Bivek_OB

सरकारले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने

विराटनगर, २९ माघ । सरकारले यही फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पत्रकार सम्मेलन गरी यही फागुन १ गते बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गर. . .


मुख्यमन्त्रीदेखि पालिका प्रमुखसम्मलाई किराँत राई यायोख्खाले गर्यो सम्मान

विराटनगर, २९ माघ । किरात राई यायोख्खा मोरङले प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईसहित राई जातिका प्रदेश सांसद र पालिका प्रमुखलाई सम्मान गरेको छ । मोरङको पथरीशनिश्चरेमा यायोख्खाको छैठौं जिल्ला अधिवेशनका अवसरमा मुख्यमन्त्री राईसहितलाई जातिय साँस्कृतिक पहिचान प्रवद्र्धन सहितको समानतापूर्वकको. . .


ईटहरीमा निशुल्क पढाउने शिक्षकबाँडे शैक्षिक सामाग्री

ईटहरी, २९ माघ । इटहरीको टेगां खोला किनाराको खुल्ला ठाउँमा विद्यार्थीहरुलाई निःशुल्क पढाउँदै आएका चन्द्र भण्डारीले पढाउने पिपलबोट खुल्ला विद्यालयको नामले चिनिने २५ वर्ष पुगेको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शिक्षित बनाउने उ. . .


विराट फुटवेयर एक्सपोमा तीनसातामा एक करोड बढीको कारोवार

विराटनगर, २९ माघ । विराटनगरमा जारी विराट फुटवेयर एक्स्पोमा तीनसातामा १ करोड रुपैया बराबरको जुत्ताचप्पल विक्री भएको छ । विराटनगरको मेनरोडमा गएको ९ गतेबाट शुरु भएको १ महिने जुत्ताचप्पल मेलामा २० दिनमा १ करोड मूल्य बराबरको जुत्ताचप्पल विक्री भएको मेला आयोजक समितिले जनाएको छ । मेला संयोजक होमनाथ उपाध�. . .


मुख्यमन्त्रीले राईले भने ‘हरित अग्र्यानिक प्रदेश बनाउने अवधारणा तयार हुँदैछ’

विराटनगर, २९ माघ । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले कृषि, पर्यावरण सहितको व्यवस्थापन गर्दै हरित अग्र्यानिक प्रदेश बनाउने अवधारणा तयार हुँदै गएको बताएका छन् । मोरङको पथरीशनिश्चरे २ स्थित उचित जैविक उद्योगको उद्घाटनका क्रममा मुख्यमन्त्री राईले अबको ३ महिनाभित्र हरित अभियानको अवधारणा तथा �. . .


बुढासुब्बा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस सेमिफाईनलमा

धरान, २९ माघ । धरानमा जारी २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १६ प्रादेशिक रंगशालामा भएको दोस्रो दिनको प्रतियोगतामा पुलिसले सहारा क्लब पोखरालाई सडेन डेथमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अत्यन्तै प्रतिष्पर्धात. . .


वेलवारीमा शिक्षक संघको प्रशिक्षण, पार्टी र संघबिचमा समन्वय हुनुपर्नेमा जोड

वेलवारी, २८ माघ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नेपाल शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको छ । मोरङको ३ नम्बर क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका नेपाल शिक्षक संघका स्थानीय समितिहरुले संयुक्त रुपमा �. . .


बीपी प्रतिष्ठान गेट बाहिर नेपाली सेनाको शव

धरान, २८ माघ। नेपाली सेनामा कार्यरत एक युवाको शव धरान–१८ स्थित बीपी प्रतिष्ठान पश्चिम गेट बाहिर फेला परेको छ । धरान–१७ घर भएका २४ बर्षीया कुमार परियारको शव बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । डिएसपी तिम्सिनाका अनुसार हिजो मात्र जागिर�. . .


विराटनगरको न्यूरोमा एक दिने अर्थोपेडिक कार्यशाला हुने

विराटनगर, २९ माघ । अर्थोपेडिक(हाडजोर्नी)का चिकित्सक एवं बिशेषज्ञहरुकोे“ २४ औं राष्ट्रिय सम्मेलन अर्थोकोन २०१९ पहिलो पटक विराटनगरमा हुने भएको छ । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर नविनकुमार कर्णले यही फाल्गुन २ र ३ गते २४ औं अर्थोकोन २०१९ �. . .


विराटनगरको गुरुकुलमा रुवाबासी, सांसददेखि कलाकारसम्म रोए

प्रेम देवान । विराटनगर, २८ माघ । पछिल्लो समय मान्छेको मन कठोर भईसकेका छन् । सामान्य कुरालाई वास्तै गर्दैनन् । साह्रै सहनै नसक्ने पिडा बाहेक धेरैले कमै मात्रामा आँसु खसाल्छन् । तर, विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा एकाएक रुवाबासी देखियो । कारण थियो मञ्चन हुँदै गरेको नाटक मुनामदन । आरोह�. . .


अनुमति नलिई घर बनाए अब प्रदेश सरकारले रोक्ने, कानुन प्रदेश सभामा पेश

विराटनगर, २८ माघ । प्रदेश सरकारले जोखिमयुक्त ठाउँमा घर बनाउनेलाई रोक्ने कानुन सदनमा दर्ता गराएको छ । प्रदेश सभाको तेश्रो अधिबेशनको चौथो बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश भवन सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५ प्रदेश सभामा पेश गरेका हुन् । सोमबार �. . .


विराटनगरकाे छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ४  पक्राउ

विराटनगर,२८ माघ ।  विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले  लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१० सन्सारी माईस्थानबाट प्रहरीले लागूऔषध सहित २ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सप्तरी हन. . .