विराटनगर । प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधी बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई . . .
काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट गएराति निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई दुई हफ्ता अघि संक्रमण पुष्टि भएको थियो । मूलपानी स्थायी घर भएका केसी महा�. . .
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिन�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा १८ जनाको मृत्यु भएको रके�. . .
काठमाण्डौं । चौधरी फाउन्डेसन र नबिल बैंकले वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स( सँग आज समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । फाउन्डेसनकातर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनार�. . .
विराटनगर । सामान्य झै–झगडाकै आधारमा देवरले भाउजुको घाँटी रेटेर हत्या गरेका छन् । मोरङको रंगेली नगरपालिका–३ तिलुवा चौकका १९ वर्षीय बिनोद यावदले आफ्नै भाउजु अनिता यादवको हत्या गरेका हुन् । मोरङ प्रहरीका अनुसार २४ वर्षीया अनिता र बिनोदको मंगलबार साँझ साढे ६ बजे विवाद भएको थियो । उनले त्यहि रिसलाई साँध. . .
विराटनगर। प्रदेश १ मा आज एक हजार २९८ जनाकोरोना संक्रमितथपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ ज�. . .
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । त्यस्त�. . .
विराटनगर । मोरङमा सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुको अत्यावश्यक बाहेकको कारोबार जेठ ११ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन काार्यलयको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरुलाई कारोबार बन्द गर्न अनुरोधसहितको परिपत्र जारी गरेको हो । कोरो�. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । नहरको बीच भागमा बुधबार घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव भेटिएको थ�. . .
काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गर्नुभएको छ । उहाँले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी जिताउन सबै मतदात�. . .
इटहरी । इटहरी उपमहानगरपालिका–३ काृ एउटा टोलमा बसोबास गर्ने नागरिक बिरामी भएपछि गरिएको परीक्षणमा अधिकांशलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको हो । टोलमा अधिकांश नागरिक बिरामी परेपछि इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमसहितको . . .