प्रेम देवान विराटनगर, ९ भदौ संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसपार्कमा अलपत्र परेका करिब २०० मजदुरलाई मजदुर संघ संगठनले गत सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेका छन् । नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ फर्कन नपाएर अलपत्र परेका यातायात मज�. . .
भदौ ९ विराटनगर सुनसरीको लौकही गाविसमा आमाछोरीले विषादी सेवन गर्दा छोरीको ज्यान गएको छ । लौकही–१ की २५ वर्षीया चन्द्रिकादेवी यादव उनकी छोरी तीन वर्षीया निहाकुमारीले विष सेवन गरेकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा निहाको मृत्यु भएको सुनसरी �. . .
विराटनगर ९ भदौ । मोरङ र झापा जिल्लामा मंगलबार छुट्टाछुट्ठै सवारी दुर्घटनाबाट जना तीन जना घाइते भएका छन् । मोरङको सुन्दर–दुलारी नगरपालिका र कोशी हरैचा नगरपालिाकामा बसको ठक्करबाट र पिकअपबाट झरेर दुई जना घाइते भएका छन् । बा. ३ ख १७९ न. को बसको ठक्करबाट भोजपुर याङपाङ ५ घर भई सुनसरीको ईटहरी नगरपालिका ४ बस्ने. . .
विराटनगर ९ भदौ । कोशी राजामार्ग अन्तरगत सुनसरीको सोनापुरमा भारतीय नं. को ट्रकले ठक्कर दिएर एक युवक मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा पाख्रिबास घर भई दुहवी–भलुवा नगरपालिका ४ बस्ने २७ वर्षिय अजय तामाङ रहेका छन् । तामाङलाई सोनापुर २ स्थित सडक किनारमा रोकिराखेको युपी–८६–९३०७ नम्बरको भारतीय ट्रकले हि�. . .
विराटनगर ९ भदौ । जिल्ला अदालत इलामले बाँझो–९ का मनिकुमार लिम्बूलाई २ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लिम्बूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम कसुर गरेको ठहर गर्दै मङ्गलबार २ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकार. . .
विराटनगर ९ भदौ । देशका विभिन्न जिल्लामा प्रदेश र संविधानको मस्यौदालाई लिएर भईरहेको आन्दोलनलाई मध्यनजर राख्दै लिम्बुवान आन्दोलनको गड मानिने ताप्लेजुङमा पनि सुरक्षाको नयाँ रणनीति अपनाईएको छ ।संविधान निमार्णको अबस्थामा जिल्लामा हुने आन्दोलन र बन्दहड्तालाई शान्तिपुर्ण बनाउन मंगलबार सुरक्षा समिति�. . .
विराटनगर ९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिमांकनको विरोधमा आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विद्यार्थीहरु विराटनगर छोडेर घर फर्किन थालेका छन् । विगतको सम्झौता कार्यान्वयन र अन्तरिम संविधानअनुसार संविधान निर्माण गर्नुपर्ने भन्दै गरेको आदोलनले विद्यार्थीहरु घर फर्किन थालेका छ�. . .
मोरङ सहकारी अस्पतालको मुल गेट अघि नै चिया नास्ता पसल छ । त्यँहा पुग्ने प्रायको मुखमा एउटा नाम झुन्डिन्छ 'जोजो' । कसैले 'जोजो'सँगै दाई जोड्छन् कसैले भाई । "म २०६४ सालमा ओखलढुङ्गाबाट कामको खोजीमा विराटनगर आएको हुँ । सुरुमा होटल व्यवस्थापनको सिप सिक्दै केहि कामहरु गरें अनि पछि २०६८ मा आँफ्नै पसल खोलेको हुँ. . .
विराटनगर, ८ भदौ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले ठूलो परिमाणको लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । ब्यूरोले ६ सय एम्पुल लागूऔषधसहित धरान–११ का २४ वर्षीय उमेश यादवलाई मंगलबार साँझ रानी सीमा क्षेत्रबाट पक्राउ गरेको हो । यादवले जिउका विभिन्न भागमा टेपले बाँधेर लागूऔषध धरानतर्फ लान लागेका थिए �. . .
सुरेश घिमिरे इटहरी, ८ भदौ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको राजीनामा माग गर्दै थरुहट कार्यकर्ताहरुले मंगलबार सुनसरीको दुहबी–भलुवामा लाठीसहित प्रदर्शन गरेका छन् । लाठीसहित दुहबी चौकमा प्रदर्शन भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोलीसमेत दुहबी क्षेत्रमा तैन. . .
प्रेम देवान विराटनगर ८ भदौ । बन्दको अवज्ञा गरेको भन्दै विराटनगर– २१ स्थित रामजानकी चौकमा वन्दकर्ताहरुले एउटा एम्बुलेन्सल तोडफोड गरेका छन् । जोगबनीबाट धरान तर्फ जाँदै गरेको को.१ज १८०४ नम्बरको एम्बुलेन्सलाई रोकेर विराटनगर– २१ का २६ वर्षीय गुड्डु आलमसहित ४–५ जनाको समूहले ढुंगामुढा गरी तोडफोड गरेको म. . .
विरमटनगर ८ भदौ । मोरङको रंगेलीस्थित जिल्ला अस्पतालमा राजनीतिक खिचातानीका कारण विकास समिति गठन नहुँदा अस्पतालको सेवा प्रभावित भएको छ । विकास समितिको म्याद गत फागुन महिनामा सकिए पनि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पाउने राजनीतिक दलबीच कसलाई अध्यष बनाउने विषयमा कुरा नमिल्दा अस्पतालको सेवा प्रभाव. . .