पुर्व

विराटनगर राजधानी भएपछि तात्यो धनकुटा , आन्दोलन घोषणा

विराटनगर बैशाख २४, प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।     राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्. . .


ट्राफिक प्रहरी कार्यालय दमक झापाको भवन शिलान्यास

झापा, २४ बैशाख । ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाता भित्र निर्माण हुन लागेको प्रहरी आवास गृह तथा भान्सा घरको शिलान्याश गरिएको छ। उक्त भवनको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गरेका हुन् । आवास गृहको शिलान्यास पश्चात कार्यक्रमलाई सम्. . .


धनकुटाको शहीदभूमिमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

धनकुटा, २४  बैशाख ।  धनकुटाको शहीदभूमि गाउँपालिका ७ देउरालीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ७ देउराली कै ट्याक्टरका सह चालक २२ वर्षीय ओमबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका शहीदभूमि गाउँपालिका ७ देउरालीबाट महालक्ष्मी न�. . .


तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीद्वारा वियजी सुरुआत

ताप्लेजुङ, २४ बैशाख । ताप्लेजुङमा जारी ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीहरूले वियजी सुरुआत गरेका छन्। मैवाखोला गाउँपालिकाको केन्द्र साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश १ लाई पराजित गर्‍यो। पाँचजना. . .


गरिखानेको कथा : मोरङको लेटाङका शेरबहादुर कपाल काटेरै मनग्गे आम्दानी गर्दै

भूमिका पाख्रिन लेटाङ मेहनत र लगनशील भएर काम गर्न हो भने विदेशिनु पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् शेरबहादुर माकिम मगर । वि.सं. २०३४ सालमा पिता बलबहादुर माकिम र माता माया माकिमको कोखबाट मोरङको लेटाङमा जन्मिएका शेर बहादुर माकिम मगर हाल आफ्नै पेशा व्यवसायबाट आफ्नै ठाँउमा उदाहरणका पात्र बनेका छन�. . .


मोरङको सुन्दर-हरैँचामा बसको ठक्करबाट मोटरसाईकल चालककको मृत्यु 

मोरङ, वैशाख २३ । मोरङको सुन्दर-हरैँचा नगरपालिका-८ सलकपुरमा बसको ठक्करबाट आइतवार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थ. . .


इलाममा लागु औषध सेवन गर्ने ११ जना पक्राउ परे

बिनय तिम्सिना इलाम, २२ बैशाख । इलाममा लागु औषध सेवन गर्ने ११ जना पक्राउ परेका छन् । लागु औषध सम्बन्धी गतिबिधीमा संलग्न रहेको भन्ने सुचनाको आधारमा प्रहरी परिचालन गरी खोजतलास गर्दा ६ जनालाई लागु औषध ब्राउन सुगर सहित प्रकाउ गरिएको छ। पक्राउ पर्नेमा पाँचथर जिल्ला फिदिम नगरपालिका ४ बस्ने बर्ष २२ को सुभा�. . .


इलामका चिया मजदुरको आन्दोलन ३५ औँ दिनमा, सरकार र व्यवसायी दुवै मौन

कोकिला ढकाल इलाम, वैशाख २२ । सरकार आफैँले तोकिदिएको ज्याला र अन्य सेवा सुविधा कार्यान्वयन गराउने विषयमा सरकार नै मौन बसेपछि चिया श्रमिकले थालेको आन्दोलन लम्बिएको छ । श्रमिकको आन्दोलन सुरु भएको ३५औँ दिनसम्म पनि सरकार र व्यवसायी दुवै मौन बसेका छन् । सरकारी नियमअनुसार कुनै पनि निर्णय वा सूचनाको परिपक्�. . .


सुनसरी र मोरङका कृषक मारमा : उखु पेल्ने काम समयमा नहुँदा भुक्तानी पाउनमा ढिलाइ

जयकृष्ण यादव इनरुवा, वैशाख २२ गते । उखु पेल्ने काम समयमा नहुँदा सुनसरी र मोरङका कृषकले यस वर्ष पनि भुक्तानी पाउनमा ढिलाइ भएको छ । मङ्सिरदेखि नै उखु पेल्नुपर्नेमा त्यसो नभएकाले भुक्तानीमा ढिलाइ भएको हो । पुसमा मात्रै उखु पेल्न सुरु हुँदा उखु नै सुकेकाले किसानले सोचे अनुसारको प्रतिफल नपाएको रामनन्द म. . .


झापामा साढे ३ सय बिघा जग्गा हडप्ने प्रयास, सत्यतथ्य पत्ता लगाउन प्रशासनलाई निर्देशन

झापा, २२ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित क्षेत्रको साढे ३ सय बिघा जमिन भूमाफियाले आफ्नो नाममा कब्जा गर्न लागेको समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पठाउन जिल्ला प्रशासन कार्यालय झापालाई निर्देशन दिएको छ । सशस्त्र प्रहरीको जवान शिक्षालयसहित खर्बा. . .


मेची पुल माथिबाट आवत जावत अबरुद्ध, चार पांग्रे सवारीसाधन संचालनमा समस्या

विराटनगर, २२ बैशाख । भद्रपुरस्थित मेची पुल माथिबाट आवतजावत गर्ने चार पांग्रे हलुका सवारीसाधन संचालनमा समस्या भएको छ । पुल जोडन भारत तर्फ बनाइएको ग्राभेल सडक भत्किएपछि दुईदिनदेखि सवारीसाधन आवतजावत ठप्प भएको हो । भद्रपुर – गलगलिया नाका भएर चल्ने सवारीसाधन पुनः काकँडभिट्टा नाका भएर आवतजावत गर्न बाध्य. . .


इँटाको विकल्पमा झापामै पहिलो पटक सिएलसी ब्रिक उत्पादन सुरु

विराटनगर, २२ बैशाख । इँटाको विकल्पमा झापामै पहिलो पटक सिएलसी ब्रिक उत्पादन सुरु गरिएको छ । युवा उद्यमीहरु दीपबहादुर श्रेष्ठ, दिपेन्द्रकुमार कार्की, सञ्जय श्रेष्ठ, अनुषा बाँनिया लगायतको सामूहिक साढे २ करोड लगानीमा भद्रपुर ७ स्थित डाँफे चोक नजिकै लक्ष्य ब्रिक एण्ड मेटल उद्योग सञ्चालनमा ल्याएका हुन । . . .