समाचार

एक महिनासम्म रोजा बस्नेलाई दैनिकी निशुल्क खाना खुवाउने विराटनगरका युवा पप्पु अंसारी

विराटनगर । मुस्लिम समुदायले मनाउने एक पवित्र पर्व रमजान आईतबारबाट सकिएको छ । पुन सोमबारबाट ईद पर्व सुरु भएको छ । एक महिना सम्म मनाइने मुस्लिम समुदायको महान् पर्वमा वर्त बसेका वर्तालुहरुलाई एक महिना सम्म विभिन्न प्रकारका परिकार बनाएर खुवाएका छन् विराटनगरका एक युवाले । विराटनगर ९ धोवीयारीमा बसोबास गर. . .


विराटनगरमा कोशी कोरोना अस्पतालमा डाबर नेपालको जुस सहयोग

विराटनगर जेठ १२, विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा डाबर नेपालको विराटनगर शाखाद्वारा जुस वितरण गरेको छ । डाबरको विराटनगर शाखाद्वारा विराटनगरको कोरोना अस्पतालमा रहेका चिकित्सक , कोरोना संक्रमित तथा सुरक्षाकर्मीलाई एक लाख ३० हजार बराबरको जुस सहयोग गरेको हो ।डाबर नेपालले आफ्नो सामाजिक उत्तर�. . .


विराटनगर १६ बर्माटोलमा मैनबत्ती निभाउन विर्सदा घर जलेर नष्ट,५ लाख बराबरको क्षति

विराटनगर । लाईन गएको बेला घरमा बालेको मैन बत्ति निभाउन विर्सदा गएराती एक घरमा लागलागी हुदाँ ५ लाख बराबरको क्षति भएको छ । विराटनगर महानगरपालीका वडा नं १६ बर्माटोल गुम्मा स्थित एक तले काठको घरमा आईतबार राती आगलागी भएको थियो । जुद्धमैच फेक्ट्री अगाडी गुम्बा छेउमा बसोबास गर्दै गणेश कुमार घिमिरेको घरमा र. . .


मोरङको कानेपोखरीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

मोरङ, जेष्ठ १२ गते । मोरङको कानेपोखरी गाउँपालिका-५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रबिण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईत�. . .


बेलबारीमा युवाहरुद्वारा बिपन्नलाइ राहत अभियान सञ्चालन गर्दै 

बेलबारी जेठ ११, लगातारको लकडाउनले समस्यामा परेका मानिसलाई बेलबारीका युवाहरुले सहयोग कार्यक्रम सुरु गर्नेे भएका छन् । बेलबारी वडा नम्बर ८ मा पहिलो चरणमा अति बिपन्न घरपरिवार छनौट गरि १०० घर परिवारलाइ राहत स्वरुप ८ केेेजीका दरले चामल , १ लि. तेल , १ प्याकेट नुन उपलब्ध गराउन लागिएको अभियानका युवा अभियन्त�. . .


विराटनगरमा युवा संघले विभिन्न वडामा राहत वितरण गर्दै

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई आजपनि निरन्तरता दिएको छ । सोहि क्रममा आज विराटनगर वडा न. १,३ र ४ का अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । बिपन्न परिवारलाई लकडाउन अबधिभर सक्दो सहयोग गर्ने राष्ट्रिय युवा संघ नेपाल विर�. . .


प्रहरी साथी बन्दै : विराटनगरमा निशुल्क खाना खुवाउने अभियानलाई प्रहरीको साथ

विराटनगर । लकडाउनको पहिलो दिन अर्थात (चैत्र ११) देखि विहानको समय होस या मध्य दिनको चर्को घाम कुनै प्रवाह नगरी सडकमा जनतालाई घर बाहिर ननिस्कनुस भन्दै आग्रह गरीरहेको अवस्थामा भेटिने वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएसपी वेद प्रसाद गौतम साथमा प्रहरी निरिक्षक विकास राई सँधै दौडधुपमा नै भेटिन. . .


आज थप भएका एक संक्रमित मोरङको नभई झापाका

विराटनगर जेठ ११ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो । झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा स�. . .


विराटनगरमा ४१ वटा बैंक तथा वित्तिय संस्थालाई टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय

विराटनगर । विराटनगर महानगरपालीका भित्रका ४१ वटा बैंक तथा वित्तिय संस्थाहरुलाई टाईमकार्ड लागु गरी खोल्न दिने निर्णय गरेको छ । विराटनगर महानगरपालीकाको महानगर स्तरीय कोभिड संकट व्यावस्थापन समितिको निर्णय अनुसार आज आईतबारबाट ४ घन्टाको लागी संचालन गर्ने दिने निर्णय गरिएको जनाएको छ । विराटनगर महानगर�. . .


धरानमा लागुऔषध सहित ३ जना पक्राउ परे

सुनसरी, जेष्ठ ११ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जना परेका छन् । धरान-१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ की २६ बर्षीया समिया लिम्बु, धरान-१३ क�. . .


इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने

प्रेम अधिकारी पशुपतीनगर(इलाम) जेठ ११ गते । भारतमा रहेर इलामको पशुपतिनगर नाकाबाट नेपाल भित्रिनेहरूलाई आजबाट नेपाल ल्याइने भएको छ । इलामको सीमावर्ती पशुपतिनगरको नाकामा सबै व्यवस्थापन गरिएपछि भारतमा रोकिएका नेपालीलाई प्रवेश गराउन लागिएको हो । भारतमा अलपत्र दुई सय नेपालीलाई पहिलो चरणमा इलाम ल्याइन�. . .


झापाको गौरीगञ्जबाट बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दि. . .