बिराटनगर मङ्सिर २३ , मोरङ केराबारी ६ स्थित दुर्गाराज खडकाको भान्सा कोठामा चुल्हाबाट अचानक हुँदा उनको फुसले बनेको घर, घरका समानहरु जलेका छन। आगोले खड्काको तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय केराबारीबाट गएको प्रहरीले गाउँलेको सहयोगमा नियन्त्रण गरेका छन्।. . .
सप्तरी, २२ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बस्नुभएको छ । उहाँको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका �. . .
सुनसरी, मंसिर २२ सुनसरीको सोनापुर-१ स्थित हनुमन्त पोली फर्ममा मंगलबार साँझ आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्। घाइतेहरुमा दुहवी-४ बस्ने ४० बर्षिय दिलिप चौधरी, भारत बिहार हाजीपुर बस्ने २५ बर्षिय राजु यादव र काठमाण्डौ सतुङ्गल बस्ने ३५ बर्षिय अमृत श्रेष्ठ रहेका छन्। उनीहरु उधोगमा लागेको आगो �. . .
बिराटनगर मङ्सिर २२ , धनकुटाको तमोर खोलाबाट र्याफि्टङ सुरु भएको छ । र्याफि्टङमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतरा घाट सम्मको यात्रा गराइनेछ । सेतु एड्भेन्चर प्रालिले हरेक वर्ष हिउँदमा र्याफि्टङ गराउने गरेको छ । यात्रा ३४ किलोमिटर हुनेछ भने ६ घण्टामा उक्त यात्रा पूरा गर्न सकिनेछ । यात्रामा प्रति व्यक�. . .
धनकुटा मङ्सिर २२ , धनकुटा जिल्लाको ताङ्खुवामा एक ५५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताङ्खुवा -२ का रविन लिम्बू रहेका छन् । पीडितको किटानी जाहेरीको आधार युवालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनु�. . .
उदयपुर–दोस्रो बिहे गरेको आरोपमा अदालती कारबाहीमा परेका यहाँका एक युवकलाई १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको छ । बहुविबाह गरेको आरोपमा पुर्पक्षका लागि थुनमा रहेका त्रियुगा नगरपालिका १३ सुक्लाहीका मेघबहादुर मगरलाई उदयपुर जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो । न्यायाधीश राजकुमार कोइ. . .
सुनसरी, मंसिर २१ सुनसरीको हरीनगरा-२ स्थित एक कस्मेटीक पसलमा गएराती आगलागी भएको छ। स्थानीय शिवन चौरसियाको कस्मेटीक पसलमा राती २ बजेतिर विधुत सर्ट आगालागी भएको हो। आगोले पसलमा भएको नगद ७० लाख सहित अन्य माल-सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानीय प्रहरी, स्थानीयबासी र दमकल�. . .
प्रेम देवान विराटनगर २० मंसिर राष्ट्रिय जनता पार्टी राजावादीका सहमहामन्त्री रामकुमार खातीले हिन्दुधर्म र राजसंस्थाको अन्त्य गर्न पश्चिमा देशहरु लागी परेको आरोप लगाउनु भएको छ । ग्रामिण समाजसेवा केन्द्र सुनसरीले आइतवार बेलुका दुहवी भलुवा नगरपालिका स्थित प्राष्टोकी २ मा गरेको रामजानकी विवाह उत्स�. . .
सप्तरी, मंसिर २० गते। सप्तरी प्रहरीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा गौरीपुर–५ का नथुनी यादव र सप्तरी प्रसवनी-७ घर भई राजविराज–५ बस्ने भवानीप्रसाद यादव छन्। उनीहरुलाइ प्रहरीले शनिबार मलेठ गाविस–५ बाट पक्राउ गरेको हो। गत १२ गते जिल्ला प्रश�. . .
सप्तरी, मंसिर २० गते। सप्तरीको कंचनरुप-५ मा सोमबार मोरङको उर्लाबारीस्थित हिमचुली सेकेण्डरी बोडिङ्ग स्कुलको शैक्षिक भ्रमण टोली चढेको बस दुर्घटना हुँदा पाँच बिधार्थी घाइते भएका छन। पोखराबाट शैक्षिक भ्रमण सकेर फर्कदै गरेको ना ५ ख ८११९ नम्बरको बस विहान ०५;३० बजे सवार उक्त स्थानमा दुर्घटना भएको थियो। . . .
विजय धिमाल राजघाट १९ मंसिर मोरङको राजघाट दुर्गापुरी स्थित राजघाट प्रहरी कर्मचारी, स्थानिय जनताको आर्थिक सहयोग तथा श्रमदान बाट करीब एक लाख बराबरको ब्याटमिन्टन कोण निर्माण गरी बिधिवत रुपले उद्घाटन गरिएको छ । कोणको उद्घाटन संगै राजघाट ब्यडमिन्टन क्लबको आयोजनामा पहिलो पटक वान डे खुल्ला नकआउट ब्याडम�. . .
मोरङ, मंसिर २० मोरङको रंगेली-५ मा आइतबार दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्। अपरान्ह ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १० प १८०३ नम्बरको मोटरसाइकल र मे २ प ७६०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। दुर्घटनामा दुवै मोटरसाइकलका चालक रंगेली-११ बस्ने ३१ बर्षिय रविन यादव. . .