विराटनगर

विराटनगरका सौन्दर्यकर्मीकोद्धारा किसानलाई मल–बीउ र बालबालिकालाई शैक्षिक सामाग्री

प्रेम देवान विराटनगर । किसानहरुलाई मल बिउ पुजी र बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगर (नावुन ) ले १६ औँ वार्षिकोत्सव मनाएको छ । युनियनको १६ औँ वार्षिकोत्सवको अवसरमा महानगर कमिटीले बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई मल बीउ र बा. . .


गृहिणीका समस्या बुझ्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शि�. . .


विराटनगरको रानी नाकामा पुनः कडाई

इन्दु साह विराटनगर । खुल्ला सीमाबाट हुने चोरी पैठारी र निकासीमा कडाई गर्ने सरकारी तयारी अनुसार विराटनगर भन्सार नाका रानीमा सुरक्षा संयन्त्र चुस्त बनाइएको छ । संघीय सरकारले चोरी पैठारीमा कडाई गर्ने नीति लिएसँगै त्यसलाई थप समन्वय गर्न प्रदेश सरकारले समेत सुरक्षा निकायसँग बिफ्रिङ लिने काम गरिरहेको छ �. . .


विराटनगर वितरण केन्द्रद्वारा महसुल नतिर्ने दुई हजार ७२७ ग्राहकको लाइन बिच्छेद

विराटनगर। नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा महसुल नतिर्ने सेवा क्षेत्र भित्रका दुई हजार ७२७ जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत चालु आर्थिक वर्षको आठ महिनामा (साउनदेखि फागुनसम्म) विराटनगर वितरण केन्द्रले आफ्नो सेवा क्षेत्र भित�. . .


प्रेममा घृणापछि क्रुरता : दैनिकजसो बीभत्स हत्याका घटना

सुजता लिम्बु विराटनगर । प्रेमको परिभाष कुनै शब्दमा बयान गर्दा मात्रैले पनि पुग्दैन । यसको अर्थ बृहत छ । भनिन्छि ‘ प्रेम मानवताको दोश्रो नाम हो । प्रेम गर्नु नै जीवनको खुशी हो । ’ तर, पछिल्लो समय यही प्रेमकै नाममा हुने हत्याका घटनाले समाज कुन दिशातर्फ मोडिदैछ ? भन्ने प्रश्न सबैको मनमा उब्जिन थालेको छ । बु. . .


विराटनगरको मुनलाइट होस्टलकी संचालक ४१ हजार रुपैयाँ धरौटीमा रिहा

विराटनगर । विराटनगर-८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी संचालक मधु रेग्मी ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी छिन् । नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टलकी संचालक रेग्मी मंगलबार ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी हुन् । अभद्र व�. . .


विराट गोल्डकप सफल बनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट गोल्डकप सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ। विराट गोल्डकप ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले विराट गोल्डकप विराटनगरको शान भएकाले सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गोल्डकप सफल बनाउन पत्रकारहरुको �. . .


विराट गोल्डकप चैत १५ गतेदेखि

विराटनगर । विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक विराट गोल्डकप आगामी चैत्र १५ गतेबाट सुरु हुँदैछ। विराट गोल्डकप ट्रष्टले मंगलबार फुटबल आयोजना हुने मैदानमा पत्रकार सम्मेलन गरी चैत्र १५ गतेदेखी २४ गतेसम्म प्रतियोगिता हुने जनाएको हो । विगतमा ट्रष्टले बाहिरका व्यक्तिलाई संयोजक तोकेर प्रतियोगि�. . .


एघार बुँदे घोषणापत्र जारी गर्दै सकियो दलित जनप्रतिनिधीको तेस्रो सम्मेलन

विराटनगर । दलित अधिकारको निम्ति ११ बुँदे घोषणपत्र जारी गर्दै दुईदिने दलित जनप्रतिनिधिहरुको तेस्रो प्रदेश सम्मेलन विराटनगरमा सम्पन्न भएको छ । मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल (रिडेफ) द्वारा सोमबारदेखी विराटनगरमा ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजि. . .


हत्यामा संलग्न तीनजना १६ वर्षपछि पक्राउ

विराटनगर । प्रहरीले २०६४ साल जेठ २० गते मोरङको मिक्लाजुङ–१ (साविक रमिते–४) मा भएको हत्याको घटनामा संलग्न भई हालसम्म फरार रहेका तीनजनालाई पक्राउ गरेको छ । घटना भएको १६ वर्षपछि मिक्लाजुङ–१ का ४८ वर्षीय जीतबहादुर राई, ४१ वर्षीय ज्ञानबहादुर राई र ४० वर्षीय लक्ष्मण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका लक्�. . .


भवनका संरचना निर्माण गर्ने कार्यालयमै अपाङ्गता भएका व्यक्तिहरु पहुँचविहीन

विराटनगर । पहुँचयुक्त भौतिक संरचना निर्माणका लागि संघीय सरकारको अनुदान सहयोगमा निर्माण हुने कार्यालयहरुको अनुगमन गर्ने संघीय आयोजना कार्यान्वय इकाईको विराटनगर कार्यालयमा मंगलबार अपाङ्गता भएका व्यक्तिहरु अलमलमा परे । पहुँचयुक्तता संरचनाको पैरवी वकालत गर्न शहरी विकास मन्त्रालय, सहरी विकास तथा भव. . .


बर्जुको अग्नी पीडितलाई विराट व्यापार संघको राहत सामग्री

विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जु गाउँपालिका ४ जयनगर मुस्लिम टोलका आगलागी पीडितलाई राहत वितरण गरेको छ । संघमा आवद्ध महिला उद्यम समिति तथा युवा उद्यम समितिले मंगलबार बिहान घटना स्थलमा नै पुगेर संयुक्त रुपमा अति आवश्यक पर्ने खाद्य सामाग्री लगायत वितरण गरेको हो । चैत्र ४ गते आईतबार दिउँसो ब�. . .