समाचार

उपत्यकामा मात्र ५ सय ६६ सङ्क्रमित थपिए

काठमाडौँ काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५ सय ६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३ सय ९५, ललितपुरमा १ सय १० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४ सय २०, भक्तपुरमा एक . . .


एक हजार ९ सय २० जना कोरोना सङ्क्रमित थपिए, २४ जनाको मृत्यु

काठमाडौँ पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट एक हजार ७ सय २ तथा एन्टिजेनबाट २ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्�. . .


जुलाईमा चीनको कच्चा स्टील उत्पादनमा कमी

बेइजिङ चीनको कच्चा स्टील उत्पादन गत महिना घटेको छ । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो । “जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,” विभागले आफ्नो सूचनामा भ�. . .


भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित

नयाँ दिल्ली भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २ सय ३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ । भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९ सय ४८ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ सङ्क�. . .


मोरंग जिल्ला तेक्वान्दो संघको नयाँ समिति चयन , अध्यक्षमा विराटनगरका दिवस नेपाल निर्विरोध निर्वाचित

विराटनगर आकृति रानी फुयल मोरंग जिल्ला तेक्वान्दो संघको अध्यक्षमा विराटनगरका दिवस नेपाल निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्य विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको रहेको नेपालले जानकारी दिए। आवर विराटनगर संग कुरा गर्दै नेपाल भन्छन् ,' तेक्वान्दो खेलमा अभ्यास�. . .


बढ्दो मूल्यका साथ बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

काबुल अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । खामा प्. . .


जापानले म्यानमारको सैनिक सरकारद्वारा नियुक्त कुटनीतिज्ञका लागि राहदानी जारी गर्न अस्वीकार

टोकियो जापानले म्यानमारको सैन्य सरकारद्वारा नियुक्त दुई कुटनीतिज्ञलाई राहदानी दिनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको जापानी समाचार संस्था क्योदो न्युजले स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ । म्यानमारको सेनाले जापानी अधिकारीलाई उनीहरूका लागि भिसा जारी गर्न अनुरोध गरेको छ जबकि ट�. . .


खनाललाई मानार्थ विद्यावारिधि

काठमाडौँ युनिभर्सल तामिल युनिभर्सिटीले समाजसेवी प्रदीप खनाललाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । भारत, मदुराई, तामिलनाडुस्थित विश्वविद्यालयले शनिबार अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष उहाँलाई अन्तरराष्ट्रिय समाजसेवा पु¥याएको योगदानबापत सो उपाधि प्रदान गरेको हो । इलाम, जीतपुर नि�. . .


हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो । . . .


नेवार समुदायमा ‘गुन्हुपुन्ही’ हर्षोल्लासका साथ मनाइँदै

भादगाउँ श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा. . .


प्रहरी चौकी भवन बनाउन जग्गादान

सिमकोट हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गर्नुभएको छ । चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहरालाई जग्गा उपलब्ध �. . .


दन्त चिकित्सक संघ मोरङको अध्यक्षमा डा. प्रेक्षा निर्वाचित

दन्तचिकित्सकहरुको छाता संगठन नेपाल दन्त चिकित्सक संघ, मोरङ्गमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा डा. प्रेक्षा दलि विजयी हुनुभएको छ । संघको मोरङ्ग शाखाको निर्वाचनमा अध्यक्ष वाहेकको पदमा भने सर्वसम्मत चयन भएको थियो । अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचन डा. प�. . .