मोरङको पथरिमा सडकमा सुन र पैसा भेटेर जस्को थियो उसैलाई बुझाउने एक ब्यक्ती उत्कृट इमान्दार नागरिक घोषित भएका छन । मोरङ शनिश्चरेका सागर राइलाई सम्मन गरिएको हो । करिब १ लाख बाराबरको सामान भेटाएर फिर्ता गरेपछी उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।. . .
मोरङ क्षेत्र नं-५ अन्तर्गत भातिगछ गाबिसका जनता बिकासका लागि एकजुट हुँदै बिकास निर्माण समिती गठन गरेको छ । मुगां हेमराज संयोजक रही ४१ सदस्य रहने गरी एक समिती गठन गरिएको हो । भातिगछको चौतर्फी बिकास गर्नेको निम्ती समिती गठन गरिएको समितीका संयोजक हेमराज ले जानकारी दिए ।. . .
जिल्ला प्रशासन कार्यालय मोरङले बिराटनगरका चार जना जुवाडेलाई जनही एक हजार जरिवाना गराएर छोडेको छ । बिराटनगर १० मा बस्ने राजेश रिजालको घरमा जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।प्रहरीले ५८ हजार २ सय सहित चार जना लाई नियन्त्रणमा लिएको थियो ।. . .
नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिङ्गको मूर्तिले जल पिएको भन्दै सो दृश्य हेर्न शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। मङ्गलबार बिहान मन्दिरमा रहेको शिवलिङ्गको मूर्तिले एकाएक जल पिएको प्रत्यक्षदर्शीको भनाइ छ। मूर्तिले जल पिएपछि अहिले त्रिवेणीधाममा हजारौ दर्शनार्थीको घुइँचो लागेको छ�. . .
वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका सोलुखुम्बु सोताङ ६ रोक का एक ब्यक्तिको मृत्यु भएपछि उनको शव आज जिल्ला ल्याइएको छ। सोताङ ६ रोकका वर्ष २७ का प्रेम राईको गत ९ गते मृत्यु भएको थियो। उनको शव काठमाडौँबाट आज बिहान माउण्टेन एयरको हेलिकोप्टरमार्फत् सोताङ ल्याइएको हो । उनी ३ वर्ष अघि रोजगारीको लागि दुबई ग. . .
देश टुक्राउन लागेको आरोपमा पक्राउ परेर थुनामा रहेका सिके राउतलाई आजिवन काराबासको माग गर्दै सरकारले अर्को मुद्दा दायर गरेको छ। राष्ट्रद्रोहको मुद्दा खेप्दै अनुसन्धानका लागि पटक पटक म्याद थप्दै थुनामा रहेका राउत विरुद्ध बुधबार राज्य विपल्वको अर्को मुद्दा विशेष अदालतमा दायर भएको हो। विखण्डनकारी अ. . .
फेसबुकबाट वाक्क दिक्क भएका सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गरी सुरु गरिएको एउटा फेसबुक बिरोधी सामाजिक संजाल एकाएक लोकप्रिय बन्न थालेको छ । ‘बिज्ञापन मुक्त’ सामाजिक संजालका रुपमा सुरु गरिएको ‘एलो’ साइट अहिले यति लोकप्रिय भइरहेको छ कि एक घण्टामै झण्डै ३१ हजारका दरले नयाँ सदस्यहरु थपिइरहेका छन् ।. . .
दशैं मनाएर आ–आफ्नो बासस्थान र कार्यक्षेत्र फर्कनेको सडक तथा बसपार्कहरुमा भिडभाड छ । हरेक वर्ष चाडवार्डमा एक्कासी बृद्धिहुने यात्रुहरु र सवारी साधनहरु सिमित हुने हुंदा गाडिको टिकट नपाएर सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । बडादशै“ मनाएर आफ्नो कार्यक्षेत्र र बासस्थान फर्कनेको लर्को सडक तथा बस�. . .
मंगलबार नेपाल भ्रमणमा आएका चर्चित भारतीय अभिनेता आमिर खान भैरहवा आउने भएका छन् । उच्च स्रोतका अनुसार उनी भोलि बुधबार भैरहवा आउन लागेका हुन् । युनिसेफका सद्भावना दुत रहेका उनी युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भैरहवा आउन लागेको स्रोतको भनाई छ । यद्यपी स्थानीय प्रशासनले यसब. . .
मधेशी जनताले पटक पटक मधेशकै नेतृत्वबाट धोका खाएर होला सिके राउत प्रकरणमा मानिसहरुले आँकलन गरेनुसार मधेश तातेन । सिके राउत र सिके राउतले बोकेका विचारहरु जब राज्यले उनलाई गिरफ्तार ग¥यो, तब मात्र जनताले बुझ्न पाए कि सिके राउत को हो भनेर । सिके राउतको विचारसँग सिंगो मधेश सहमत होला वा नहोला, त्यो अलग्गै कुर�. . .
प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र सहमतिमा संविधान ल्याउन सरकार गम्भीरताका साथ छलफलमा जुटिरहेकाले कुनै पनि आन्दोलन र विवाद नगर्न सम्बद्ध दलसँग आग्रह गरेका छन् । नेपाली काँग्रेसले मंगबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधान�. . .
फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलको लागि पुरुष राष्ट्रिय फुटबल टोलीले अभ्यास सुरु गरेको छ। आइतबार देखी राष्ट्रिय टोलीले अभ्यास सुरु गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी गराए। नेपाली राष्ट्रिय टोलीले यही अक्टोबर ३१ मा फिलिपिन्सको राष्ट्रिय टोलीसँग. . .