साहित्य संसार

अपराध

मलाई जानुपर्ने भयो

गजल

खण्डित भारतको अखण्ड नक्सा !!!

-सुरज दाहाल भारतले भरखरै (मे २८) मा नयाँ उद्घाटन गरेको संसद भवनमा अखण्ड भारत भन्दै प्राचीन भारत दाबी गरिएको नक्साको भित्तिचित्र राख्यो। भित्तिचित्रले अफगानिस्तानका केही भागहरू र सम्पूर्ण पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र म्यानमार सहित दक्षिण एसियाको धेरै भूभाग देखाउँछ। यो नक्सालाई भारतको क्ष�. . .


‘बा’ हुनुको अर्थ

-मीनकुमार नवोदित जुन दिन छोराले ढाडमा चढेर ‘हट घोंडा हट’ भन्न थाल्यो त्यही दिनदेखि मैले ‘बा’ लाई सम्झन थालें। त्यसभन्दा अघि त सम्झिरहें– बाल्यकालका दौंतरी गणितको सूत्र नजान्दा कान समाएर उठबस गराउने शिक्षक महिना नलाग्दै कोठाभाडा माग्ने घरमालिक अफिसमा सधैं जोक सुनाउने हाकिम छिनछिनमा चियोचर्चो ग�. . .


गर्मी

- सुमन पोखरेल गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ, मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने। हावा यता छिर्न मन गरिरहेको छैन, बादललाई लिएर गएको छ कतै हनिमुन मनाउन त्यसैले पानी पनि पर्न सकिरहेको छैन। सूर्य भएभरको शक्ति लगाएर घाम बर्साइरहेको छ, लादिरहेछ निर्ममतापूर्वक निरीह. . .


मुटुको शल्यक्रिया

-जुनु राना यो केही ग्रामको अत्यन्तै भावुक मुटु लिएर जिएर हेरियो जून मुटुमा आवश्यकता भन्दा बढी भावुकता रहेछ जुन भावुकताले जिन्दगीमा धेरैपटक भासिनु परेको छ अरुको दुखमा समेत दुख्नु परेको छ ! कहिलेकाहीँ जमिनमा लत्रनु परेको छ जसरी उड्दै गरेको पंछीको पखेटामा कुनै शिकारीको निशाना लागेर अकस्मात् . . .


देश प्रेम

-यादव अधिकारी (जलनमैया) देशका लागि राम्रो काम गर्ने रहर छ । यही माटोको टीका लगाइ मर्ने रहर छ ।। एक इन्च पनि छोडने छैनौं देशको सिमाना । झन्डा बोकि कालापानी तर्ने रहर छ गोलि खान तयार छु म माटो छुन दिन्न । तराई देखि लिपुलेख सर्ने रहर छ।। सोसकिको गिद्द्दे नजर मेरो देश मथी सामन्तीको एउटै चिहान भर्ने रहर छ ।�. . .


स्यालको रजाइ

-द्वारिका नेउपाने छोडि दिउ स्यालहरुलाई सत्ता लोलुप्तामा रम्न देउ नागरिक बेच्नेलाई भो अब बिर्सी देउ आमा बेच्नेलाई के दवाब दिन्छौ बाउ बेच्नेलाई के सुझाव दिन्छौ छोरी बेच्ने पिपासुलाई कुन नाम दिन्छौ सिमा बेची राष्ट्रवादी हुन देउ राष्ट्र बेच्नेलाई लेन्दुप हुन देउ आखिर चिच्याउने हामी त हो सिंहदरबा�. . .


निमन्त्रणा : अनेक यन्त्रणाको अन्त्य पर्खिएर

-नवीन अभिलाषी पहिरोमुनी छु - अनिदो । तिमी आउनु आफ्नो देश छोडेर छोडेर सरकारी जागिर च्यातेर नागरिकता आफ्नो आमालाई छोडेर भएपनि तिमी आउनु । केहि हजार केहि सय केहि किलोमिटर पर… पहिरो खसिरहेको पहाड मुनी म एउटा युगल चिहानको बन्दोबस्त गरिरहेछु । प्रकाशको एक निमेषभरको बाटो बादललाई एक याम हिँड्नुपर्ने हु�. . .


‘आदिवासी विद्रोहको इतिहास’ हङकङमा विमोचित

काठमाडौं । इतिहासका विविध क्षेत्रमा कलम चलाउँदै आएका लेखक राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ को दोस्रो संस्करण बजारमा आएको छ । मञ्जरी पब्लिकेसन, काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको यसै साता हङकङमा विमोचन गरिएको हो । विगत ११ वर्षदेखि हङकङमा सञ्चालन हुँदै आएको हङकङ साहित्यिक साझा �. . .


खाडीको तातो वालुवा

-अनुज खनाल खत्री खाडीको तातो वालुवा ले रोजे जस्तो छ मलाई मुग्लानले खोजे जस्तो छ चिन्ता नगर बा!तिम्रो सपनाको घर बनाउला आमाको खाली शरीर सुनै सुनले भरौला ए भाइले नि भकुण्डो भन्थ्यो बहिनीलाई राम्रो फोन रे अनि सानु तिमिलाई चाहि के नि? साच्चै देशलाई नि रेमिटेन्स पो त अब नभेटौला मलाई गाउँ घर तिर कसैले सोधे आका�. . .


ताइवान फर्किएर पिङतान टापुमा

-विराट अनुपम आकाशले खर्लप्पै आफ्नो रङ पोतेर होकि फुजिआन ताइवान अलग्गिदा बनेको गहिरो निलडाम पोखिएर होकि अथवा सागरका दुवै किनारका मेहेनती चिनियाँ हत्केलाहरुका निला ठेला चुहिएर हो पूर्वी चीन सागर निलो छ अत्यन्तै निलो छ भूपरिवेष्ठित नेपालबाट पिङतान टापुमा आएर म सागरलाई हेरिरहेको छु टापुलाई बेर�. . .


मसंग तिम्रा लागि के के छन्

मसंग तिम्रा लागि के के छन् भन अब मेरा लागि तिमीसंग के के छन् ? म भनूँ तिमीलाई ? कि, म संग तिम्रा लागि के के छन् । तिमीले प्रतीक्षा गरेका चौक, हात समाएर मध्यरातमा हिडेँका निर्जन सडकहरु जहाँ तिम्रा प्रतिच्छाँयाहरु छन् । वर्षौ पहिले सँगै रुझेको झरी छ मसँगै । असारले काटेको नदि किनार र हाइकिङ गरेका महाभा�. . .


छुटी जानेहरू

-मीनकुमार नवोदित हिंड्न त हामी सँगै हिंडेका थियौं एउटै बाटो भएर तर, गन्तव्यमा नपुग्दै छुटिगए सबै-सबै । वर्तमानको आँगनमा उभिएर आफैंलाई बिर्सिएर खूब सम्झन्छु छुटी गएकाहरूलाई जसरी सम्झिन्छ- गुँड छाडेर गएका बचेरालाई माउले । सँगैको यात्रा पनि दोबाटोमा पुगेपछि छुटिँदो रहेछ जसरी छुटिजान्छ चराको जिउबा. . .