देशको खबर

अलपत्र नेपाली उद्धार उडान अनिश्चितकालका लागि स्थगित

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल. . .


सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण

सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । सर्वोच्च अदालतमा यसअघि १. . .


बागमती प्रदेशमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण

राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिए. . .


गर्भवतीको हत्या आरोपमा लहानमा पति र सासू पक्राउ

गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या ग�. . .


नेपाली चियाको गुणस्तरमाथि प्रश्न, चिया गुणस्तरीय छ : सरोकारवाला

नेपालबाट जाने चियाको गुणस्तरमाथि भारतले प्रश्न उठाएकामा नेपालका चिया सरोकारवालाले आपत्ति जनाएका छन् । केही दिनअघि भारतीय चिया बोर्डमार्फत नेपालको वाणिज्य मन्त्रालयलाई पत्राचार गर्दै गुणस्तरहीन चिया भारत आयात गरेमा बिक्रेताको खरिद इजाजतसमेत रद्द गर्नेसम्मको प्रावधान लेखेको थियो । भारतले गुणस्�. . .


पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो : तल्लो क्षेत्रका गाउँ जोखिममा

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भ. . .


कोरोना संक्रमण रोक्न जारी निषेधाज्ञा तोडेपछि चितवनमा हवाई फायर

कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड �. . .


उपत्यकामा सङ्क्रमित संख्या दुई हजार पारी

कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन् । उहाँका अनुसार अहिलेसम्म �. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १५

१. नेपालको वर्तमान संबिधान अनुसार राष्ट्रिय सभा सदस्यहरुको पदावधि कति हुन्छ ? ~ ६ बर्ष २. नेपाललाइ छुवाछुत मुक्त मुलुक कहिले घोषणा गरियो ? ~ २०६३ जेष्ठ २१ ३. भक्तपुरको ५५ झ्याले दरवार कसको पालोमा निर्माण भएको हो ? ~ भुपितिंद्र मल्ल ४. हाल नेपालका उर्जा मन्त्रि को हुन् ? ~ बर्षमान पुन ५. संसारको छानो भनेर कु. . .


कोरोना भाइरसको नाममा अनियमितताको आशंका, अख्तियारद्वारा छानबिन

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको भन्दै स्�. . .


प्रदेश २ मा बढदो सङ्क्रमण: एक महिनामा तीन हजार सङ्क्रमित थपिए

—नानीमैया कटवाल प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा ती. . .


नेकपा सचिवालयबाट अध्यक्षद्वयको कार्यदल अनुमोदित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय क�. . .