विराटनगर

बिराटनगर बसपार्क छेउमा हिलोमा फसेको बसले सडक जाम

विराटनगर बसपार्क अन्नपुर्ण पेट्रोल पम्प अगाडी आज मध्यान्न हिलोमा फसेको बसले अन्य सवारी साधनलाई आवाज जावातमा समस्या हुदाँ प्रहरीलाई हम्मे –हम्मे परेको छ । बिराटनगर बसपार्क र छेउमा सडकको खराब अवस्थाको कारण समस्या हुदै आएको छ । [caption id="attachment_26224" align="alignnone" width="1024"] जाममा परेका सवारीसाधन[/caption] तस्वीर ः प्रेम देवान आ�. . .


“मेरी प्रिय” गितको भिडियो छायांकन बिराटनगरमा सम्पन्न

बिराटनगर कार्तिक ३ , बिराटनगरका युवा गायक तेजस्वी राज कोइरालाको "मेरी प्रिय" गित को म्युजिक भिडियोको छायांकन बिराटनगरमा सम्पन्न भएको छ । गीतमा स्वर तेजस्वी राज कोइरालाको रहेको छ भने शब्द सङ्गीत आरोन लुइँटेलको रहेको छ  । म्युजिक भिडियोमा भने मिस कोशी २०१५ कि सेकेन्ड रनरअप नितिक्षा पाठक, सरोज खनाल र आरोन . . .


शिक्षा मन्त्रालयद्वारा बंगलादेशका ८ कलेजमा पढ्न जान रोक

बिराटनगर कार्तिक ३ , शिक्षा मन्त्रालयले बंगलादेशका आठ कलेजमा पढ्न जान रोक लगाएको छ । बंगलादेशको शिक्षा मन्त्रालयले अवैधानिक घोषणा गरेको चार विश्वविद्यालय र निलम्बनमा परेका चार मेडिकल कलेजमा मन्त्रालयले अध्ययन अनुमतिपत्र नदिने निर्णय गरेको हो । मन्त्रालयले इन्टरनेशनल इस्लामीक , चित्तगाउँ, बीजिसी ट�. . .


बिराटनगरका युवा अंकितको हत्या

बिराटनगर कार्तिक ३, बिराटनगरमा अर्को हत्या प्रकरण भएको छ । बिगत ५ दिनदेखि हराइरहेका बिराटनगर-५ जामुनगाछी बस्ने २१ वर्षिय अंकित दाहालको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । उनलाई शव हत्या गरी धानबारीमा फालिएको अवस्थामा फेला परेको थियो । मोरङ प्रहरीका अनुसार उनको हत्याको अनुसन्धान भइरहेको छ । उनका स�. . .


मिस्टर कोशीको ट्यालेण्ड राउण्ड सम्पन्न

प्रेम देवान विराटनगर १ कात्तिक । जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरको आयोजनामा भईरहेको मिस्टर कोशीका मोडलहरुले ट्यालेण्ड राउण्ड अन्तर्गत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । अडिसनबाट छानिएका १४ जना मोडलहरुले नृत्य, गीत, जादुमन्त्र, चित्रकला, बडी शो जस्ता सोमबार आ– आफनो प्रतिभा देखाएका थिए । जय �. . .


मिस्टर एण्ड मिस लिटिल कोशीको प्रशिक्षण सुरु

प्रेम देवान विराटनगर १ कात्तिक जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरको आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस लिटल कोशीको आन्तरीक प्रशिक्षण सोमबारबाट विराटनगरमा सुरु भएको छ । गत असोज २१ र २२ गते विराटनगरमा भएको पहिलो सिजन मिस्टर एण्ड मिस लिटल कोशीको अडिसनबाट छानिएका १५ बालक र २० जना बालिकालाई बन्द प. . .


बिराटनगर पुष्पलाल चोकको बाटो धस्न थाल्यो

बिराटनगर कार्तिक १ , बिराटनगरको पानीटंकी-पुष्पलाल चोकको केही महिना अघि मात्रै बिराटनगर उपमहानगरपालिकाले निकै तामझामका साथ बनाएको सडक ठाउँ-ठाउँमा धस्न थालेको छ। बिराटनगर-१ बुद्ध चोकको राधाकृष्ण मन्दिर अगाडिको सडक धस्न थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । हाम्रा पाठक तथा स्थानीयबासी सुमन पौडेलले �. . .


विराटनगरमा लागुऔषध सहित दुई पक्राउ

मोरङ, कात्तिक १ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले आइतबार लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-४ आर्दश टोल २३ बर्षिय सनम शेर्पा र भारत सहर्षा थाना बनगाह-१५ बस्ने २४ बर्षिय दिलिप जैसवाल रहेका छन्। उनीहरुलाई लागुऔषध नियन्त्रण व्य�. . .


बिराटनगरमा जुवातास खेल्ने पक्राउ

बिराटनगर कार्तिक १ , बिराटनगरमा जुवातास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर-१२ बाट जुवा खेल्दै गरेको अवस्थामा ५ जना लाई २ लाख ४० हजार सहित पक्राउ गरेको हो । यस्तै सम्झना चोकबाट ५९ नगद सहित ७ र गुदरी बाट पाँच जनालाई पक्राउ गरिएको छ । उनिहरुलाई जुवा एेन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत मा. . .


बिराटनगरमा निशुल्क योग कक्षा संचालनमा 

बिराटनगर असोज ३० , बिराटनगरको हिट एण्ड ह्यांगआउट फुटसलमा निशुल्क योग कक्षा संचालन भइरहेको छ | भारतीय योग सस्थानको  आयोजनामा उक्त योग कक्षा दैनिक बिहान ५:३० देखि ७ बजे सम्म  संचालन भैरहेको आयोजक आशिष अग्रवालले जानकारी दिए | सबै उमेर समुहले उक्त योग कक्षा लिन पाउने पनि अग्रवालले बताए  |  भारतका प्रशाद योग �. . .


बिराटनगरमा दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला

बिराटनगर असोज ३० , बिराटनगरमा कार्तिक १२ गते रंगकर्मी दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला  मन्चन  हुने भएको छ । पुर्वाञ्चल नाट्य यात्रा २०७३ अन्तर्गत उक्त नाटक बिराटनगरको आरोहण गुरुकुलमा हुन लागेको हो । कार्तिक १२ गते १ बजे र ४ बजे गरेर दुईवटा शो हुने छ ।  पुर्वाञ्चल नाट्य यात्रा २०७३ लेट्स इ�. . .


आजदेखि पूर्वबाट पनि मनसुन सकिने

आजदेखि पूर्वबाट पनि मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रबाट मनसुन आज बाहिरिने र बेलुका मनसुन सकिएको घोषणा गर्ने तयारी गरेको महाशाखाले जनाएको छ । गएको वर्षभन्दा यो वर्ष मनसुन २० दिन लम्बिएको हो । दुई वर्षअघि सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । यसपाली मनसुनमा औषत पा�. . .