९ जेठ, दमक। दमक ६ स्थित ढुकुरपानी उमाविको ५ लाख रूपैयाँ बैंक खाताबाटै गायव भएको छ। विद्यालयको राष्ट्रिय वाणिज्य बैंक दमक शाखामा खोलिएको खाताबाट किर्ते गरी रकम निकालेको पाइएको विद्यालयले जनाएको छ। नक्कली लेटरप्याड र छाप प्रयोग गरी बैंक्रलाई चेक सकिएको वेहोरा जनाई नयाँ चेक बुक निकालेर रकम निकालेको पा. . .
८ जेठ, मोरङ। धारिलो हतियार प्रहारबाट विहीबार मोरङको पथरी-शनिश्चरेका छुट्टाछुट्टै ठाउँमा दुई युवक घाइते भएका छन्। खुकुरी प्रहारबाट पथरी-शनिश्चरे – ७ का वर्षिय सग बहादुर राई र सोही नगरपालिका १४ का रण बहादुर तामाङ घाइते भएका हुन् । राईलाई छिमेकिको घरबाट फर्कनेक्रममा हिजो साँझ अपरिचित ३/४ जनाको एक समुहल�. . .
८ जेठ, दमक। झापाको जुरोपानी गाविसको दैनिक कामकाज कार्यालय वाहिर खुल्ला चउरबाट गर्न थालिएको छ । हालै भुकम्पले कार्यालय भवनमा क्षति पुर्याएपछि गाविसको काम चउरबाट शुरु गरिएको हो । २०३६ सालमा बनेको भवनको पर्खाल भत्किएपछि कार्यालयको काम खुला चउरबाट सञ्चालन गरिएको जनाइएको छ । गाविसभित्र बसेर कार्य सम्प. . .
इटहरा , ८ जेठ । मोरङको इटहरा २ स्थित कट्नुबाधमा रहको गोपेश्वर महादेव मन्दिरमा शान्ति यज्ञ हुने भएको छ । गत वैशाख १२ र २९ गते गएको बिनाशकारी भुकम्पमा परी ज्यान गुमाउनेहरुको मृत आत्मको चिर शन्ति तथा उपचारत घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शनिबार बिहान १० बजे शान्ति यज्ञ आयोजना गरिनेने भएको ह. . .
इटहरी, जेठ ८ गते । प्रहरीले बेवारिस अवस्थामा फेला परेको झोलामा विभिन्न लागुऔषध हिजो बरामद गरेको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका क्षेत्रबाट धरानतिर जाँदै गरेको सार्वजनिक सवारी साधनको जाँच गर्ने क्रममा झोलामा २०० थान डाइजिपाम, २०० थान नेरोजेसिक, २०० थान एभिल र ७२० थान एपामोस प्रोसिक्स रहेको इ�. . .
विराटनगर÷ गत बैसाख १२ गते आएको भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनले गर्दा क्षति पुगेका निजी स्कुलहरुले विवरण जिल्ला शिक्षा कार्यालय सम्म पुगेको छैन् । भवन चकिएको हल्ला चले अभिभावकले विद्यार्थीहरु स्कुल नपठाउने त्रासले गर्दा निजी विद्यालयहरुले स्कुलमा क्षति पुगेपनि विवरण नबुझाएका हुन् । निजी व�. . .
अब भर नपर मन डर घर, थरथर नगर । परपर गर, अब भर नपर ।। डगमग मन, भन पर सर । वरपर छल, अब भर नपर ।। बन अब नर, गर पर नजर । छलफल गर, अब भर नपर ।। मन धन, छटपट नगर । यत्रतत्र छल, अब भर नपर ।। तहसनहस घर, डर सहर । झलमल गर, अब भर नपर ।। दल छन् ठग, अब गडबड । परपर गर, अब भर नपर ।। सहर नगर, फल ऋण जलन । गजब रहर, अब भर नपर ।। ढलपल . . .
गजल दाल भात ढिडो गुन्द्रुक , खाना मेरो पहिचान हो ।। झुप्रो घर छेउमा पाली , छाना मेरो पहिचान हो ।। डोको नाम्लो ढाकार टेकान,ढिकि जातो कुचो देखी । मुरी पाथी धार्नी चौथाइ , माना मेरो पहिचान हो ।। तोरी फापर घैया गहु , आलु देखी भटमाससम्म । कोदो मकै कुभिन्डोको , चाना मेरो पहिचान हो ।। सुन्दा खेरी जङ्गलिको,सङ्ग्. . .
७ जेठ, सुनसरी। एक समूहको खुकुरी प्रहारबाट सुनसरीको इटहरीमा बुधवार राति एक युवक गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट इटहरी ५ का २१ बर्षिय रमेश श्रेष्ठ गम्भीर घाइते भएका हुन्। राति पौने १० बजेतिर स्थानीय १८ बर्षिय सागर नेपालीसहित ३\४ जनाको समुहमा आएका व्यक्तिले श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए। �. . .
सरोज बस्नेत ७ जेष्ठ, उर्लाबारी। आफ्नो टाउको, गाला र घाँटीमा फैलिएको ट्यूमरको अपरेशन गर्न रकम अभावका कारण नसकेपछि पाँचथरको मौवा गाविस- ५ की २६ वर्षिया कुमारी निरौलाले सहयोगको याचना गरेकी छिन् । हाल मोरङको मधुमल्ला- ४ स्थित मामाघरमा आश्रय लिई बसेकी निरौलाको आर्थिक अवस्था ज्यादै नाजुक भएका कारण अपरेशनक�. . .
विराटनगर, जेठ ७ : भूकम्पपीडितहरुलाई राहत दिलाउने उद्देश्यले नेपाल ल्याउने त्रिपालमा नेपाल सरकारले भन्सार छुटको व्यवस्था गरेको छ । तर विराटनगरका व्यापारीहरुले राहतका लागि भन्सार छुटमा ल्याइएका त्रिपालमा अधिक मुनाफा खाएर बेच्ने गरेको खुलासा भएको छ । वैशाख १२ र २९ गते गएको महाभूकम्पका कारण हजारौं नेप�. . .
सुनसरी ७ जेठ – सुनसरीको हरिपुर गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर गाविस– ५ बस्ने ६५ वर्षीय प्रेमबहादुर मगर रहेको सुनसरी प्रहरीले जनाएको छ । बुधबार राति आरक्षबाट निस्केको हात्तीले विहीबार बिहान ४ बजे मगरलाई हरिपुर–५ स्थित केराबारी नजिक आक्रमण गरेको र उनक�. . .