Bivek_OB

उदयपुरको चौदण्डीगढी नगरपालिकामा  भिषण आगलागी

उदयपुर, २५ कात्तिक । उदयपुरको चौदण्डीगढी नगरपालिकामा  भिषण आगलागि भएकाे छ ।नगरपालिकाको वडा नम्बर ६ स्थित बेलटार चतरा लाइन बजरमा भिषण आगलागि भएको हो । काठबाट बनेका घरहरु एकैठाउँमा जोडिएका कारण आगो नियन्त्रणमा समस्या अाएकाे हाे । केहीबेर अघि मात्रै लागेको आगो ५ घर जलेर नष्ट भइसकेको छ । आगो नियन्त्रणका . . .


भरुवा बन्दुक सहित खोटाङमा एक जना पक्राउ

खोटाङ, २५ कात्तिक । खोटाङको दिप्रुङ- चुईचुम्मा-४ बाट प्रहरीले  भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक सहित पक्राउ पर्नेमा  साेही ठाउँमा मामाघरमा बस्दै आएका २७ बर्षीय शुभराज राई रहेका छन् । गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी भडारेघाटबाट खटिएको प्रहरी टोलीले राईको कोठामा खानतला�. . .


विराटनगरबाट १ लाख ९० हजार रकम सहित ५ जना जुवाडे पक्राउ

बिराटनगर, २५ कात्तिक।   मोरङको बिराटनगर महानगरपालिका-१  गंगा चौकबाट प्रहरीले आइतवार राती ठूलो रकम सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  विराटनगर-२ बस्ने चम्पालाल राठीको गोदाम घरमा तास खेल्दै गरेको अवस्थामा राठी सहित विराटनग�. . .


मोरङ र सुनसरीमा  भएको छुट्टा-छुट्टै दुर्घटनामा २ को मृत्यु, २ घाइते

विराटनगर, २५ कात्तिक।  मोरङ र सुनसरी जिल्लामा  भएको छुट्टा-छुट्टै दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।   मोरङको सुन्दर-हरैँचा नगरपालिका-९  विराटचौकमा आज बिहान एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ �. . .


सुनसरीका मरिक समुदाय छठका लागि बाँसको सामग्री बनाउन व्यस्त

इनरुवा,२५ कात्तिक । छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतक. . .


सुनसरीको कोशी गाउँपालिकामा तातो दालले पोलेर बालक घाइते

सुनसरी, २५ कात्तिक । सुनसरीको कोशी गाउँपालिका-७  हरिपुरमा तातो दालले पोलेर १ जना बालक घाईते भएका छन् । भान्सा घरमा बसाएको दालको भाडो घोप्टिएर सोही गाउँपालिका बस्ने विशेश्वर मुखियाको छोरा बर्ष २ को सागर मुखिया घाइते भएका हुन् । दालले पोलेर घाइते भएका बालकको शरिरको बिभिन्न भागमा पिल्सिएर उपचारको लागि स�. . .


गोलिया काठ सहित १ जना पक्राउ

झापा, २५ कात्तिक।  झापाको दमक नगरपालिका-२ बाट शनिवार गोलिया काठ सहित १ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ त २५५२ नम्बरको ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको अवस्थामा ३३ थान सिसौको गोलिया काठ बरामद गरेको हो । काठ सहित ट्याक्टरका चालक ई. . .


प्रहरी कन्ट्राेललार्इ गलत सूचना दिने व्यक्ति पक्राउ

बाजुरा, २५ कात्तिक। प्रहरी कन्ट्राेल नं १०० मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दि. . .


प्रदेश १, सरकारले छठ पर्वको अबसर पारेर विराटनगरमा साँस्कृतीक महोत्सव गर्ने

विराटनगर, २४ कात्तिक । एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते साँस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार २६ गते छठ पर्वको अबसर पारेर जलपान तथा साँस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम कात्तिक २८ गते गर्न लागिएको हो । आज बिराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त�. . .


दमक नगरपालिकाले फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने

झापा, २४ कात्तिक । दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए । ‘राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय �. . .


वडाध्यक्षको ‘जुवा खाल’ मा प्रहरीको छापा

रौतहट, २४ कात्तिक । रौतहटको माधव नारायण नगरपालिका मिठुअवा -५का वडाध्यक्ष जमि अख्तर मन्सुरीसहित केही सर्वसाधारणहरु जुवा तास र कौडा खेलिरहेको फोटो बाहिरिएको छ । मन्सुरि जन निर्वाचित वडाध्यक्ष भएर पनि  जुवा कौडा खेल्दै र खैलाउदै समाजमा विकृति फैलाउने कार्य गरेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेपछि प्. . .


फाेटाेमा हेर्नुस् ईलाम यस्ताे रमाईलाे छ‍‍…

इलाम, २४ कात्तिक । नेपालको पर्यटकीय गन्तव्यमा इलामको यात्रा निकै रोमाञ्जक हुन्छ । विशेष गरी चियाबारी, सूर्योदय तथा हिमश्रृंखलाहरुको दृश्यले सबैलाई आकर्षण गर्छ । डाँडाकाँडाबाट देखिने दृश्य पनि मनमोहक हुने गर्छन् । चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सन्दकपुरबाट सगर. . .