समाचार

मोरङको दुलारीमा आगलागी २ लाख ५० हजारकाे क्षती

विराटनगर, ५ पुस । मोरङको सुन्दर-हरैँचा नगरपालिका-६ दुलारीमा दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट  उमाकान्त कोईरालाको ईट्टको गारो, टिनको छानो भएको १ तले घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । दिउँसो सवा १२ बजे भएको आगलागीबाट कोईरालाको घरमा आंशिक क्षति भएको छ. . .


सुनसरीमा बिसिजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु

सुनसरी, ५ पुस । सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंज टोलमा बिसिजी खोपबाट विहिवार १ महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम् खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्र�. . .


शाहरुख खान जसले चलचित्रमा यस्ताे प्रयोग गरे

एजेन्सी ।  शाहरुख खान जसलाई चलचित्रमा विभिन्न चुनौतिपुर्ण भुमिकामा देख्न पाईन्छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र जिरो मा एउटा सानो कद भएको व्यक्तिको भुमिकामा देखिदै छन् । सुपरस्टा शाहरुख खानलाई बलिउडको राजाले पनि चिनिन्छन् । बलिउडको एक उत्कृष्ट अभिनेताको रुपमा उनलाई लिने गरिन्छ । अभिनेता आफनो ब�. . .


नागरिकता किर्ते मुद्दामा फरार रहेका ६ जना जहदाबाट पक्राउ

विराटनगर, ५ पुस।  नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङकाे जहदा गाउँपालिका-२  बस्ने बर्ष ३८ को रामप्रित पासवान, बर्ष  ५५ को पन्चु साह, बर्ष  ६५ को सुर्य नारायण साहतेली, बर्ष  ५५ को डोमी पासवान, बर्ष  ३५ को श्रवण कुमार सा�. . .


लागूऔषध सहित विराटनगरकाे महेन्द्र चोकबाट युवक पक्राउ

विराटनगर,  ५ पुस। लागूऔषध सहित प्रहरीले बिराटनगर महानगरपालिका-४ महेन्द्र चोकबाट बुधवार १ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने बर्ष २२ को बिकाश साहलाई पक्राउ गरेको हो ।   शंकास्पद अवस्थामा हिडिरहेका साहल. . .


नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा शुरु, २ सय बढी सहभागी

विराटनगर, ५ पुस । नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिराटनगरमा शुरु भएको छ । ७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागि छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गर�. . .


इलाममा १२ दिने मेची पर्यटन महोत्सव अाजदेखि

इलाम, ५ पुस ।  प्रदेश नम्बर १ का ४ जिल्लाको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा मेची पर्यटन महोत्सव सुरु भएको छ । जिल्लामा भएका आयोजनामध्येकै सबैभन्दा ठूलो महोत्सव ‘मेची पर्यटन महोत्सव’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङको सहभागिता रहनेछ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा पुष ५ . . .


मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

काठमाडौं, ५ पुस ।  झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल-मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम�. . .


विराट एक्स्पो बिशेष : तस्बिरमा हेर्नुहोस यसरी हुदैछ तयारी (फोटो फिचर)

बिराटनगर पुष ५ , विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए. . .


बिराटनगरमा सामाजिक क्लब फुटसल : उपाधि लियो क्लब अफ बिराटनगर योङ हार्ट्सलाई

बिराटनगर पुष ५   , बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिताको फाइनल खेल लियो क्लब अफ बिराटनगर योङ हार्ट्सले जितेको छ  । बुधबार भएको फाइनलमा लियो क्लबले हामी युवालाई हराएको थियो  । द स्पोर्ट्स हबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न सामाजिक क्लबहरुको बिचमा फु�. . .


विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मज्जा, विराटनगरदेखि पाथिभरासम्मको यात्रा गर्न पाईने

प्रेम देवान । विराटनगर, ४ पुस । विराटनगरमा आगामी पुस ६ गतेदेखि आयोजना हुन लागेको विराट ट्रेडको तयारी यतिबेला धमाधम भईरहेको छ । विराट टे«ड एक्स्पोमा अघिल्लो वर्ष झै यस पटक पनि हेलिकप्टर ल्याउने तयारी गरिएको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोमा माउन्टेन हेलिकप्टर ल्याई. . .


विराटनगरकाे काली मन्दिर निजक स्कुटर दुर्घटना, चालक प्रमिला घाईते

विराटनगर, ४ पुस। मोरङको विराटनगर महानगरपालिका-९ काली मन्दिर नजिक   स्कुटर दुर्घटनामा परि  चालक घाइते भएकी छन् ।  उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २१ प८२२८ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिराटनगर महानगरपालिका-१ बस्ने बर्ष-३४ की प्रमिला भगत घाईते भएकी हुन् । घाइते भगलताई उपचा. . .