सम्पादकीय

डाडु–पन्यु पनि चाहिन्छ माननीयहरुलाई !

कोशीमा प्रदेशसभा सदस्य र कर्मचारीहरुका लागि सरकारले चुलो उपलब्ध गराएको छ । सरकारले खरिद गरेको विद्युतीय चुलो सांसद र कर्मचारीले बुझ्न थालेका छन् । सरकारले ६१३ वटा बिद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ मा खरिद गरेको सार्वजानिक भएको छ । सांसद र कर्मचारीले बजारमा एघार हजार रुपिँयामा पाउने चुलो खरिद गर्न नसक�. . .


राजनीतिक स्थायित्व बिनाको प्रदेश संरचना

धेरै किसिमको शासन व्यवस्थाको अनुभव गरेका नेपाली नागरिकको अवस्थामा तात्विक परिवर्तन अझै पनि छैन । एउटा साशन प्रणालीलाई भोगेर बदलिदोँ समयका लागि नयाँ प्रणाली खोज्दै आएका नेपालीहरु राजनीतिक अनुभवका धनी भईसकेका छन् । तर, अनुभव लिएका आधारमा सकारात्मक नतिजा प्राप्त गर्ने आसामा तुषारापात लागिरहेको छ । भन. . .


मुख्यमन्त्रीमा नाम लेखाउन गैरसंवैधानिक कदम

कोशी प्रदेशमा पाँचौं मुख्यमन्त्रीको रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुखले नियुक्त गरेका थापाले संवैधानिक रुपमा संसदबाट आफ्नो मुख्यमन्त्री पद विश्वासिलो छ भन्ने पुष्टि ३० दिन भित्र गराउनु पर्नेछ । अर्थात् प्रदेशसभा भित्रका बहुमत सदस्यहरुले मुख्यमन्�. . .


यात्राका १२ वर्ष, सिक्ने सिकाउने पाठशाला

विराटनगरबाट प्रकाशित आवर विराटनगर अनलाइन असार १५ गते, आज १२ औं वर्षमा प्रवेश गरेको छ । एघार वर्षको सुखद् अनुभव र शिक्षा लिएर १२ औं वर्षको यात्रा तय गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण पाठक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दछौं । सञ्चारमाध्यमको सबैभन्दा ठूलो सम्पति पाठक हुन् । पाठक बिना सञ्चारमाध्यम. . .


संस्थागत गणतन्त्र र सुशासन

आम नागरिक स्वतन्त्र र राज्यका सेवाको पहुँचमा पुग्ने शासन व्यवस्था गणतन्त्र मानिन्छ । नेपालमा १६ वर्ष अगाडी एउटा राजनीतिक उपलब्धीको रुपमा प्रारम्भ भएको गणतन्त्रले अहिले आम नागरिकलाई साशन व्यवस्थामा पुग्ने हिस्सेदार बनाईसकेको छ । विशेष राजनीतिक परिस्थिति सिर्जना भएर लामो समयदेखिको राजतन्त्रात्मक. . .


नक्कली शरणार्थी प्रकरणमा नछुटुन् नेता

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सञ्जालमा देशका राजनीतिक दलका नेताको पनि संलग्नता देखिएको छ । बिचौलियाको योजनामा देशको गृह प्रशासन र सरकारको उच्च ओहोदामा बसेकाहरु नै संलग्न देखिनु राष्ट्रका लागि लज्जाजनक भएको छ । अर्को राष्ट्रसँग जोडिएको इस्यूमा नेपाल भित्र भएको गद्दा. . .


नयाँ वर्ष सिर्जनशील सोच

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नेपालमा २०८० सालको प्रारम्भ भएको छ । अर्थात् आज बैशाख १ गते नेपालीमनहरुमा नयाँ वर्षको उमङ्ग छाएको छ । आज परम्परा अनुसार विभिन्न कार्यक्र�. . .


स्ववियु नेतृत्वको भूमिका

उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक केन्द्रहरुमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । केहि क्याम्पसहरुमा हुने क्रम र केहिमा बाँकी छ । निर्वाचनबाट विद्यार्थीहरुको साझा नेतृत्व स्थापित भएका छन् । निर्वाचनले विश्वविद्यालय मातहतका क्याम्पसहरुमा विद्यार्थी माझ लोकतान्त्रिक अभ्य�. . .


रङ्गबाट व्यक्त गरौं प्रेमभाव

वसन्त ऋतुमा रङ्गको चाड होलीले नेपाली कला र संस्कृतिको अनुपम आनन्द भरिदिन्छ । संस्कृतिलाई झल्काउने फागु पुर्णिमा एक अर्कामाथि रङ्गहरु भरेर रङ्गिन बनाउने दिन हो । हिन्दू संस्कृतिमा आधारित फागुन शुक्ल पूर्णिमाको दिन नेपाल र भारत तथा अन्य राष्ट्रमा बसोबास गर्नेहरुका लागि महत्वपूर्ण चाड हो । पुरानो कट. . .


स्वागतयोग्य नाम कोशी

नेपालको संविधान अनुसार राज्य पुर्नसंरचना हुँदा बनेका सातवटा प्रदेशमध्ये १ अंक उल्लेखित भुगोलको रुपान्तरित नाम कोशी प्रदेश न्वारन भएको छ । संघीय ढाँचाको पुनर्सरचनामध्ये अब नेपालको सबैभन्दा पूर्वी भागका १४ जिल्ला कोशी प्रदेश भएको हो । प्रदेशको राजधानी विराटनगर तोकिएपनि प्रदेशले नाम भने छ वर्षपछि म�. . .


भ्रष्टचार गर्नेमाथि कडा सजाय

थाई स्माइल एयरलायन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिएको तथ्य बाहिर आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । उनलाई विभागिय मन्त्रालयले प्रमाणका आधारमा निलम्बन गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यो कार्य सुशासन�. . .


विराटनगरमा सडक पार्किङ निषेधको सहि निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले अति व्यस्त हुने बजार क्षेत्रका सडकलाई खाली गराएर आवागमन सहज बनाउने अभियानको थालनी गरेको छ । जसले शहरलाई खुल्ला, सहज र शान्तपूर्वक आउजाउ गर्ने वातावरण सिर्जना गराउने उद्देश्यलाई समेट्छ । व्यस्त बजार क्षेत्रका सडकको पार्किङ व्यापारको दृष्टिकोणले सहज-असहज दुवै तर्�. . .