विराटनगर महानगरपालिका–१० मा हिजो मृत फेला परेका औषधि व्यवसायको हत्या भएको प्रहरीले बताएको छ । मृत फेला परेका ३३ वर्षीय देवीप्रसाद दुलालको उनको श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ । हत्यामा ३३ वर्षीया श्रीमती मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका –११ का २१ वर्षीय . . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती अनुसार आज बिहानै ९ जना संक्रमित थपिएका छन् । रौतहट, इशनाथ नगरपालिकामा ७ जना र माधबनारायण नगरपालिकामा १ करैयामा १ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा २१ वर्षिय २ जना, २३ वर्षिय १ जना, २५ वर्षिय २ जना , २८ वर्षिय १ जना, २९ वर्षिय १ जना, ३० व�. . .
विराटनगर महानगरपालिकामा कोभिड-१९ संक्रमण देखिएसँगै सोमबारबाट विराटनगरमा लकडाउन कठोर हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गले प्रेस विज्ञप्ती जारी गर्दै सोमबारबाट अत्यावशक औषधी पसल, पानी र दुध पसल बाहेकका सबै कृयाकलापहरु बन्द गर्न अनुरोध गरेको छ । आइतबार विराटनगर महानगरपालिकाका एक कर्मचारी �. . .
विराटनगर महानगरपालिकाको सफाई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज आइतबार संक्रमण देखिएको दुई जना मध्ये ३६ वर्षिय पुरुष महानगरको कर्मचारी भएको वडा नं १५ का वडाध्यक्ष असलम आलमले पुष्टि गरेका हुन् । उनले संक्रमित व्यक्तिलाई एम्बुलेन्समा राखेर कोशी कोरोना उपचार केन्द्र पठाइएको बताए । उनले भने '�. . .
सरकारले लकडाउनलाई थप १५ दिनको लागि निरन्तरता दिदैं जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । चैत्र ११ गतेदेखि देशभर लागु हुने गरी लकडाउन गरेको सरकारले पटक पटक यसको समय थप गरेको थियो । पछिल्लो पटक थपेको लकडाउनको समय जेठ ५ गते सकिनु अगावै जेठ २० गतेसम्मका लागि लकडाउन थपिएको हो । आइतबार बसेको मन�. . .
विराटनगरमा दुई जनामा र धनकुटामा एक जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिलाका साथै विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ । हाल सम�. . .
विराटनगरमा दुई जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिला पनि संक्रमण देखिएको प्रदेश एक को मुख्यमन्त्री कार्यालयले पुष्. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा न १० मधुमाराका एक औषधि व्यवसायी मृत भेटिएका छन् । सुनसरी घर भएका ३२ वर्षीय देवीप्रसाद दुलाल आईतबार विहान मृत अवस्थामा भेटिएका हुन । दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । सुतेकै ओछ्यानमा बेहोस अवस्था�. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड-१९ बाट दोश्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाँकेको नरैनापुर ५ का २५ वर्षिय पूरुषको मृत्यु भएको हो । उनी भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । उनमा ज्वरो र झाडापखाला जस्ता लक्षण देखिएको र आज ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताइएको छ । उनको. . .
लण्डनमा कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्�. . .
कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन् । क्वारेन्टाइनमा बस्दा खानपानको सम्पूर्ण व्यवस्था स्थानीय तहले मिलाएका थिए । क्वार�. . .
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए । �. . .