Bivek_OB

आज थप २५ जनामा कोरोना संक्रमण, प्रदेश १ मा ५ थपिए

आज थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।  नवलपरासी, बाँके, धनकुटा र कपिलवस्तुमा कोरोना संक्रमित थप भएका हुन् । नवलपरासीमा १, बाँकेमा  ६ जना, धनकुटामा ५ जना र कपिलवस्तुमा १३जनामा कोरोना देखिएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।. . .


नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भन्ने समाचार गलत,अस्पतालले निकाल्यो विज्ञप्ति

नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ | अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ । यसअघि विभिन्न अनलाइनह�. . .


लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेकी छन् । नयाँ नक्सामा ७५३ स्थानीय तह र देशको भौगोलिक, प्रशासनिक सिमाना छुट्टाइएको छ । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले देशको मानचित्र र मन दुवै बदलिएको बताएकी थिइन् । यसअघि प्रकाशन–चलन �. . .


नेरुडे लघुवित्तको आर्थिक सहयोग तथा कर्मचारीलाई कोरोना बिमा

विराटनगर जेष्ठ ७, विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस  नियन्त्रणको लागि जारी लकडाउनको कारण ग्रामीण तथा शहरी क्षेत्रका विपन्न वर्गका व्यक्तिहरुको दैनिकी सञ्चालनमा समस्या आईरहेको र उनीहरुको दैनिकीलाई केही भएपनि सहज बनाउन मोरङ्ग जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेर�. . .


सिरहाको मिर्चैयामा एक युवकको शव फेला

सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ इमलीडाडाँमा एक युवकको शव फेला परेको छ । शव ९ दिनअघि हराएका स्थानीय करिव ३५ वर्षिय सञ्जिवकुमार यादवको रहेको प्रहरीले जनाएको छ । यादव गत बैशाख २९ गते घरबाट हिँडेका थिए । मंगलबार गोठालाहरुले झाडिमा शव देखेर प्रहरीलाई सूचना दिएको इलाका प्रहरी कार्यालय मिर्�. . .


प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज, ५ भारतीय र ३ उदयपुरका नागरिक

विराटनगर, जेठ ७, प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर. . .


“कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क तोकिएको छैन” – स्वास्थ्य मन्त्रालय

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्ति�. . .


रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरसको उपचारपछि काममा फर्किए

रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि मङ्गलबार काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ। उनले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३० मा उपचारका लागि नियमित जिम्मेवारीमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिए�. . .


मोरङको बुढीगंगाको घटना : किशोरी बलात्कृत भएपछि उल्टै गाउँ निकाला

मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोरी बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गर�. . .


विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नजिक

विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । बुधबार बिहानसम्म विश्वमा ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । २६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्�. . .


स्वास्थ्य मन्त्रालय भन्यो “कोरोना परिक्षणको शुल्क तोक्न बाकि”

भुलसुधार: कोभिड-१९ को परीक्षण गर्दा शुल्क लाग्ने भनेर यस अघि प्रकाशित खबरमा त्रुटी भएको पाएपछी आवश्यक सुधार गरीएको छ । आगामी दिनमा समाचार प्रकाशन गर्दा थप सचेत हुने जानकारी गराउँदै उक्त समाचारबाट पर्न गएको असुविधा प्रति क्षमापार्थी छौं । - सम्पादक   अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१. . .


प्रदेश नम्बर १ मा हालसम्म झण्डै १३ हजार जनाको कोरोना भाइरस परीक्षण

विराटनगर जेठ ७ , प्रदेश नम्बर १ मा हालसम्म झण्डै १३ हजार जनाको कोरोना  भाइरस परीक्षण गरिएको छ । आरडिटी र पीसीआर दुवै विधि गरी १२ हजार ९ सय ५४ जनाको परीक्षण गरिएको हो । जसमा ३ हजार ३ सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ ।परीक्षण गरिएका मध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । ५४ जनालाई कोभिड�. . .