ताप्लेजुङ, १३ फागुन । भनिन्छ- आमा मायाको प्रतिमूर्ति। तर ताप्लेजुङमा भने ९ महिनासम्म कोखमा राखेर जन्माएको सन्तानका लागि आफ्नै आमा काल बनेकी छन्। मिक्वाखोला गाउँपालिका–४ साँवा घर भई फुङलङ बजारको रिजाललाइनमा बस्दै आएकी ३२ वर्षीया पूजा चेम्जोङ लिम्बुको कुटपीटबाट चार वर्षीया छोरीको मृत्यु भएको छ। गत. . .
शम्भु यादव सिरहा फाल्गुन १२ , सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ। सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो। यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भ. . .
राजविराज, फागन १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड�. . .
सुनसरी, १२ फागुन। तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरी ईटहरी उप-महानगरपालिका-१६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर फाल्गुन ४ गते घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार. . .
राजविराज फाल्गुन १२ , किशोरी बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । बोल्न नसक्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका ५ पथ्रीका २५ वर्षीय भीम मुखिया र ३५ वर्षीय भरत मुखियालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले शुक्रबार साँझ बोल्न नसक्ने २० वर्षीया किशोरीलाई जगंलमा लगी बलात्. . .
झापा फाल्गुन १२ , नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीमा भएको घुस लेनदेनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग घुसरकम लिदै गर्दा रंगेहात फेला परेको रिपोर्ट सीधाकुरा जनतासँ�. . .
विराटनगर, १२ फागुन । साेलुखुम्बुमा भएकाे प्रदेश नम्बर १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा ओखलढुंगालाई ३–० को सोझो सेटमा पराजित गर्दै संखुवासभाले उपाधि जितेको हो । शनिबार भएको खेलमा सुनस�. . .
बिर्तामोड,१२ फागुन । झापाको कचनकवल गाउँपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ। भद्रपुर–१ सिँगीबारीस्थित पूर्वपश्चिम भित्री ग्राभेल सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे २ प ९९८३ नम्बरको मोटरसाइकलबाट खस्दा कचनकवल ५ का ४० वर्षीय धनसिंह गणेशको मृत्यु भएको हो। मोटरसाइकलको पछाड�. . .
उदयपुर, ११ फागुन । उदयपुरको रौतामाई गाउँपालिका–२ डुम्रेमा शनिबार दिउसो भएको भीषण आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन् । गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा चौपाय जलेर मरेका हुन् । खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जले । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार�. . .
ईलाम, ११ फागुन । जिल्ला प्रहरी कार्यालय ईलामले बिद्यार्थीलाई लक्षित गरी "प्रहरीसँग एक दिन" कार्यक्रमको थालनी गरेको छ । “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत बिद्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको हो । यो कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई प्र�. . .
धरान, फागुन ११ ‘स्वच्छ वातावरण, मौलिक संस्कृति र सालिन आचरणः संवृद्ध सभ्यता र अनुकरणीय आचरण’ भन्ने मुल नाराका साथ धरानमा मौलिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय हरियाली मञ्च सांस्कृतिक समुहको आयोजनामा धरानमा मौलिक लोक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो फागुन १७ गते उक्त �. . .
फिदिम, फागुन ११ गते । पाँचथरमा सातौँ चरण सम्पन्न भइसक्दा समेत हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन । सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि यहाँ सातौँ चरणसम्म औषधि सेवन अभियान सम्पन्न भएपनि प्रत्येक अभियानमा औषधि नखाने�. . .