विराटनगर, २४ पुस। मोरङको सुन्दर हरैचा- ३ गछियामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ । सोमबार साँझ सोहि स्थान बस्ने बर्ष ३५ का शर्मानन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए ज्यान गएकाे हाे। गुटखा खाएर विरामी परेकाउनकाे उपचारकाे क्रममा विपी काेईराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका�. . .
भोजपुर, २४ पुस । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । . . .
विराटनगर, २४ पुस । वेलायतको लण्डनका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने भएको छ । विराटनगरस्थित होटल शुभले ३० लाख रुपैयाँको लगानीमा लण्डनका विभिन्न परिकारसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । लण्डनका फिस एण्ड चिप्स, सिज्लर, चप्सी, स्पाघेरी, कट्टीरोलगायतका परिकार उपलब्ध गराइने होटलकी सञ्चालक श�. . .
विराटनगर, २४ पुस । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ । आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेेको ज�. . .
विराटनगर, २४ पुस । सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको विराटनगरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले पूर्वका निर्यातकर्ताहरूका लागि अयोजना गरेको चार दिने निर्यात प्रबद्र्धन र बजार विश्लेषण बारेको तालिममा सहभागिहरूले यस्तो गुनासो गरेका हुन् । . . .
विराटनगर, २४ पुस । विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबारसाँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ । दुई करोड रुपैयाँको कारोवार गर्दै मेला सकिएको. . .
विराटनगर, २४ पुस । त्रिभुवन विश्वविद्यालयले आगामी फागुनमा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो । हाल रहेका स्ववियु पदाधिकारीको आ. . .
विराटनगर, २३ पुस । मोरङको बिराटनगर महानगरपालिका- ४ इक्राहीमा रहेको गारमेन्ट फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी भएको छ । आज बिहान साेही स्थान बस्ने ईसरलाल चौधरीले संचालन गरेको गारमेन्ट फ्याक्ट्रीमा अचानक बिद्युत सर्ट भई आगलागि भएकाे हाे । आगलागीबाट गारमेन्टमा प्रयोग हुने मेसिन र कपडा पूर्ण रुप�. . .
विराटनगर, २३ पुस । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलोपटक पौडेललाई सो पुरस्का�. . .
पाँचथर, २३ पुस । पाँचथरको सदरमुकाम फिदिममा जारी १०औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न क्वार्टरफाइनलको पहिलो खेलमा एपीएफलाई ३–१ गोल �. . .
विराटनगर, २३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जोखिम नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले छिट्टै प्रभावकारी कदम चाल्ने बताएका छन् । १ नम्बर प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयद्वारा सोमबार आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ः प्रदेश र प्राथमिकता विषयक एक दि�. . .
सुनसरी, २३ पुस। प्रदेश सभा- १ का सभामुख प्रदिपकुमार भण्डारीले धरानका लागि २ करोड रुपैयाँ रकम विनियाेजन गरेका छन् । सुनसरी क्षेत्र नम्बर १ को (क) क्षेत्रबाट निर्वाचित प्रदिपकुमार भण्डारीले १६ वटा योजना छनौट गरी रकम विनियोजन गरिएकाे जानकारी दिए। विनियोजन गरेको २ कोड रुपैयाँ अधिकांश मोटरबाटो निर्म�. . .