Admin_OB

विराटनगरमा सवारी दुर्घटनामा दुई घाइते

मोरङ, मंसिर ९ गते। मोरङको विराटनगर-६ स्थित मुनाल पथमा बुधबार को २१ प ५४५५ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्कुटर चालक विराटनगर-५ बस्ने शैलेश भट्टराई र पछाडी सवार सोही ठाउँका ३० बर्षिय केवल देवान रहेका छन्। घाइते दुवैजनाको विराटनर्सिङ होम बिराटनगरमा. . .


६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन

जिल्ला प्रहरी कार्यालयमा सञ्चालित ६ दिने अपराध अनुसन्धान घुम्ती प्रशिक्षण समापन भएको छ । गत बिहीबारबाट सञ्चालित तालिम समापन भएको हो । समापनका अवसरमा तालिममा सहभागी प्रहरीहरुलाई मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी जवान र हवल्दारहरुलाई लक्षित गरेर आयोजना. . .


नोबेल अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर

रोट्ररी क्लब विराटनगर सेन्ट्रलले विराटनगरको कोचाखलमा रहेको श्री प्राथमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । नोबेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विद्यालयका बालबालिकाका साथै स्थानीयहरुको पनि स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा नोबेल अस्पतालका फिजिस�. . .


सत्य साई बाबाको जन्मजयन्तिको अवसरमा विराटनगरमा शोभा यात्रा

बिराटनगर मङ्सिर ८ , सत्य साई बाबाको ९१ औं जन्मजयन्तिको अवसरमा विराटनगरमा शोभा यात्रा निकालिएको छ । सरौचियास्थित सत्य साई केन्द्रबाट निकालिएको शोभायात्रा धरानरोडबाट मेनरोडसहित नगरक्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै फेरी विराटनगर–७ स्थित सत्य साई केन्द्रमा पुगेर समापन गरिएको थियो । साईबाबा सम�. . .


मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने

सुनसरीको दुहवी–भलुवा नगरपालिकामा मङ्सिर ११ देखि १८ गतेसम्म मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । एलेभन एरोज क्लव दुहवीले मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा नेपालका चर्चित क्लवहरु त्रिभुवन आर्मी, चर्च ब्वाईज काठमाडांै, मनाङ मस्र्याङ्दी, मोरङ फुटबल �. . .


क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा ५२ जना खेलाडी छनोट

श्रीलंकामा हुन लागेको एसिसि अण्डर नाइन्टिन क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा ५२ जना खेलाडी छनोट गरिएको छ । सोही क्रममा अण्डर नाइन्टिनका प्रशिक्षक विनोद दासले पूर्वाञ्चलका लागि विराटनगरमा पनि खेलाडीहरुको प्रारम्भिक छनोट गराउनु भएको थियो । पूर्वाञ्चलबाट १ सय ५२ जना खेलाडीको सहभागिता रहेकोेम�. . .


विराटनगरको विकास निर्माणमा तीव्रता दिन ध्यानाकर्षण

बिराटनगर मङ्सिर ८ , नेपाली कांग्रेस नगर कार्यसमितिले विराटनगरको विकास निर्माणमा तीव्रता दिन उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस नगर सभापति भीम पराजुलीको नेतृत्वमा गएको टोलीले कार्यकारी अधिकृत दीपक कोइरालाई नगरक्षेत्रको विकास निर्माण र नगरभित्रका समस्या समेटिएको बुँदागत ध्य. . .


मोरङमा ११ जना कृषकहरुलाई धान काट्ने मेसिन प्रदान

बिराटनगर मङ्सिर ९ , जिल्ला कृषि विकास कार्यालय मोरङले यसपटक ११ जना कृषकहरुलाई धान काट्ने मेसिन प्रदान गरेको छ । कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत अनुदानमा कार्यालयले सो उपकरण प्रदान गरेको हो । कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत दुई सयभन्दा बढीले पावर टिलरका लागि आवेदन दिएको कार्यालयले जनाएको छ ।. . .


गजल -प्रिया एउटा – कविता केशरी

  प्रिया एउटा काम गरौ मन्दिर सामु उभिएर अाऊ न हरे राम गरौ मन्दिर सामु उभिएर । तिम्रो जीवन अमुल्य छ मेरो पनि अमुल्य हो अाऊ एउटै दाम गरौ मन्दिर सामु उभिएर। जात जम्मा दुईटा हुन्छ एक तिमी अर्को म हूँ यो सत्यलाई प्रणाम गरौ मन्दिर सामु उभिएर। दुख कष्ट महामारी अाउन सक्छ जीवनमा सबै नाका जाम गरौ मन्दिर सामु. . .


दमक पब्लिक लाइब्रेरीमा प्रस्तावना तथा रिपोट लेखन तालिम शुरु

नगेन्द्रमणि न्यौपाने दमक | दमक पब्लिक लाइब्रेरीले आजबाट युवा हरुलाई लक्षित गरि ७ दिने प्रस्तावना तथा रिपोट राइटिङ लेखन सम्बन्धिको तालिम शुरु गरेको छ । दमक नगर पालिकाको सहकार्यमा शुरु भएको उक्त तालिमको दमक नगर पालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले उद्धघाटन गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि �. . .


मोरङको डाइनियामा विद्युत चोरी गर्नेले कर्मचारीलाई कुटे

बिराटनगर मङ्सिर ९ , मोरङको रंगेलीमा खटिएका विद्युत प्राधिकरण रंगेलीका कर्मचारी कुटिएका छन् । हुकिङ नियन्त्रण गर्दै डाइनिया-९ मुस्लिम वस्तीमा पुगेका कर्मचारीलाई स्थानीयहरुले कुटेर लखेटेका थिए । उनिहरुको कुटाइबाट प्राधिकरणका इन्जिनियर अमरजीत चौधरी लगायतका कर्मचारी सामान्य घाइते भएका छन् । हुकिङ ग�. . .


लायन्सको एम्स कलेजमा रक्तदान कार्यक्रम

बिराटनगर मङ्सिर ९ , लायन्स क्लब अफ शुभम्को आयोजनामा बिराटनगरको एम्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी , प्राध्यापक तथा लायन्सका सदस्यहरुले रक्तदान गरेका थिए । बिराटनगरमा पछिल्लो केही दिन यता रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको सं�. . .