Admin_OB

दुहबीमा नि:शुल्क आँखा जाँच शिविर

बिराटनगर  असार २९। दुहबी जेसीज, लायन्स क्लब बिराटनगर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, र तिलगंगा आँखा अस्पताल काठमाण्डौँको संयुक्त आयोजनामा दुहबीमा मंगलबार नि:शुल्क आँखा जाँच तथा मोतीविन्दुको अपरेसन शिविर समापन्न भएको छ । शिविरमा १ सय २५ जनाले नि:शुल्क आँखा जाँच गराएका छन् । शिविरमा २० जनामा म�. . .


कोसी राजमार्गमा दुर्घटनामा,महिलाको मृत्यु

मोरङ, असार २९ मोरङको हात्तीमुढा–८ स्थित कोसी राजमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ५ प १५२५ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले अपरान्ह २;३० बजे ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा �. . .


ट्रकसंग बस ठोक्किदा १३ घाइते

सुनसरी,२९ असार : सुनसरीको रामधुनी-भासी-४ मा मंगलबार ट्रकसंग बस ठोक्किदा बसमा सवार १३ जना यात्रु घाइते भएका छन् । विराटनगरबाट राजबिराजतर्फ जादै गरेको ना ३ ख ५४६० नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका १३ जना यात्रुको इटहरीस्�. . .


मट्टितेलको टुकी प्रयोग गर्नेलाई सोलार वितरण

उर्लाबारी, २८ अासार घर अगाडिबाट विद्युतका तार गाउँ–गाउँ पुरयाइए पनि घरमा मट्टितेलको टुकी बाल्दै आएका मोरङको केरौन गाविसका २५ घर धुरीले मंगलबारबाट सोलारको उज्यालो प्रयोग गर्न पाएका छन् । जिल्ला विकास समिति मोरङको वैकल्पिक उर्जा कार्यक्रम अन्तरगत गाविस र सांसद विकास कोषले आर्थिक सहयोग गरेपछि उनीहरू. . .


सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

राजघाट २८ असार विजय धिमाल उर्लाबारी ४ स्थित गोदाबारी अस्पतालमा सुत्केरीको मृत्युपछि आफ्न्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका छन् । अस्पतालको लापरवाहीका कारण २२ वर्षीया ज्योति खड्काको मृत्यु भएको आफ्न्तको आरोप छ । नवजात शिशुको अवस्था भने सामान्य छ । दमक १६ ताराबारीकी ज्योतिको मंगलबार साँझ शल्यक्र�. . .


आन्तरिक श्रोतसाधन र श्रमदानबाट विराटनगरमा ४१ लाखको भवन निर्माण (तस्बिर सहित)

प्रेम देवान विराटनगर २८ असार । पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा नव­­निर्मित प्रशिक्षार्थी मेष, भान्साघर, कम्प्युटर ल्याब तथा फाइरिङ सेमुलेटर रुमको आज एक कार्यक्रम विच उदघाटन् गरिएको छ । क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले आज समुद्घाटन गर्नुभए�. . .


भोजपुरमा खाद्य संस्थानकोे चामल खपत हुन छाड्यो

भोजपुर, २८ असार – नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ । चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको छ । विगत चार वर्ष अगाडि खाद्य संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई चामल लिन आउने भीड व्यवस्थापन गर्न निकै कठीन ह. . .


अब हरियाली बन्ने भयो पाँचथर

पाँचथर, २८ असार – जिल्ला वन कार्यलयले विभिन्न प्रजातिका ४० हजार बिरुवा वितरण गरेको छ । कार्यालयका सूचना अधिकारी ललितकुमार कर्णका अनुसार भू–क्षय र पहिरोबाट सुरक्षित रहन वृक्षारोपण गरिएको हो । टिक १० हजार, खोटे सल्ला सात हजार, धूपी सल्ला तीन हजार, अमेरिकन सल्ला सात हजार, खयर दुईहजार ५०० र तेजपत्ता १० हजा�. . .


प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर सरकार नछाड्ने

काठमान्डौ असार २८ , नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ। त्यसपछि प्रधानमन्त्री ओलीको अगाडि दुई विकल्प रहनेछ। पहिलो राजीनामा  दिने र दोस्रो संसदबाट विश्वासको मत प्राप्त गर्ने। एमाले नेताहरुका अनुसार अब ओलीले के गर्ने भन्ने �. . .


माओवादीले सरकार छाड्यो !!

काठमाडौँ, २८ असार । ओली सरकारबाट बाहिरिने निर्णयमा पुगेको माओवादी केन्द्रले सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । सरकारलाई दिँदै आएको समर्थन फिर्ता सम्बन्धी जानकारी दिन अहिले दिउँसो २ संसदीय दलको कार्यालय सिंहदरबारमा बजे माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको हो । माओवा�. . .


“यो साइनो मायाको” चलचित्रको साउन १३ गते बिराटनगरमा रेड कार्पेट शो

बिराटनगर असार २८ , यो साइनो मायाको चलचित्र गत मङ्सिर महिनामा सुटिङ सकिए लगतै सम्पूर्ण पोस्ट प्रोडक्सनको कार्य सम्पन्न गरी साउन १३ गते हिमालय टाकिज बिराटनगरमा रेड कार्पेट शो हुने भएको छ । साङितिक प्रेम कथामा आधारित चलचित्र यो साइनो मायाकोमा नया कलाकारहरुको बाहुल्यता रहेको यस चलचित्र निर्देशक अरुण प�. . .


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौंः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । माओवादी केन्द्र भित्र सरकारबाट फिर्ता हुने विषयमा सोमबार नै निर्णय भएको माओ. . .