झापा, जेष्ठ १२ झापाको मेचीनगर नगरपालिका ११ स्थित केदार ढकालको घरमा मंगलबार राती आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ। राती करिब १ बजे उनको घरमा बिधुत लाईन सर्ट भई अचानक आगलागी भएको थियो। आगलागीबाट ढकालको घरभित्र रहेको नगद एक लाख बिस हजार, आठ तोला सुन, मोवाइल फोन, ल्यापटप र मे ५ प ५६० नम्बरको स्कुटरस. . .
बिराटनगर जेठ १२, मोरङको टंकीसिनुवारी ४ स्थित गंगा चौकमा मंगलबार सांझ करिब १७:३० बजे बिराटनगरबबाट दुहबीतर्फ जादै गरेको को ४ प २३०३ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलमा सवार उदयपुर बेल्टार ९ बस्ने १९ वर्षिय मनु राई घाइते भएकी छन। घाइते राईलाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर लगिएको छ भने मोटरसा. . .
तेह्रथुम,११ जेष्ठ : तेह्रथुमकको लालीगुँरास नगरपालिका १० स्थित कमला कार्कीको घरमा आज बिहान आगलागीबाट चार लाख बराबरको क्षति भएको छ । कार्कीको घरमा बिहान करिब ३ बजे अचानक आगलागी भएको हो । आगलागीबाट कार्कीको फुस,ढुङा माटोले बनेको घर तथा घरभित्र रहेको नगद नब्बे हजार रुपैया जल्नुका साथै अन्य मालसामानहरु स�. . .
बिराटनगर,११ जेष्ठ : मोरङको बेलबारी नगरपालिका ४ मा ७० वर्षिय बृद्धको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय पूर्ण बहादुर गुरुङको आज बिहान पानीमा डुबेर मृत्यु भएको हो । घरबाट ४ बजे मर्निङ वाकमा निस्केका गुरुङ घर नजिकैको कलभर्टमा बिहान डुबेको अवस्थामा मृत फेला परेका थिए ।घटनाबारे अनुसन्धान भइरहेको घटनास�. . .
काठमाडौं- गत वर्ष वैशाख १२ गते गएकाे विनाशकारी भूकम्पको परकम्प जानेक्रम अझैसम्म राेकिएकाे छैन। गए राति ४.२ रिक्टरस्केलकाे परकम्पले मध्यरातमा निदाएका सर्वसाधारणलाई ब्युझायाे। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १२:५४ मा गएकाे साे परकम्पकाे केन्द्र धादिङ हाे।परकम्पकाे झड्का धादिङ, नुवा�. . .
संखुवासभा, जेष्ठ ११ : संखुवासभाको चैनपुरमा सोमबार दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जना घाइते भएका छन। चैनपुर ११ स्थित भण्डारी मोडमा राती १९३० बजेतिर चैनपुरबाट खाँदबारी बजारतर्फ आउदै गरेको को १५ प ७२६६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जादै गरेको को २३ प ५३२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दु�. . .
बिराटनगर,११ जेष्ठ : विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीको सरुवा प्रक्रिया स्थगित भएको छ । रेग्मीलाई धनुषामा स्थानीय विकास अधिकारीको रुपमा सरुवा गर्ने तयारी भएको थियो । रेग्मीलाई धनुषामा सरुवा गर्ने तयारी भएको थिययो । विराटनगरमा सोलुखुम्बुका स्थानीय विकास अधिकारी महेश �. . .
बिराटनगर जेठ १० , पुर्वका केहि कलाकार स्थित यतिबेला नेपाली चलचित्र "झिल्के" को छायांकन पूर्वका बिभिन्न भागमा चलिरहेको छ । लखमान योन्जनको निर्देशनमा छायांकन चलिरहेको उक्त चलचित्रमा पुकार गौतम र झरना थापाको मुख्य भूमिका रहेको छ भने बिराटनगरका लोकप्रिय कलाकार पंकज हरि चन्चलको पनि मुख्य रोलमा देखिनेछ�. . .
विजय धिमाल राजघाट ९ जेष्ठ मोरङको राजघाट स्थित गत जेष्ठ २ गते देखि जारी प्रथम राजघाट भेट्रान कपको उपाधि उर्लाबारी युनाइटेड भेट्रान क्लबलाई हराउदै धरान भेट्रान क्लवले विजयी भएको छ । राजघाट भेट्रान फुटवल क्लवको आयोजनामा स्थानीय दुर्गापुरी खेल मैदानमा आईतबार सम्पन्न फाईनलमा उर्लाबारी युनाइटेड भेट्र�. . .
नरेन्द्र बस्नेत बेलबारी । पछिल्लो पुस्ता मै खाँऊ,मै लाँऊ,मै सुखसुबिधा उपयोग गरौँ भन्ने मान्यतामा भौतारिरहेको अबस्थामा महिलाहरुको एउटा समुह भने सामाजिक सञ्जालमा ग्रुप बनाएरै भएपनि देशका बिभिन्न ठाँउमा चटपटे र पानीपुरी बेचेर अशत्तहरुलाई सहयोग गर्न तल्लिन रहेका छन । ओमेन्स रुम रिलोडेड WRR महिलाहरुको स. . .
प्रेम देवान,विराटनगर ९ जेठ : प्रकृति र पितृको पूजा गरी शनिबार देखी किरात धर्मालम्वीहरुले किरात समुदायको ठूलो चाड साकेला उभौली पर्व धुमधामका साथ मनाउन सुरु गरेका छन् । किरात समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी,किरा फट्याग्रा नलागोस भनेर विधीवत रुपमा पुजा पाठ गरी शनि�. . .