समाचार

निमुवाबाट सात सय साठी वटा लागुऔषध नाईट्रोसन ट्याब्लेटसहित पक्राउ 

मोरङ, फाल्गुन ३ गते ।मोरङको निमुवाबाट बुधबार ठुलो परिंमाणमा लागुऔषध नाइट्रोसन ट्याब्लेटहसहति एक जना पक्राउ परेका छन।प्रहरीले सिरहा लहान नगरपालिका ६ बस्ने प्रसय दाहाललाई ७६० पिस नाईट्रोसन ट्याब्लेटसहित बुढीगंगा गाउँपालिका ४ कोशी राजमार्गबाट पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय निमुवाबाट खटए�. . .


कटहरीमा बिधुत चोरीमा संलग्न आठ पक्राउ परे

मोरङ, फाल्गुन ३ गते।मोरङको कटहरी गाउँपालिका ६ बाट नेपाल विधुत प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले बुधबार राती बिधुत चोरीमा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कटहरी ६ बस्ने बर्ष २५ को जितेन सरदार,बर्ष ३५ को आनन्द सरदार, बर्ष १९ को दिलिप राजबशी, बर्ष ३५ को नितिलाल राजबंशी,बर्ष ५० को जि�. . .


देउवाको राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी

काठमाडौं, फागुन ३ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रको नाममा सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुने बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे बोलाइएको छ । बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनाम�. . .


विराटनगर भन्सारमा करोडौको घोटाला, बैकका कर्मचारी पक्राउ

बिराटनगर, ३ फागुन । बिराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरिक्षक डिएसपी विष्णुहरी कोईरालाले जान�. . .


सशस्त्रलाई सर्पको टोकाईबाट जोगिने प्रशिक्षण

ईटहरी, ३ फागुन । पूर्व क्षेत्रीय शसस्त्र प्रहरी गणले सर्पको टोकाईबाट जोगिन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । स्नेक कन्जरभेसन सोसाइटी नेपालका सर्प विशेषज्ञ महेन्द्र कातिलाले सर्पको टोकाईबाट बच्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । उहाँले सर्पले डसेमा हतोत्साहीत नभई नदौडी नजिकैको स्वास्थ्य के�. . .


विराट होटल ब्यवसायी संघको रक्तदान

विराटनगर, ३ फागुन । विराट होटल ब्यवसायी संघले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आन्तरिक राजस्व कार्यालय अगाडि आयोजना गरिएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका छन । संघको सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष बिजय प्रसाईले जानकारी दिनुभयो । कार्यक्रममा. . .


एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले आज सपथ लिँदै

विराटनगर, ३ फागुन । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको लागि सपथ ग्रहणको कार्यक्रम तय भएको छ । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे बिराटनगरमा रहेको बिरेन्द्र सभागृहमा सपथग्रहणको तयारी थालेको हो । बुधवार दिउँसो मु्ख्यमन्त्रीको प्रमाणपत्र लिए लगत्तै सपथ ग्रहणको कार्यक्रम गर्ने तय. . .


प्रदेश नम्बर १ एमाले र माओवादीबाट यी मन्त्री हुँदै,मन्त्रलय भागबण्डामा किचिलो

विराटनगर, ३ फागुन । मुख्यमन्त्रीको नियुक्ति सँगै १ नम्बर प्रदेशमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको बिषयमा आन्तरिक गृहकार्य भईहेको छ । एमाले र माओवादीले आन्तरिक गृहकार्यबाट नामहरु टुङ्ग्याएको भएपनि दुबै दलले नाम सार्बजनिक गरेका छैनन् । हिजो साँझ बसेको एमाले–माओवादीको संयुक्त वैठकबाटसरकारम�. . .


विराटनरका आठ वटा स्कूल विजयी भइ क्वाटरफाइलनमा

विराटनगर, २ फागुन  । विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरका आठ वटा स्कूल विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेका छन् । विराटनगरमा बुधबार भएको खेलमा मोर्डन एरा, बिकेभिएमले समान ९÷९ अंक, सगरमाथाले ८, कान्तिपुर, लर्डबुद्धले समान ७/७ र जेम्स, अरनीको र ग्रेडेड स. . .


लागु औषध सहित नेमुवाबाट युवा पक्राउ

विराटनगर, २ फागुन । प्रहरीले बुधवार साँझ ७ बजे तिर (केहीबेर अघि) ठुलो मात्रामा लागुऔषध सहित १ जनालाई मोरङको नेमुवाबाट पक्राउ गरेको छ । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको यात्रु बसमा चेकजाँच गर्ने क्रममा सिरहा लहान नगरपालिका ६का प्रसाय दहाललाई लागुऔषध सहित पक्राउ गरेको हो । दहालको साथबाट नाइट्रोसन ७ सय �. . .


ताप्लेजुङको महायज्ञमा चढाईएको ५ सय नक्कली फेला परेपछि

ताप्लेजुङ,  २ फागुन ।   ताप्लेजुङमा नक्कली नोट फेला परेको छ । नेपाल बैंक लिमिटेडले नक्कली नोट फेला पारेको हो ।  जिल्लाको पाथीभरा बहुमुखी क्याम्पसमा भागवत सप्ताह महाज्ञान यज्ञमा दान गरेको रकममा  ५ सय रुपैयाँको नक्कली नोट फेला परेको बैंकका खजान्सी दिपक भट्टराईले बताउनुभयो । दान गरेको रकम बैंकमा जम्मा �. . .


झोराहाटका भरत गुरागाईको नौ कविता एकै थलोमा

विराटनगर, २ फागुन। चेतना संरक्षण प्रतिष्ठान विराटनगरले बुधबार कवि एवं रङ्गकर्मी भरत गुरागाईंको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । विगत दुई वर्षदेखि हरेक महिनाको पहिलो हप्ता साहित्यिक श्रृङ्खला सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शुक्रबार आयोजना हुने कार्यक्रम यो पटक भने प्राविधिक कारणले �. . .