साहित्य संसार

आजैदेखि असल मान्छे बन्न सिक

गजल

गजल

माटोको सुगन्ध

-सुशीला ढकाल अधिकारी माटोको सुगन्ध कत्ति मिठो पानीको स्वाद कत्ति मिठो । जन्मेको माटो, खेलेको पाटो हुर्केको पहरा, आफ्नै हिमाल, पहाड, तराई नसा नसामा देश छ श्वास र रगतमा देश छ मुटुको ढुकढुकीमा देश छ मेरो देशको माटोको सुगन्ध नै मिठो । यस्तो देशमा खान पाइएन श्रम बेचेर बालपथरा पाल्न पाइएन आमाबाको हेरचाह �. . .


एउटा युगको मान्छे चाहियो

-राजन प्रसाद न्यौपाने श्रीयम चेतना स्खलन भएर होला घृणाको डढेलो सल्केको छ आजभोलि धर्मको नाममा धर्म ढलिरहेछ मान्छेको मुक्तिको लागि मान्छे नै मरिरहेछ मान्छे मान्छेको लडाईमा मानवता मरिरहेछ अस्मिताको लागि परिवर्तन खोज्नेहरुकै अस्मिता लुटिइरहेछ आजभोलि त मालीहरुबाट नै फूलको अपहरण र बलात्कार भैरहे. . .


मन छ मलाई

-दीपा शाही रावत गुन्यु चाेलीमा सजिएकाे हेर्ने मन छ नजरले नजर जुधाएकाे सारै हेर्ने मन छ वनपाखा उकाली ओरालीसँगसँगै मुस्कुराउँदै घाँस दाउँरा बाेकी हिँड्न मन छ घर पुगी सुकुलमा बसी गुन्द्रुक र ढिडाे सँगसँगै खान मन छ । लाग्छ तिमी त अप्सरा भगवानले मेरा लागि नै पठाएका हुन झैँ तिमी संगै जिन्दगी ज्य�. . .


बाबाको सम्झना

-गीता अर्याल यादहरु मनको भकारी भरी छन् सम्झनाहरु हृदयभरी ताजै छन् धेरै छन् बुवा हजुरको । तर आज, संझेर नै के गर्न सकिन्छ र ! हामीदेखि टाढा भएर हराएर बिलाएर,कहिलै नउदाउने गरी अस्ताएर जानु भएको नि धेरै भैसक्यो आफुमात्र कहाँ जानु भयो र? घर शुन्य बनाएर ,उताको घर सजाउन आमालाई पनि पठाएर जानु भो आमा बाबाको. . .


मैदानमा उत्र लडाई जारी छ

-सरस्वती गौतम प्रकृति त अविचलित छ सूर्यलाई हत्केलाले छेक्दैमा दिउँसै अँध्यारो हुँदैन पराइलाई खुशी पार्न आफ्नै घरमा आगो सल्काउन हुँदैन ए महासय ! आफूलाई विद्वान हुँ भनी खुब हुंँकार गर्छौ घमन्ड र पाखन्डले खुव तातिन्छौ आसेपासेलाई खुशी राख्न आफ्नालाई जलाएर पराइलाई खुशी राख्न भारी सभामा सार्वजन. . .


गजल

-वसुन्धरा चौहान सुनिता बस्नका लागि ओत लाग्ने घर छैन अचेल आँखामा सजाएको कुनै रहर छैन अचेल बग्दा बग्दै राेकिएकाे गङ्गा जस्तै छ जिन्दगी भए मुटुमा तिम्रो मायाँ अन्य भर छैन अचेल भावनाकाे संसारमा रमाउँन जाने मन भयो जे गर्छौं तिमी गर्नू कसैलाई कर छैन अचेल तिम्रो प्रेममा यति तागत छ बल्ल थाहा भाे बिन्दा. . .


गजल

- शरद प्रधानाङ्ग उजाड भयो जिन्दगी सपनीको घर जलेपछि एक्लै भयो पिपल पनि संगैको बर ढलेपछि विश्वासको पर्दा च्यातियो दुनियाँको नजरमा हौसला अनि उत्साहको सबै बगर गलेपछि झुटो पनि सत्य हुँदो रहेछ कहिलेकाँही यहाँ कैयौं बाध्यताहरू मुस्कानमा अधर पलेपछि शिखर चुम्ने आसालाई तुवाँलोले ढाकिदिंदा पाइला पिच्छे. . .


लघुकथा : चकमन्न रात

-ऋषि तिवारी 'असार । त्यो पनि बर्षातको असार । गर्मी न हुनु पर्ने हो ।' यसरी यो गर्मीको गुनासो म आफ्नै मनलाई सुनाइरहेको थिएँ । मान्छेले पनि भन्थे, 'ऊफ असारको गर्मी । कतै चर्को घाम । कतै बर्षातको पानी ।' साँझको क्रमसंगै रातको संकेत । गर्मी छल्न छतमा पुगें । हावा शिरिरर बहेको थियो । 'आहा कति शितलता ।' फेरि आफ्न. . .


डाक्टरको पीडा

-ऋषिराम यादव सेतो कोटमा रातो दाग लागेको छ अस्पतालबाट आज डाक्टर भागेको छ विडम्बना, हामी त्यो देशको नागरिक हौं जहाँ अपराधीलाई फूलको माला लगाइएको छ र डाक्टरहरु अस्पतालमै पिटिएको छ। साथी हरी लोकसेवा पास गरेर धेरै इज्जत पाएको छ श्यामे अष्ट्रेलिया गएर धेरै तलब पाएको छ नपढेको रामे पनि नेपालमा मन्त्री हुन �. . .


शिक्षक तँ राजनीति गर्दै नगर

-बसन्त घिमिरे ए शिक्षक तँ विद्यार्थीलाई कपुरि क पढान दिनभरि चौरिमा राखि रुमाल लुकाई खेलान मलाई अझै केही वर्ष भ्रमकाे बीउ छर्नु छ मलाई अझै केही वर्ष झुटको खेति गर्नु छ मेरो चरित्रलाई ती भविष्यका कर्णधारका अगाडि तँ उदाङ्गो पार्दै नपार ए शिक्षक तँ राजनीति गर्दै नगर ए शिक्षक तँ विद्यार्थीलाई दुई एका�. . .


गजल

-देवेन्द्र शाही 'दर्पण' फेरी सोच्न नहुने कुरा सोचियो! धत आकाश छुने कुरा सोचियो! यहाँ झुठो आँशुको मुल्य रहेछ, बेकारमा मुस्कुराउने कुरा सोचियो! सोचियो बिर्सनेलाई बिर्सिदिउँ अब, लाग्दैन यो चानचुने कुरा सोचियो! कोही मेरो रोदनमा हराभरा हुँदैछ, यसर्थ बादल सॅग रुने कुरा सोचियो!. . .


कस्तो समय भोग्दै छौँ हामी

-राजनप्रसाद न्यौपाने कस्तो समय आयो एउटा फूलले अर्को फूललाई घोच्ने चिथोेर्ने दबाउने काँडाले सरी कोतर्ने धर्मले धर्ममाथि धावा बोल्ने । फरक छ भनाई र गराईमा सबै एकै हो भन्ने गल र पिक प्रयोग गरी मस्जिद भत्काउने अनि हामी हिन्दु भन्ने । शक्तीशाली एकमात्र ईश्वर अल्लाह भन्नेहरु अल्लाह जोगाउन साधारण . . .