विराटनगर

नगदरहित कारोबारका लागि महिला उद्यमीहरुलाई ई–सेवाको एक दिने तालिम

विराटनगर । नगदरहित कारोबार तथा डिजिटलाईजेशनको क्षेत्रमा महिला उद्यमीहरुलाई थप सशक्त बनाउन विराटनगरमा १ दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ई–सेवाको आयोजनामा बुधबार मोरङ व्यापार संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मोरङभरिका महिला उद्यमीहरुको सहभागिता रहेको थियो. . .


राउण्ड टेबल प्रिमियर लिगको उपाधि विराटनगर प्राईम राउण्ड टेबल–१० लाई

विराटनगर । विराटनगरमा सम्पन्न १२ औं संस्करणको राउण्ड टेबल प्रिमियर लिगको उपाधि विराटनगर प्राईम राउण्ड टेबल–१० ले हात पारेको छ । विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ को आयोजनामा शनिबार वडा नं. ५ स्थित दिल्ली पब्लिक स्कुलमा भएको खेलमा प्राईम राउण्ड टेबल–१० ले विजेताको उपाधि हात पारेको हो । शनिबार सम्पन्�. . .


पेरागन स्कुलमा नयाँ प्रिन्सिपल पौड्याल नियुक्ति

विराटनगर । विराटनगर–३ मा रहेको पेरागन एकेडेमी माविको प्रिन्सिपलमा युधिष्ठिर पौड्याल नियुक्ति भएका छन् । संचालक समितिको बैठकले बुधबार नयाँ प्रिन्सिपलको रूपमा लामो समयदेखि शिक्षा क्षेत्रमा रहेका पौड्याललाई नियुक्ति गरिएको हो । प्रिन्सिपलमा नियुक्ति भएका पौड्यालले बुधबार नै पदभार समालेका छन् ।. . .


विराटनगरका व्यवसायी निम्ता बाँड्दै भारतका शहरमा

विराटनगर । कोरोना संक्रमणको जोखिम हटेसँगै भारतीय पर्यटकलाई नेपाल भित्र्याउन पूर्वका पर्यटन व्यवसायी निम्ता लिएर भारतका विभिन्न शहरमा पुगेका छन् । प्रदेश १ मा घुम्न आउने भारतीय पर्यटकलाई नेपालमा वातावरण सहज भएको जानकारी दिन पर्यटन व्यवसायी नेपालसँग सीमा जोडिएका भारतका राज्यहरुमा निम्ता दिन पुगेक�. . .


सीमापार बजारबाट सामान खरिद गर्दा भन्सार बुझाउनुपर्ने नियमको विरोध

विराटनगर । सीमापार बजार जोगबनीबाट घरायसी प्रयोजनका लागि ल्याइएको सामानमा भन्सार महसुल लिने नियमले हटाउन नेपाल भारत खुल्ला सीमा संवाद समूहले आग्रह गरेको छ । नेपाल सरकारले भन्सार ऐन २०६४,भन्सार नियमावली २०६४ र आर्थिक ऐन २०७८ को अनुसार एकसय रुपैँया भन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनु पर्ने नियम�. . .


विराटनगरको सुधार केन्द्रबाट भागेका एक युवा सिघिया खोलामा मृत अवस्था फेलापछि

प्रेम देवान विराटनगर । विराटनगरमा रहेको एक सुधार केन्द्रबाट भागेका युवा मृत अवस्थमा फेला परेका छन् ।  विराटनगर –२ मा रहेको स्पर्श नेपाल नामक सुधार केन्द्रबाट मंगलबार दिउँसो भागेका धरान १६ का २५ बर्षिय दिलेन्द्र परियार मृत अवस्थामा भेटिएका हुन् । सुधार केन्द्रमा सरसफाई गर्ने समयमा उनी भागेका थिए । भ�. . .


सिद्धबाबाको मुद्दामा चैत १५ गतेलाई पेसी तोकियो

विराटनगर । सुनसरी बराहक्षेत्रको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोेकेको छ । उच्च अदालत विराटनगरले मुद्दाको पेशीमा बुधबार भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारा�. . .


कांग्रेसको बुढो रुख जोगाउन चुनाव चिन्ह हरियो बनाईयो : ओली

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको साख सुरक्षित गर्नै निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले कांग्रेस विस्तारै बुढो हुँ. . .


विद्यार्थीलाई फर्कन निर्देशन गरिदिन चिकित्सा शिक्षा आयोगसँग नोबेलको आग्रह

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबाहेक विद्यार्थीबाट कुनैपनि अतिरिक्त शुल्क नअसुलेको प्रशासनले स्पष्ट पारेको छ । एमबीबीएस अन्तर्गत १५ औं ब्याचका विद्यार्थीले कजेज बारे भ्रम फैलाएको भन्दै कलेज प्रशासनले २०७८ पुस ३० गते चिकित्सा शिक्ष�. . .


विराटनगरको मेयरमा उठने कर्णको घोषणा

विराटनगर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तेजलाल कर्णले विराटनगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कर्णले मेयरमा उठ्ने घोषणा गरेका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कर्णले मेयर पदमा उम्मेदवारीको घोषणा गरेका हुन�. . .


गुरुकुलमा महिला दिवस : जीवन भोगाई र जोडदार कविता

विराटनगर । महिला दिवसको अवसरमा मंगलबार आरोहण गुरुकुल विराटनगरमा महिलाहरुले आफ्ना भोगाइ र कविता सुनाएका छन् । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा १५ महिलाहरुले अनुभव र कविता प्रस्तुत गरेका हुन् । सो क्रममा विभेदको व्यवधान शिर्षकमा बोल्ने राजनीतिकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक �. . .


जबरजस्ती करणी मुद्दामा सिद्धबाबाको अदालती सुनुवाई आज हुँदै

विराटनगर । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरमा आज सुनुवाइ हुँदैछ । उच्च अदालत विराटनगरमा उक्त मुद्दाको पेशीमा भएको गोलाप्रथामा उक्त मुद्दा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इज�. . .