रोल्पा,१६ बैशाख। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङ कार्यक्रममा सहभागी थिए । रोल्पामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन लिवाङ पुग. . .
विराटनगर, १६ बैशाख । पछिल्लो समय प्रदेश १ सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ । प्रदेश सभा बैठकमा बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको सुनाईन् । बेलका नगरपालिका र बराह नगरपालिकामा सिमाना कायम गर्न विवाद रहेको थापाले बताईन । उनका अनुसार बेलका र सप्त�. . .
काठमाडौँ , १६ बैशाख । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्ण�. . .
विराटनगर, १६ बैशाख । नयाँ शक्ति बिद्यार्थी युनियनको महेन्द्र मोरङ क्याम्पस ईकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तरुण बिक्रम खवासको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वाचित गरेको छ । नयाँ शक्ति बिद्यार्थी युनियनले बिद्यार्थीहरुलाई संगठित गर्नको लागि सम्मेलनको आयोजना गरेको हो । सम्मेलनलाई सम्बो�. . .
पर्सा, १६ बैशाख । विवरण ढाटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । २०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८/४८ नम्बरको नागरिकता लिएका सदामा साह तेलीलाई प्रशासनले पक्र�. . .
एजेन्सी । इन्डोनेसियामा ओभरटाइम काम गर्दा २७२ जना कर्मचारीको मृत्यु भएको छ । अन्य १८ सय ७८ कर्मचारी थला परेका छन् । ती सबै निर्वाचन कर्मचारी हुन् । अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार इन्डोनेसियामा अहिले हातबाटै मतपत्रको गणना भइरहेको छ । निर्वाचन आयोगका . . .
अछाम, १६ बैशाख । श्रीमतीलाई घाटी थिचेर मार्ने कोशिस गरेको कसुरमा प्रहरीले विप्लव निकट नेकपाका युवा संगठनका जिल्ला अध्यक्ष पूर्णबहादुर भण्डारीलाई पक्राउ गरेको छ । उनी सो पार्टीका अछाम जिल्ला कमिटी सदस्य हुन् । मंगलसेन नगरपालिका, ११ खिमडा निवासी भण्डारीकी श्रीमती लक्ष्मी कुमारी खड्का (भण्डारी)ले गत २. . .
विराटनगर, १६ बैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिकामा मृत्यु भएकी २९ वर्षिया रिना बस्नेतको ९ दिनपछि दाहसंस्कार गरिएको छ। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउदै सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतराघाटमा आइतबार शवको अन्त्येष्टी गरेका हुन्। स्थानीय वीरबहादुर बस्न�. . .
विराटनगर, १६ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन् । यातवले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काङ्ग्रेस र नेकपाले बाध्य भएर मात्र सङ्घीयता स्वीकार गरेको आराेप लगाए । . . .
साेलुखुम्बु, १६ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिएका छन् । सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा ४ वटा शव भेटेको हो । सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी प्राप्त भएको संस्. . .
विराटनगर,१५ वैशाख । विराटनगर महानगरपालिका रानीमा रहेको युथ युनिटी अफ नेपालले सरसफाई अभियान शुरु गरेको छ । आफ्नो गाँउ–छरछिमेक आफै सफा गराैँ भन्ने मुल नाराका साथ युथयुनिटीले सरसफाई शुरु गरेको हो । विराटनगर महानगरपालिका १७ स्टार चाेकदेखि भन्सार कार्यालयसम्म तथा भित्री सडक गल्लीहरुमा सरसफाइ गरिएको स. . .
विराटनगर, १५ वैशाख । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिले विराटनगरको जागृति महिला बृद्धाआश्रमका वृद्धाआमाहरुलाई फलफुल तथा भोजन गराएका छन् । मातातीर्थ औँसीको अवसरमा आश्रममा रहेका एक दर्जन वृद्धा आमाहरुको फलफुल तथा भोजन गराउँदै केक काटेर समेत खुवाएका थिए । मातातीर्थ औसीको अवसर पारे. . .