विराटनगर

ग्रिनक्रस अस्पताल विराटनगरका सञ्चालक कृष्ण खवास पक्राउ

विराटनगर । अस्पतालमा आएकी गर्भवती महिलाको भर्ना नै नगरी प्रसुती गराएर शिशु बिक्री गरेको घटना घटाइएको पाइएपछि विराटनगर ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवास पक्राउ परेका छन् । ग्रिनक्रस अस्पतालमा एक महिलाले जन्म दिएकी नवजात शिशु बिक्री भएको घटनामा व्यवस्थापकीय लापर्वाही देखिएपछि मोरङ प्रहरीले ख�. . .


देशभरका शिक्षक काठमाडौँमा, विराटनगरमा ५६ विद्यालयका ३० हजार विद्यार्थीको पढाई प्रभावित

विराटनगर । शिक्षकहरुको आन्दोलनका कारण विराटनगरका ३० हजार विद्यार्थीको पढाई प्रभावित भएको छ । विराटनगर महानगरपालिका भित्रका ५६ सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिएका छन् । विराटन�. . .


विराटनगरमा राजमार्ग पार्किङ, दुर्घटनाको जोखिम

इन्दु साह विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अगाडि ६ लेन हाईवे सडकमा दैनिक जसो ५ देखि ८ वटासम्म पिकप भेन पार्किङमा राखिएको हुन्छ । राजमार्गमा सवारी पार्किङको विषय भने कसैको चासोको विषयमा पर्दैन । राजमार्गमा भईरहेको अव्यवस्थित पार्किङको विषय ट्राफिक प्रहरी र नगर प्रहरीलाई सम�. . .


निबन्ध प्रतियोगितामा शिक्षादिप कलेज प्रथम

विराटनगर । मावि स्तरीय निबन्ध प्रतियोगितामा विराटनगरको शिक्षादिप कलेज प्रथम भएको छ । कोशी प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर आयोजना गरिएको ‘संविधान कार्यान्वयन : चुनौती र समाधान’ विषय अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा शिक्षादीप कलेजका छात्र र छात्रा दुवै विधामा प्रथ�. . .


संविधान दिवस : थाहा नहुनेलाई कुन ठाउँ ?

इन्दु साह विराटनगर । विराटनगर–२ शंखरपुरमा बुधबार बिहान बाटोमा भेटिए मो.इस्लाम । ७० वर्षीय इस्लाम फोहोरवहाक हुन् । आम नगरवासीमा उनले गर्ने काम हेपिएको भएपनि उनका कामले दिने योगदान भने कसैको भन्दा कम हुँदैन । संविधान दिवस असोज ३ गते मनाउने दिन सडकमा भेटिएका इस्लामलाई यस बारेमा कुनै जानकारी छैन । नेपालम. . .


विराटनगर–१४ स्थित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयको गाडीमा कसले आगजनी गर्यो (फोटो फिचरसहित)

प्रेम देवान विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पस परीसरमा पार्किङ गरी राखेको त्रिभुवन विश्वविद्यालय क्षेत्रिय परीक्षा नियन्त्रक कार्यालयको गाडीमा आगजनी भएको छ । बुधबार विहान ५ बजेको समयमा अज्ञात समुहले पार्किङ गरिएको बा.७ च ८२३८ नम्बरको गाडीमा आगजनी गरेको हो । आगजनीका कारण गाडी काम नलाग्ने . . .


महेन्द्र मोरङमा उत्तरपुस्तिका साटफेर विरुद्ध आन्दोलन, परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगो

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययरत विद्यार्थीले दिएको परीक्षाको उत्तरपुस्तिका साटफेर विरुद्ध आन्दोलन चलिरहेको छ । मानवीकी संकाय, स्नातक तह पहिलो वर्ष अग्रेजी विषयको उत्तरपुस्तिका साटफेर गरेको विषय चर्कदैं गएको हो । २०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी व�. . .


विराटनगरको आदर्श माध्यमिक विद्यालय राष्ट्रिय शिक्षा दिवसका अवसरमा पुरस्कृत

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा विराटनगरको आदर्श माध्यमिक विद्यालय पुरस्कृत भएको छ। शिक्षा दिवसकाे अवसरमा आज आदर्श मावि पुरस्कृत भएको हाे । शिक्षण संस्थाकाे गुणस्तर तथा क्रियाकलाप भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिसदबाट सं. . .


विराटनगरमा पहिचानपक्षधरको शान्तिपुर्वक आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आज विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल ¥याली प्रदर्शन गर्दै कोणसभा गरेको छ । सुनसरीको ईटहरीमा भेला भई मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मा. . .


विराटनगरमा यी पाँच कार्यालय नक्सा पास नगरेका संरचनामा, दशवर्षदेखि कर बुझाएन हिमालय टाकिजले

विराटनगर । विराटनगर महानगरपालिकाले पाँच सरकारीसहित तीन निजी संरचनाका सञ्चालकसँग सम्पति तथा वहाल कर बुझाउन अनुरोध गरेको छ । विराटनगर महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका संरचनालाई १५ दिने सुचना जारी गर्दै कर बुझाउन आग्रह गरेको हो । कर बुझाउन सूचना जारी गरिएकामध्ये हिमालय टाकिज समेत रहेको छ । �. . .


विद्यार्थी संगठनद्धारा विराटनगरको डिग्री क्याम्पसको परिक्षा नियन्त्रक कार्यालयमा ताला

विराटनगर । संयुक्त विद्यार्थी संगठनले विराटनगरको डिग्री क्याम्पसको परिक्षा नियन्त्रक कार्यालयमा ताला लगाएका छन् । पिडित विद्यार्थीको नतिजा चाँडै प्रकाशित गरेर न्याय प्रदान गर्न माग राख्दै विद्यार्थी संगठनले अल्टिमेटम दिएका थिए । तर, हालसम्म पनि विद्यार्थीको परिक्षा नतिजा प्रकाशन नगरेको भन्दै . . .


विराटनगर महानगरपालिकाका हवल्दार भण्डारीसहित तीनजना नगर प्रहरीको जिम्मेवारी खोसियो

विराटनगर । विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई सेवाबाट हटाएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको हो । महानगरपालिका प्रमुख नागेश कोइरालाले आफ्नै नाममा विज्ञप्ती जारी गर्दै नगर प्रहरी हवल्दा�. . .