Bivek_OB

कपडा किन्न बजार गएकी १६ वर्षीया बालिका एक हप्तादेखि सम्पर्कविहीन

सप्तरी, १२ बैशाख। सप्तरीको रुपनी गाउँपालिकाकी १६ वर्षीया बालिका गएको एक हप्तादेखि सम्पर्कविहीन छिन् । स्थानीय विष्णुदेव सरदारकी छोरी आरती कुमारी सरदार गएको चैत्र ३० गते देखि सम्पर्कमा आएकी छैनन् । उनका आफन्तजनले प्रहरी र नातेदारको सहयाेगमा  खाेजी गरिरहेका छन् । खोज्ने ठाँउ सबै चाहार्दा पनि कतै भे. . .


विवाहको पण्डाल वनाउँदा बिजुलीको करेन्ट लागेका एक युवक गम्भीर

झापा, १२ बैशाख । विवाहको पण्डाल वनाउने क्रममा बिजुलीको करेन्ट लागेर भद्रपुरमा एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भद्रपुर ५ मेची किनारका १८ बर्षीय राजु साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधवार भद्रपुर ५ स्थित बधशाला अगाडी विवाहको पण्डालमा बिजुली जडान गर्ने क्रममा साहलाई करे�. . .


उर्लाबारीको कार्यपालिका बैठक निर्णय विहिन, दुई करोड ५० लाख फ्रिज हुने खतरा

विराटनगर, १२ बैशाख । उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक दुई दिनदेखि निर्णय विहिन भएको छ । विकास निमार्णको काम गर्न उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा कार्यापालिकामा एक मत हुन नसक्दा बैठकले निश्कर्ष निकाल्न नसकेकाे हाे । म‌ङ्गलवार र बुधवार   दुई दिन बैठक बसेको थियो । उपभोक्ता समितिमा कार्यापाल�. . .


हम्मरले टाउकोमा प्रहार, पुत्रहत्याकाे आरोपमा बाबु पक्राउ

दाेलखा, ११ बैशाख ।  छोराको हत्या गरेको आरोपमा दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवाका चूडाबहादुर रेग्मी पक्राउ परेका छन् । रेग्मीले आफ्नो २२ वर्षीय बोल्न नसक्ने छोरा वेदबहादुर रेग्मीलाई जताततै फोहोर (दिशापिसाब) गरेको रिसमा हम्मर प्रहार गरी हत्या गरेको खुलेको दोलखाका प्रहरी नायब उपरीक्षक वासु. . .


विराटनगरमा मानसिक स्वास्थ्य बारेमा छलफल, मानसिक समस्याको उपचार समुदायमै संभव

विराटनगर, ११ बैशाख । मानसिक स्वास्थ्य समस्या सामुदायिक स्वास्थ्यबाट नै सम्भव रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । टिपिओ नेपालले बिराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रसस्तै उपचारको संभावना हुँदाहुँदै पनि उपचार नभएको बताएका हुन् । सरोकारवाला निकायका निती निर्माताहरुले नै सामान्य उपचार नपा. . .


नेकपा संसदीय दलको बैठक : बैशाख २२ गते भित्र प्रदेशले नाम र स्थायी राजधानी पाउने

विराटनगर, ११ बैशाख । नेकपा संसदीय दलको बैठक केहीबेर अघि सकिएको छ । प्रदेश १ सभा सचिवालयको हलमा भएको बैठकमा नेकपाका सांसदहरुले सरकारको कडा आलोचना गरेका छन् । दिनभरी बसेको बैठकले ३ वटा बिषयमा छलफल गरेको हो । बैठकको निर्णय बारे जानकारी दिँदै नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दलको बैठकमा बृह�. . .


घुस लिँदै गरेको अवस्थामा इलामबाट दुई जना कर्मचारी पक्राऊ

इलाम, ११ बैशाख । घुस लिँदै गरेको अवस्थामा इलामबाट दुई जना कर्मचारी बुधबार पक्राऊ परेका छन् । ६ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई पक्राऊ गरिएको हो । उनीहरुलाई राहदानीको प्रतिलिपि निकाल्ने क्रममा घुस लिँदै गरेक. . .


प्रदेश-१ मा प्राज्ञिक संस्था गठन गर्न सुझाव, ४६ बुँदे सिफारिस

विराटनगर, ११ बैशाख ।  प्रदेश एकको सामाजिक विकास मन्त्रालयद्वारा गठित भाषा, साहित्य कला तथा संस्कृतिक सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ। कार्यदलले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन पेस गर्दै प्राज्ञिक संस्था गठन गर्न सुझाव दिएको छ। सो क्रममा समाजिक विकास मन्त्री जीवन. . .


विराटनगरको केशलियामा अबैध उत्खनन् : ट्याक्टरहरुको भागाभाग(भिडियाे रिपाेर्ट)

विराटनगर, ११ बैशाख ।  विराटनगर महानगरपालिकाको वडा नम्बर ४ ईक्राईमा रहेको केशलिया खोलामा अबैध उत्खनन् भएको समाचार आएपछि भोलीपल्ट मंगलवार ट्याक्टरको भागाभाग भएको छ । उत्खनन्का कारण सिँगिया खोलाको पुल जोखिममा परेको भन्दै स्थनीयले त्यसको आवाज पटक पटक उठाउँदै आएपनि ठेकेदारको नाममा धम्की दिने र थर्काउ�. . .


१२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश

काठमाडौं, ११ बैशाख । १२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो । पहिलाे भूकम्प धादिङको नैबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको  गएको राष्ट्रिय . . .


राजधानीमा विहानै भूकम्पको कडा धक्का महसुश

काठमाडौं, ११ बैशाख । राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।  २०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा भूकम्पको धक्का आउँदा राजधानीबासी त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै . . .


विष्णुकाे १४ वर्षमा बिहे, २४ मा सम्बन्धविच्छेद !

जाजरकोट, ११ बैशाख ।‍ नलगाड नगरपालिका–६ सिर्केकी विष्णु सिंह स्थानीय एक विद्यालयमा ९ कक्षामा पढ्दै थिइन्। त्यहीबेला नलगाड–८ का सुनिल सिंहसँग भेट भयो। चिनजान हुँदै जाँदा मायापिरती नै झाँगियो। केही समयको अन्तरालमै दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै लगनगाँठो कसे। यो १० वर्षअघिको कुरा हो, जतिबेल�. . .