समाचार

अब धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी, कीट पर्खदै विपि प्रतिष्ठान

धरान चैत ९, काठमाडौमा टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ । १० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइ�. . .


कोरोना विरुद्ध पुर्व सावधानी : झापामा भारतबाट माछा मासु ल्याउन प्रतिबन्ध

विष्णु पोखरेल दमक, चैत ८ गते । झापामा भारतबाट माछा मासु ल्याउन प्रतिबन्ध गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि पुर्व सावधानी अपनाउने क्रममा माछामासु ल्याउन प्रतिबन्ध लगाईएको बताईएको छ । झापासँग सिमा जोडिएका सबै नाकाहरु बन्द गर्दै प्रमुख नाका काँकडभिट्टामात्र सञ्चालनमा ल्याउने निर्णय �. . .


भारतबाट जोगबनी नाकाहुदै एकैदिन २४ हजार मानिस नेपाल प्रवेश

विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणको सन्त्रास बढेसँगै अहिले भारतबाट नेपाल आउनेको संख्या बढेको छ । विराटनगर महानगरपालीको तथ्याङक् अनुसार विहीबार मात्र २४ हजार १ सय २३ जना भारतबाट नेपाल आउने मानिसको संख्या रहेको छ । विराटनगर महानगरपालीकाले नेपाल प्रवेश गर्ने स. . .


महानगरले भन्यो प्रत्येक पसल अगाडी सावुन पानीले हात धुने व्यावस्था गर्नुहोस

विराटनगर । कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न महानगरपालिकाले प्रत्येक पसल संञ्चालकहरुलाई सावुन पानीले हात धुने व्यावस्था मिलाउन आग्रह गरेको छ ।   [caption id="attachment_113313" align="alignnone" width="2048"] शनिबार महानगरपालीकामा बसेका विभिन्न संघसस्थाहरुको छलफल ।तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption] महानगरपालिकामा शनिबार बसे. . .


सामाजिक संजालमा कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने युवक पक्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पताल�. . .


विराटनगरमा कोरोना सम्बन्धि जनचेतनामूलक ब्यानर राख्न सुरु

विगत तीन वर्षदेखि सामाजिक कार्यमा सकृय रहदै आएको संस्था परिवर्तनका लागी हातेमालो युएफसीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न जनचेतना जगाउने उदेश्यले विभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । जनचेतनाका निम्ति विराटनगर र यसका आसपासका क्षेत्रमा कोरोना भाइरसका लक्षण तथा . . .


महानगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाटबजार नगर प्रहरी लगाएर हटायो

विराटनगर । कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । महानगरपालिकामा शनिबार बसेको सर्वपक्षीय बसेको बैठकमा साप्तहिकरुपमा लाग्ने हाटबजार   बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाका प्रमु�. . .


झापामा सैनिक हुँ भन्दै ठगी गर्ने एकजना समातिए

भद्रपुर, चैत ८ गते । सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ बस्ने ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१२ स्थित चारआलीको सुम्निमा पारुहाङ किराना पसल सञ्चालक. . .


खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द

केदार मगर(रासस) खोटाङ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९ं) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर आजदेखि अनिश्चितकालक�. . .


झापामा पनि कोरोना भाइरसको संक्रमण बिरामी राख्न क्वारेन्टाइन तयार

विष्णुप्रसाद पोखरेल दमक, चैत ८ गते । झापामा पनि कोरोना भाइरसको संक्रमणका शंकाश्पद विरामीलाई राख्न तथा रेखदेख एवं उपचारका लागि क्वारेन्टाईन निर्माण भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार शुक्रबार अबेरसम्ममा नेपाल प्रहरी, नेपाली सेना लगायतको निरन्तर प्रयासमा २५ बेड क्षमत. . .


झापाको गौरादहमा साप्ताहिक तथा अर्ध साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय

दमक । महामारीका रूपमा फैलिँदै गरेको कोरोना भाइरसको सङ्क्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न झापाको गौरादह नगरपालिकाकाले नगरभित्रका साप्ताहिक तथा अर्ध साप्ताहिक हाटबजार केही समयका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकामा उद्योग वाणिज्य सङ्घसहितको सर्वपक्षीय बैठकमा नगरभित्रका हाटबजारमा ह�. . .


कोरोना सावधानी : मोरङका सबै नाकामा कडा निगरानी गर्न प्रशासनको निर्देशन

मोरङ । कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए । उनले नेपाल–भारत ओहोरदोहोर गर�. . .