खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । आइतबार खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको हो । घटनामा उनकी श्रीमति ६२ वर्षीया सममाया राई घाइते भएकी छन् । बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ वर्षीय शुभराज . . .
पछिल्लो २४ घण्टामा भारतमा १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ८४४ कोरोना संक्रमित थपिएका हुन् । यो सँगै अब भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ । भारतमा कोरोनाका कारण हालसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको तथ्यांक छ ।. . .
अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ । कोरोनाको महामारीमा रहेको अमेरिकामा जातीय प्रदर्शन भइरहेको छ । यसले संक्रमण थप फैलिने खतरा रहेको बीबीसीले जनाएको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख पुगिसकेको छ ।. . .
सोलुखुम्बु, २६ जेठ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९, लोखिममा मञ्जुरीका साथ भइरहेको वालबिवाह जनप्रतिनिधि र प्रहरीले रोकिदिएका छन् । आइतबार लोखिममा १९ वर्षका किशोर र १६ वर्षीय किशोरीबीच पारिवारीक कुरा मिलाएर दुलाह पक्षबाट दुलाहीको घरमा गएका थिए । त्यसको सुचना पाएपछि प्रहरी र स्थानीय जनप्रनिधि. . .
आइतबारसम्म ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हु्न् । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहे�. . .
विराटनगर । प्रदेश नम्बर १ मा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ । आज सुनसरीमा २ जना पुरुष, मोरङ्गमा २ जना पुरुष, बिराटनगरमा १ जना महिला, झापामा २ जना, उदयपुर १ महिला र २ जना पुरुष सहित १० जनामा कोभिड–१९ पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जानका. . .
नोभेल कोरोना भाइरसका २१३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइसका २१३ संक्रमित थपिएका हुन् । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको. . .
काठमाडौं । कोरोना प्रकोप नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा हालसम्म दुई अर्ब ३१ करोड रुपैयाँ जुटेको छ । सरकारले शुक्रबारसम्मको तथ्याङ्क अद्यावधि गरी सार्वजनिक गरेको छ । शुक्रबार अपराह्न ३ बजेसम्म सरकारी कोषमा दुई अर्ब ३१ करोड ८३ लाख ९७ हजार ९३ रुपैयाँ दाखिला भएको मन्त्रिपरिषद् कार्यालयका प्�. . .
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दर भाउ पुनः तोक्न सुरु गरेको छ । लकडाउनपछि कारोबार नहुँदा दर भाउ तोक्न छोडेको महासंघले आइतबारदेखि पुनः दरभाउ तोकेको हो । यसअघि नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदीको बजार भाउ तोक्न सुरु गरेको थियो । महासंघले विस्तारै लकडाउन खुलुलो बनाउनेतर्फ. . .
अमेरीकी लप्काको उज्यालोमा वैदेशिक हस्तक्षेप र नेपाल अमेरिकाको मिनेपोलिस शहरमा प्रहरी ज्यादतीवाट अश्वेत नागरीकको मृत्यु भएपछि अमेरिकाका शहरहरूमा आगो वलेको छ । आई क्यान्ट व्रीथ र व्ल्याक लाईफ म्याटरको पोस्टर वोकेर कोरोनालाई वास्ता नगरी आमजनता सडकमा आई आगजनी तथा लुटपाटमा समेत संलग्न भएपछि प्रहरीक�. . .
इनरुवा । झोडा फडानी भए सगै स्थापना भएको इनरुवा अस्पतालमा एक वर्ष अगाडीदेखी सुरु गरिएको सिजेरियन डेलिभरी सेवाका स्वास्थ्यकर्मीलाई शनिवार सम्मान गरिएको छ । प्रदेश एक सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा इनरुवा अस्पतालमा सिईओएनसीमा सुरु गरिएको सिजेरियन डेलिभरी सेवाबाट एक वर्षको अवधीमा ६३ जना गर. . .
लकडाउनको अवधिमा निजी अस्पतालमा कार्यरत कर्मचारीहरुको तलब कटौती गरेकोमा निजी अस्पताल तथा हेल्थ केयर कर्मचारी युनियन नेपाल (युनिफिन) ले आपत्ति जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै युनिफिनले लकडाउनको समयमा सरकारले गरेका निर्णयहरुको पूर्णपालना गराउन माग गरेको �. . .