विराटनगर

मेरिल्याण्डमा ओरेन्टेसन कक्षा सम्पन्न 

बिराटनगर कार्तिक २६, बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा आज तेस्रो ब्याचका बिद्यार्थीका लागि अभिमुखीकरण सम्पन्न भए�. . .


सेन्चुरी मसला फ्याक्ट्रीमा भिषण आगलागी , अझै नियन्त्रणमा आएन

मोरङ, कात्तिक २६  मोरङको टंकिसिनवारी-२ स्थित सेन्चुरी मसला फ्याक्ट्रीको गोदाममा विहीबार भिषण आगालगी भएको छ। साँझ ६ बजेतिर अचानक लागेको आगोले फ्याक्ट्रिको दुई तला, र दुईवटा गोदाम जलेर नष्ट भएको छ। आगलागी पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक केशर. . .


विराटनगरमा पहिलो पटक मिस विराटनगर हुने

  विराटनगर, २५ कार्तिक ÷ अंग्रेजी नयाँ वर्षको अवसर पारेर विराटनगरमा मिस विराटनगर २०१७ विराटनगरमा पहिलो पटक हुने भएको छ । विराटनगरमा रहेको लक्ष्य ईम्पोरियमको आयोजनामा मंसिरको पहिलो साताबट प्रतियोगिता अडिसन राउण्ड सुरु हुने भएको हो । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि किशोरीहरुमा भएको प्रतिभ�. . .


मोरङमा महिलाको नाममा जग्गा पास गर्नेहरुको संख्या बढ्यो

बिराटनगर कार्तिक २५ , चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा ६ हजार २ सय ८६ जनाले जग्गा पास गरेकोमा महिलाको नाममा २ हजार ४ सय ३४ जनाले जग्गा रजिस्ट्रेशन भएको जिल्ला मालपोत कार्यालय मोरङले जनाएको छ । सरकारले महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिइने व्यवस्था गरेकाले महिलाको . . .


पुरानाे ढुङ्गाको टिमले आज बिराटनगरमा अन्तरक्रिया गर्ने

बिराटनगर कार्तिक २५ , नेपाली कथानक चलचित्र ''पुरानाे ढुङ्गा'काे प्रचार प्रसारका लागि निस्किएकाे कलाकारहरूकाे टाेली अाज विहिबार विराटनगर अाइपुग्दैछ । पुर्वका दमक, विर्तामाेड लगायतका सहरहरूकाे यात्रा सकेर अाउन लागेकाे टाेलीमा नायक दयाहाङ राइ, नायिका प्रियङ्का कार्कि, निर्देशक रामबाबु गुरुङ लगायतकाे. . .


मोरङका अधिकांश अस्पताल मापदण्ड विपरित

सुमन तिमल्सिना विराटनगर, कात्तिक २४ मोरङ जिल्लामा सरकारबाट मान्यता प्राप्त ३६ वटा अस्पताल संचालनमा छन् । तर ती अस्पतालको मापदण्ड के हो भनेर कसैसँग पनि छैन । त्यसको अनुगमन फितलो छ । अस्तालहरुमा पार्किङको ब्यवस्था नभएको, प्रतिक्षालय कक्ष साँगुरो भएको, औषधीमा एकाधिकार लगाउन खोजेको, एक सय शैयाभन्दा बढी �. . .


विराटनगरमा अत्याधुनिक नयाँ बसपार्क निर्माणको ठेक्का गौरी पार्वती निर्माण सेवालाई

बिनु तिम्सिना बिराटनगर कार्तिक २५ , विराटनगरमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण हुने भएको छ । विराटनगर–१५ मा निर्माण हुने अढाइ तल्ले बसपार्क निर्माणका लागि गौरी पार्वती निर्माण सेवा कम्पनीले ठेक्का पाएको छ । विराटनगर उपमहानगरपालिकाले साबिककै स्थानमा अत्यधुनिक सुविधा सम्पन्न नया�. . .


प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिराटनगर आउदै

बिराटनगर कार्तिक २५, प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" शुक्रबार बिराटनगर आउने कार्यक्रम रहेको छ । उनी यस पटक प्रधानमन्त्री भएपछि पहिलोपटक बिराटनगर आउन लागेका हुन । बिराटनगरमा विभिन्न उद्योगीहरुसंग अन्तरक्रिया कार्यक्रम, सरकारी कर्मचारीहरुसंग भेटघाट  साथै कार्यकर्ता भेटघाट कार्यक्रम हुने मा. . .


आयल निगम बिराटनगरमा अख्तियारको दुरुपयोग गर्दै कर्मचारी नियुक्त

बिराटनगर कार्तिक २३ , नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका विवादास्पद कार्यालय प्रमुख दिनेश यादवले अख्तियारको दुरुपयोग गर्दै एक कर्मचारीलाई करारमा नियुक्त गरेका छन् । क्षेत्रीय प्रमुखको अधिकार क्षेत्र भित्र नपर्ने पदमा उनले नियुक्ती दिएर झापा स्थित निगमको चारआली डिपोमा पठाएका हुन् । मोरङ. . .


सहिद मैदान सरसफाइ कार्यक्रम हुदै

  सरोज लम्साल कार्तिक २३ राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघ र वेस्ट म्यानेजमेन्ट ग्रुप प्रा लि विराटनगरको संयुक्त आयोजनामा सहिद मैदान सरसफाइ कार्यक्रम हुने भएको छ । कार्तिक २४ गते बुधबार बिहान ६:३० बजे सहिद मैदान कभर्ड हल अगाडि सरसफाइ कार्यक्रम साथै २०७३ मङ्सिर भित्रै सातौ राष्ट्रिय खेलकुद प�. . .


बिराटनगरमा छैठ मनाउने क्रममा डुबेर एकको मृत्यु

बिराटनगर कार्तिक २३, बिराटनगर-१९ बैंक रोडस्थित पोखरीमा छैठ मनाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर-२० का निवासी अन्दाजी ५० वर्षका सागर राई रहेका छन् । उनी पोखरीबाट लामो समयसम्म बाहिर ननिस्केपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो ।. . .


क्षतीपुर्ति नदिन डाक्टरहरुको संयुक्त बक्तब्य

सुमन तिमल्सिना विराटनगर, कात्तिक २१ विराटनगर अस्पताल प्रालिमा  भएको घटनाको बारेमा नेपाल चिकित्सक संघ र एसोसियशन अफ प्राईभेट हेल्थ एशोसिएशन नेपाल एफिनले भ्रत्र्सना गरेको छ । बिराटनगरमा पत्रकार सम्मेलन गर्दै घटना प्रती संघ र एफिनको गम्भीर ध्यानाकर्षण भएको र घटनामा भएको प्रबृतीको घोर भत्र्सना गरेको. . .