काठमाडौ, फागुन २८ गते । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले लमजुङ स्थायी घरभै काठमाडौं जडिबुटीको सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने गुरुङ प्रतिबन्धित विप्लव सम�. . .
नयाँ रेकर्ड कायम गर्दै आएको सुनको भाउ बुधबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाला सुन तोलाको ८२ हजार ३ सय कायम गरेको छ । मंगलबार तोलाको ८२ हजार ७ सयमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । �. . .
विराटनगर । होली पर्वका दिन उत्श्रृंखल गतिविधीमा संलग्न २९ र ट्राफिक नियम उल्लंघन गरेका ३ सय बढी सवारी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरमा हिजो मंगलबार होली पर्वको अवसरमा विभिन्न उत्श्रृंखल गतिविधीमा संलग्न भएका २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । त्य. . .
एजेन्सी । इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी खाँदा ३६ जनाको मृत्यु भएको छ । २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ भन्ने हल्लाका बीच खुजिस्तान प्रान्तको अभाज शहरमा यस्तो घटना भएको हो । रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ । य�. . .
विराटनगर । विराटनगर विमानस्थलमा कोरोना भाइरसको संक्रमण जाँच गर्न हेल्थ डेस्क रााखिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरले यात्रुहरुको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्कको स्थापना गरिएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरका प्रमुख भीम पराजुलीले संयुक�. . .
एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्। तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधा�. . .
चिप्लेढुङ्गा, फागुन २७ गते । निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकार�. . .
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको छ। भक्तपुरको लोकन्थलीमा निर्माणाधीन एक तल्ले घरमा बम विष्फोट भएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए। उनका अनुसार घरको पछाडि पट्टिको भागमा बम विष्फोट गराइएको छ। विष्फोटब�. . .
शिवकुमार काशी हेटौँडा, मकवानपुर । स्थानीय तहको गठनपछि जनप्रतिनिधि आएपछि वातावरणीय सुधारको क्षेत्रमा विभिन्न स्थानीय तहहरुमा काम भएको पाइएको छ । देशमै सरसफाइ युक्त सहरको परिचय बनाएको हेटौँडा उपमहानगरपालिकापछि मकवानपुरकै मनहरी गाउँपालिकाले सरसफाई अभियानमा नमूना कार्यक्रम प्रस्तुत गरेको छ । पश्�. . .
बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन�. . .
विश्वभरका विभिन्न मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको उपचारको विधि भने पत्ता लागिसकेको छैन । तर, लक्षणअनुसारको उपचार गरेर केही व्यक्तिहरुलाई भने सञ्चो भएको बताइएको छ । दुर्भाग्यवश कोरोना निको हुन्छ भन्ने विभिन्न स्वास्थ्य सुझावहरु आउने क्रम भने रोकिएको . . .
संखुवासभा । पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध रु ३० करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट ची�. . .