Admin_OB

ढुंगाले किचेर एकजनाको मृत्यु

मोरङ २ जेठ/ संखुवासभाको खाँदबारी नगरपालिका ८ मा पर्ने माल्टा खोलामा ढुंगाले किचेर शुक्रबार एकजनाको मृत्यु भएको छ । माल्टा भीरगाउँका १३ वर्षका मनकुमार राईको खोलामा नुहाउने क्रममा ढुंगाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदब�. . .


किसान र कृषक समूहलाई अलैंची सुकाउने डबल ड्रम ड्रायर प्रदान

इलाम, २ जेठ ।  जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसका किसान र कृषक समूहलाई अलैंची सुकाउने डबल ड्रम ड्रायर प्रदान गरेको छ । कार्यालयले जिर्मले, इलाम नगरपालिका, चमैता, साङरूम्वा र बरबोटे गाविसका किसानलाई ड्रायर वितरण गरेको हो । कार्यालयले ८० हजार प्रतिगोटा मूल्य भएको पाँचवटा ड्रायर शतप. . .


खोलामा नुहाउन गएका किशोर बगेर बेपत्ता

मोरङ जेठ १  / मोरङको वारंगी ६ स्थित किसान खोलाको दहमा नुहाउन गएका एक किशोर आज बगेर बेपत्ता भएका छन्। लेटाङ-भोगटेनी नगरपालिका ८ बस्ने १६ वर्षिय निशान राई खोलामा नुहाउनेक्रममा बगेर बेपत्ता भएका हुन्। उनीसहित उनकै बिद्यालय पूर्वाञ्चल अल्मामिटर बोर्डिङ स्कुलमा पढ्ने चारजना दिउँसो २ बजे खोलामा पसेका थिए�. . .


एसएलसीको नतिजा असार दोस्रो साता

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले प्रवेशिका परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले हालै आएको भूकम्पले उत्तरपुस्तिका परीक्षणमा खासै असर नपारेको र सबै उत्तरपुस्तिका सुरक्षित रहेकाले परीक्षाफल निर्धारित समयमै प्रकाशन हुने बताए ।. . .


कारागारबाट भागेका कैदी पक्राउ

झापा, १ जेठ ।  जिल्ला कारागार झापाबाट गत चैतमा फरार भएका कैदीलाई प्रहरीले शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । ल्यापटप र मोबाइल चोरी आरोपमा मुद्दा चलाइएका बिर्तामोड नगरपालिका–६ निवासी कमलसेख हुसैन मियालाई प्रहरीले शुक्रबार बिर्तामोडस्थित उनकै घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय ब�. . .


अमेरिकी हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍याे

  २९ वैशाखदेखि हराइरहेकाे अमेरिकी हेलिकाेप्टर दाेलखाकाे कालिञ्चाेकडाडाँकाे उत्तरी क्षेत्रमा दर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ । नेपाली सेनाकाे अारएएन ४७ हेलिकाेप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकाेप्टरकाे भग्नावशेष पत्ता लगाएकाे थियाे । दुर्घटनास्थल ११ हजार एक फिटकाे उचाईमा काठमाडाैं�. . .


“सभासद ज्युहरु भूकम्प प्रभाबित जिल्ला जानुस”

राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बिहीबार बसेको पहिलो बैठकले समितिमा रहेका सभासद्हरुलाई भूकम्प प्रभावित जिल्ला जान निर्देशन दिएको छ । सभामुख सुवासचन्द्र नेम्वाङको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले भूकम्प प्रभावित जिल्लाको अवस्था अनुगमन गर्न समितिमा रहेका सदस्य�. . .


टी-२० विश्वकप छनोटमा नेपालको पहिलो खेल अमेरिकासँग

  ३१ वैशाख, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ । नेपाल समूह एमा परेको छ, जुन समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । समूह बीमा अफगानिस्ता�. . .


“अब मलाई दरो बन्न कसले सिकाउने ?”(कबिता)- परिवर्तन ढकाल

आमा तिमीले जन्म दियौ, जीवनमा खुट्टा नकमाउन तिमी नै हो सिकाउने आज तिमी आफै कामी रहेछौ, अब मलाई दरो बन्न कसले सिकाउने ? आमा तिम्रै आडमा जीवन उज्यालो बनाउने आस राखेको छु तिमीनै यति बिध्न निर्दयी भएपछी अब जीबन चम्किलो बनाउन कसले सिकाउने? होला तिमीलाई आफ्नो कुपुत्र सन्तान देखी रिस उठेको आफ्ना सबै सन्तान न�. . .


कक्षा ११ र १२ का वार्षिक परीक्षा भूकम्पका कारण अनिश्चित

  काठमाडौँ, वैशाख ३१ – कक्षा ११ र १२ का वार्षिक परीक्षा पछिल्लो भूकम्पका कारण अनिश्चित भएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण स्थगन भएका ती परीक्षा मङ्गलबारको ६ दशमलव ८ रिक्टर स्केलका भूकम्पका कारण थप अनिश्चित भएको हो । यही वैशाख २० गते कक्षा १२ को परीक्षा हुने कार्यतालिका रहेकामा विनासकारी . . .


झापामा विद्युत् सेवा अवरुद्ध

झापामा हावाहुरीका कारण तीन दिनदेखि एक दर्जनभन्दा बढी स्थानका विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् पोल ढलेपछि काँकडभिट्टा, धुलाबारी, चारआली चन्द्रगढी, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, दुहागढी, गरामनी, सुरुङ्गा, घैलाडुब्बालगायतका क्षेत्रका विद्युत्का पोल लडेपछि सेवा. . .


१२ कक्षाको परीक्षा स्थगित , स्नातक तह तेस्रो वर्षको परीक्षा पनि

१५ दिनको समय दिएर पछि परीक्षा तालिका सार्वजनिक गर्ने त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आगामी जेठ १४ गतेदेखि तोकिएको परीक्षा मंगलवारको दोस्रो भूकम्पका कारण स्थगित भएको परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाएको छ। विद्यार्थीहरुलाई कम्�. . .