो, पाँच गाउँका बासिन्दा सुरक्षित स्थानतर्फ

गाईघाट, असार २९ गते । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ । शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले बैद्यनाथ खोला थुनिएपछि खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेक�. . .


ओखलढुंगामा बाढी-पहिरोबाट चारको मृत्यु , एकै परीवारका दुई जना पहिरोमा परे

मनोज भट्टराई, ओखलढुंगा, असार २९  गते । सडकका कारण ओखलढुंगामा दुई जनाले ज्यान गुमाएका छन् । मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेमा शनिबार बिहान पहिरो जाँदा एकै परीवारका दुई जनाको ज्यान गएको हो । पहिरोमा परी मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ७ की ४० वर्षिय खपुटी शेर्पा र उनकी १२ वर्षिय छोरी याङजी शेर्प�. . .


कोशी ब्यारेजका खोलिएका ५६ वटा ढोका आज बिहानबाट क्रमश: बन्द गर्न थालियो

अमर काफ्ले इनरुवा । ब्यारेज पुललाई खतरा पुर्याउने अवस्था सिर्जना भएपछि गएराति खोलिएका ५६ ढोका पानीको बहावमा कमी आउनासाथ फेरि बन्द गर्न थालिएको छ । कोशीमा १५ वर्षयताकै उच्च बहाव ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेपछि गएराति १० बजेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको थियो । बहाव बढ�. . .


हवाइ र सडक मार्ग बन्द हुँदा सोलुखुम्बुमा सयौँ यात्रु अलपत्र

सोलुखुम्बु , २९ असार । चार दिन देखि निरन्तर वर्षा हुदाँ सोलुखुम्बुबाट काठमाण्डौ जाने सयौँ यात्रु अलपत्र परेका छन् । निरन्तरको झरीले हवाइ सेवा ठप्प भएको जिल्लामा एक मात्र विकल्पको रुपमा रहेको सडक मार्गसमेत बिहीबार रातिको पहिरोले अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका हुन् । नागरिक उड्यन प्राधिकरण फ. . .


पहिरोमा परेर ओखलढुंगामा एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु

ओखलढुंगा ,२९ असार । ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो। पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई जनाको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहर�. . .


अपडेट : बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३, बेपत्ता २४

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्य. . .


पहिरोले घर पुरिँदा भोजपुरमा एकै परिवारका ३ जनाको ज्यान गयो

भोजपुर, २८ असार । लगातारकाे वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा  कुमार राईको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसे. . .


अपडेट : सप्तकोशी नदीको ४० ढोका खोलियो , पानीको बहाव अझै बढ्दै

हिमाल दाहाल , इटहरी असार २८ । भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम. . .