समाचार

विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा देखिएको बेथिती सुधार्ने

विराटनगर ११ चैत । विराटनगर महानगरपालिकामा भर्खरै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ऐतिहासिक शहर विराटनगरलाई समृद्ध विराटनगर बनाएर जनताको मनमा सधै रहने गरि छाप छोडेर जाने प्रतिवद्धता जनाएका छन । महानगरको विकासमा आफ्नो तर्फबाट हुन सक्ने सहयोगमा कुनै कन्जूस्याई नहुने उनको दावी . . .


विराटनगरको डि प्लडको सटरभाडा टेण्डरबाट, ३ सय ८४ रुपैयाँमा बस्न नपाएका ब्यापारी अदालतमा

प्रेम देवान । विराटनगर ११ चैत । तपाई सुन्दा पनि अचम्म लाग्न सक्छ , आज बजारमा ३ सय रुपैयाँमा सटर भाँडामा पाईन्छ भन्दा । तर यो कुरा कुनै अचम्मको बिषय हैन । हिजो आज साथीभाईसँग बसेर चिया – नस्ता मात्र खायो भने पनि ५ सय भन्दा बढी विल उठ्छ । केही ब्यक्तिको चलखेलमा १० हजारदेखि २० हजारमा लाग्नु पर्ने महानगरपालिका�. . .


विराटनगरमा जि.पि.फाउन्डेसनले गर्यो रक्तदान १ सय ५० दिए रगत

विराटनगर ११ चैत । गीरीजाप्रसाद कोइरालाको ९ औ स्मृति दिवसका अवसरमाजि.पि कोइराला फाउन्डेसन प्रदेश नं १ ले सोमवार रक्तदानकार्यक्रम सम्पन्न गरेको छ । विराटनगर स्थित फाउन्डेसनको कार्यालय कोइराला निवास, पुष्पलालचोक र कटरी गाउपालिकामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १ सय ६१ जनाले रक्तदान गरेको फाउन्ड�. . .


नेपाल टेलिकम विराटनगरका कर्मचारी कानेपोखरीकाे महाराजथान पैनीमा मृत्त फेला

विराटनगर, ११ चैत । नेपाल टेलिकम विराटनगरका कर्मचारी ४२ वर्षीय प्रलाद कोइराला मोरङको कानेपोखरी गाउँपालिका–५  महाराजथान पैनीमा  मृत्त फेला परेका छन् । विराटनगर महानगरपालिका–५ जामुनगाछी घर भएका कोइराला मृत्त फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए । कोइराला दूरसञ्च. . .


विराटनगरको अर्किड स्कुलको प्रिन्सिपलमा सि.एम श्रेष्ठ नियुक्त

विराटनगर,११ चैत ।  विराटनगर–१० मा रहेको अर्किड पब्लिक स्कूलको प्रिन्सिपमा सि.एम. श्रेष्ठलाई नियुक्त हुनुभएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल रहेर अध्यापनमा लागि परेका श्रेष्ठलाई सोमबार एक कार्यक्रम आयोजना गरि अर्किड स्कूलको प्रिन्सिपलको रुपमा नियुक्त गरिएको हो । गुणस्तरीय शिक्षा प्र. . .


बिराटनगरको न्यूरो अस्पतालमा छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता

बिराटनगर चैत्र ११ , विश्व छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले तिन दिने कार्यक्रम मध्ये आइतबार छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग तथा यस प्रतिको भ्रम सम्बन्धी निबन्ध प्रतियोगितामा �. . .


आज सुनको मुल्य २ सयले बढ्यो , चाँदीको मूल्य स्थिर

 बिराटनगर चैत्र ११ , साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको हो । छापावाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैर�. . .


विप्लबका कोशी ब्युरो ईन्चार्ज सहित २ जना माेरङबाट पक्राउ, प्रहरीले पुष्टी गरेन, डिआईजी नै अनभिज्ञ

विराटनगर, ११ चैत । मोरङको कानेपोखरी बयरवन क्षेत्रबाट प्रहरीले नेकपा बिप्लबका कोशी ईन्चार्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ सहित अर्का आकाश शर्मालाई पनि प्रहरीले पक्राउ गरेको हो । गएराती मोरङको कानेपोखर�. . .


भाेजपुरकाे दिङ्लाको विद्युत् विस्तार परियोजनामा अनियमितता : १३ विरुद्ध मुद्दा दायर

भोजपुर, ११ चैत। जिल्लाको उत्तरी दिङ्लाको विद्युत् विस्तार परियोजनामा अनियमितताको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १३ विरुद्ध मुद्दा दायर गरेको छ । आयोजनामा संलग्न वडाध्यक्ष, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १३ विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर. . .


धनकुटामा अटो टेम्पो सहित लागुऔषध ओसार पसारमा संग्लग्न ४ जना प्रहरीको नियन्त्रणमा

धनकुटा, चैत्र ११ गते । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । आईतवार बेलुका प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क. . .


अटो टेम्पो सहित लागुऔषध ओसार पसारमा संग्लग्न ४ जना प्रहरीको नियन्त्रणमा

धनकुटा, ११ चैत । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई  नियन्त्रणमा लिएको छ ।  प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने  क्रममा टेम्पोको सिट. . .


इलाममा यो वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु

कोकिला ढकाल इलाम, चैत ११ गते । यो वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु भएको छ । ‘फस्ट फ्लस’ लाई चियाको सबैभन्दा गुणस्तरीय उत्पालन र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिन्छ । यो सिजनको चिया प्रशोधन गर्न पनि उत्तिकै ध्यान दिइयो र गुणस्तरीयता कायम राख्न सकियो भने त्यसले किसान, उद्योगी र उपभोक्त�. . .