Admin_OB

विराटनगरमा हावाहुरी सहित असिना , मुसलधारे वर्षा हुदै

विराटनगर बैशाख ३० , विराटनगरमा अहिले मुसलधारे वर्षा जारी रहेको छ । हावाहुरी सहित साना असिना समेत वर्षा सुरु भएको हो । राति १२:१० बाट मुसलधारे पानी पर्न सुरु भएपछि वातावरण चिसिएको छ ।  . . .


पुर्वका महिलाको भारतबाट उद्धार : १५ महिलालाई परिवारको जिम्मा लगाइयो

भद्रपुर, वैशाख २९ गते । भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्य�. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण तिब्र : पुसबाट प्रतियोगिता गर्न सकिने गरी तयारी

चितवन, वैशाख २९ गते ।  रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्�. . .


सप्तरीमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

राजविराज, वैशाख २९ गते । सप्तरीको सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा आज एक जनाको मृत्यु भएको छ । कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स.१त. ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३२ �. . .


बिराटनगरको कोबास कलेजको प्रिन्सिपलमा पुनः सुनिल श्रेष्ठ नियुक्त

बिराटनगर बैशाख २९ , बिराटनगरको कलेज रोडमा रहेको कोबास कलेजको प्रिन्सिपलमा पुनः सुनिल श्रेष्ठ नियुक्त भएका छन् । कलेजको संचालक समितिको बैठकले पुन अर्को कार्यकालको लागि श्रेष्ठलाई जिम्मेवारी दिएको हो । श्रेष्ठको कार्यकालमा कलेजले राम्रो उपलब्धि हासिलगर्न सफल भएको थियो । कोबास कलेजमा +२ मा बिज्ञान ,. . .


मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

काठमाडौँ बैशाख २९ । मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अ�. . .


नेपाल बैंक दुहबी शाखाको वित्तीय सचेतनाको लागि घर दैलो अभियान

बिराटनगर बैशाख २९, नेपाल बैंक लिमिटेड दुहबी शाखाले वित्तीय सचेतनाको लागि घर दैलो अभियान  संचालनमा ल्याएको छ । बैंकले जनताको घर दैलोमा गएर "सम्बृद्धि वचत खाता" खोल्न स्थानीयलाई आवहान गरेको छ । मात्र १ सय रुपैयामा खोल्न सकिने उक्त खातामा ५.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले सुनसरी दुहबीको गाउँ गाउँमा गए�. . .


शंकास्पद बस्तु राखिएको फेसबुकमा सार्वजनिक गर्ने उर्लाबारीका पत्रकार किशोर श्रेष्ठ पक्राउ

उर्लाबारी २९ वैसाख । झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी. . .


विराटनगरमा वातावरणमैत्री तथा कम खर्चिलो इन्टरलक बल्क लोकप्रिय बन्दै

बिराटनगर बैशाख २९ , विराटनगरमा घर तथा भवन निर्माणका लागि इन्टरलक बल्क लोकप्रिय हुदै गएको छ । साधारण ईट्टा भन्दा सस्तो तथा वातावरणमैत्री भएको कारण धेरैको रोजाइमा इन्टरलक बल्क पर्ने गरेको छ । विराटनगर-१२ मा पनि उक्त बल्क उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । माता दुर्गा भवानी उद्योगले उक्त बल्क बनाउन. . .


अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, वैशाख २९ । अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस. . .


भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज छैटौं चरणको मतदान

नयाँ दिल्ली, वैशाख २९ । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज छैटौं चरणको मतदान भइरहेको छ । यो चरणमा विभिन्न ७ राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुने छ । तीमध्ये दिल्लीका सात वटा लोकसभा क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । भारतको राजधानीसमेत भएकाले दिल्लीको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ कर�. . .


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदै

हैदरावाद, वैशाख २९ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि दुई परिचित प्रतिद्वन्द्वी चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्नेछन् । हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल निकै रोचक हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा. . .