सुनसरी, चैत्र २७ सुनसरीको बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका एक युवक कोशी नदीमा नुहाउनेक्रममा नदीले बगाएर बेपत्ता भएका छन्। काभ्रे जिल्ला धुलिखेल ४ बस्ने १९ वर्षिय प्रज्वल श्रेष्ठ नदीमा नुहाउनेक्रममा आज बिहान बेपत्ता भएका हुन्। बेपत्ता युवकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चतराले जन. . .
मोरङ,चैत्र २८ मोरङको कोशी हरैचा -४ खोर्सानेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिला र एक पुरुष घाइते भएका छन्। राजमार्गमा पूर्व बाट पश्चिमतर्फ आइरहेको २० प ३१६६ नम्बरको मोटरसाइकलले पैदल यात्री सोहि स्थानबस्ने २३ बर्षिय निकी श्रेष्ठ लाई ठक्कर दिएको थियो। घाईते निकीको खोर्सानेकै क्लिनिकमा उप�. . .
बिराटनगर चैत्र २८ , झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशिसहितको उपाधि आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए नवयुगले विमल राना मगरको क्रस पासलाई सदुपयोग गरेको एक गोल नै आर्मीलाई उपाधि दिलाउन पर्य�. . .
ताप्लेजुङ चैत २७ गते , उठिवास मात्र होइन ,धेरैको ज्यान समेत लिएको पहिरोबाट आफन्त गुमाएकी एक बालिकालाई गन्तब्य नेपाल साउदी अरवले ५० हजार रुपैयाँ छात्रवृति प्रदान गरेको छ । पहिरोको पीडा भोगिरहेकी ताप्लेजुङको सान्थाक्रा ३ स्थित सिंहदेवी निमाविमा १ कक्षामा अध्ययनरत प्रतिष्ठा लिवाङलाई गन्तव्य नेपाल सा�. . .
बयरवन : मोरङको बयरवन–१ हरकपुरमा नोवेल मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरूको सहभागितामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । बयरवन–१ का रविन्द्र घिमिरेले आफ्ना बुवाको सम्झनामा आफ्नै नीजि खर्चमा चैत २६ गते शुक्रबार स्वास्थ्य शिविरको आयोजना गर्न लाग्नु भएको हो । स्वास्थ्य शिविरमा जनरल. . .
विजय धिमाल धरान २६ चैत्र धरान १५ स्थित रहेको एलाईनेट जिमको आयोजनामा चैत्र २५ गते भएको सातौँ मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रिय शारिरिक सुगठन प्रतियोगिता २०७२ को उपाधि कुल बहादुर श्रेष्ठले हत्याएको छ । स्वास्थ्य जिवन सुन्दर भविष्य हरेक युवाको सपना, नियमित व्यायाम स्वच्छ समाज एलाईनेट जिमको चाहना भन. . .
ताप्लेजुङ, चैत २६ । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) छिटफुट घटनाबाहेक देशैभर सौहार्दपूर्ण वातावरणमा सकिएको छ । तर, ताप्लेजुङका अधिकांश परीक्षा केन्द्रका विद्यार्थीले भने बस्न र लेख्नका लागि सहज डेक्स, बेन्चसमेत पाएनन् । आफूहरुले निकै कस्ट सहेर परीक्षा सम्पन्न गरेको गुनासो उनीहरुले गरेका छन् । प�. . .
सुनसरी चैत्र २६ , सुनसरी जिल्लाको औरावनी गाविस २ स्थित थलाहा खोलामा पौडी खेल्न गएका दुई बालकको हिजो डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा औरावनि ९ बस्ने गणेश साहको अन्दाजी १० वर्षका छोरा आकाश र अर्जुन मलाहाको सोही उमेरका छोरा बिकाश रहेका छन्। खोलामा पौडी खेल्न गएक उनीहरुलाई स्थानीय गाँउलेले डुबेको अवस्�. . .
बेलबारी, २५ चैत्र । बेलबारीमा सुरु भएको अन्डर १४ फुटबल प्रतियोगितामा बेलबारीले भलुवालाई पराजित गरेको छ । बेलबारी बजार युवा समुहको आयोजनामा लोहन्द्रा खेल मैदानमा आज बाट सूरु भएको खेलमा बेलबारीको यु–१४ टिमले भलुवाको टिमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत आज लालभित्ति र बेलचौरी. . .
सुनसरी चैत्र २५ , इटहरी जेसीजको आयोजनामा विहीबार इटहरीमा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । म्याराथन प्रतियोगितामा विभिन्न तीनवटा इभेन्ट्स राखिएको थियो । जसमा दश किलोमिटरमा खुल्ला पुरुष र महिला, दुई किलोमिटरमा जुनियर जेसीज र डेढ किलोमिटरमा कर्पोरेट र सञ्चारकर्मी सहभागी गराइएका थिए । दश क�. . .
ओखलढुङ्गा, चैत्र २६ ओखलढुङ्गाको छुट्टा छुट्टै दुई स्थानमा बिहिबार आगलागीबाट तिन जनाको घर जलेको छ भने १५ लाख २७ हजार बराबरको क्षति भएको छ। बिहिबार दिउँसो २ बजेतिर बारीमा रहेको झ्यास डढाउनेक्रममा आगो सल्किंदा रावादोलु गाविस ९ बस्ने शंकर सुनुवारको घरमा आगलागी भएको थियो। आगलागीबाट सुनुवारको घर तथा �. . .
ईलाम, चैत्र २५ गते। मेची राजमार्ग अन्तरगत ईलाम जिल्लाको गोदकमा आज पिकअप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। झापाबाट ईलामतर्फ जादे गरेको मे. १ च ३०५८ नम्बरको पिकअप आज बिहान १० बजे गोदक ४ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी पिकअपमा सवार रहेका झापा चारआली ५ बस्ने २८ वर्षिय भुपेन्द्. . .