Bivek_OB

विराटनगरको न्यूरोमा एक दिने अर्थोपेडिक कार्यशाला हुने

विराटनगर, २९ माघ । अर्थोपेडिक(हाडजोर्नी)का चिकित्सक एवं बिशेषज्ञहरुकोे“ २४ औं राष्ट्रिय सम्मेलन अर्थोकोन २०१९ पहिलो पटक विराटनगरमा हुने भएको छ । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर नविनकुमार कर्णले यही फाल्गुन २ र ३ गते २४ औं अर्थोकोन २०१९ �. . .


विराटनगरको गुरुकुलमा रुवाबासी, सांसददेखि कलाकारसम्म रोए

प्रेम देवान । विराटनगर, २८ माघ । पछिल्लो समय मान्छेको मन कठोर भईसकेका छन् । सामान्य कुरालाई वास्तै गर्दैनन् । साह्रै सहनै नसक्ने पिडा बाहेक धेरैले कमै मात्रामा आँसु खसाल्छन् । तर, विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा एकाएक रुवाबासी देखियो । कारण थियो मञ्चन हुँदै गरेको नाटक मुनामदन । आरोह�. . .


अनुमति नलिई घर बनाए अब प्रदेश सरकारले रोक्ने, कानुन प्रदेश सभामा पेश

विराटनगर, २८ माघ । प्रदेश सरकारले जोखिमयुक्त ठाउँमा घर बनाउनेलाई रोक्ने कानुन सदनमा दर्ता गराएको छ । प्रदेश सभाको तेश्रो अधिबेशनको चौथो बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश भवन सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५ प्रदेश सभामा पेश गरेका हुन् । सोमबार �. . .


विराटनगरकाे छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ४  पक्राउ

विराटनगर,२८ माघ ।  विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले  लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१० सन्सारी माईस्थानबाट प्रहरीले लागूऔषध सहित २ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सप्तरी हन. . .


बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा हतियार प्रहार, पाहुना सहित तीनजना घाईते

ताप्लेजुङ, २८ माघ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गएराती आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हुँदा साेही स्थानका बर्ष २२ को बिश्व से. . .


जवरजस्ती करणी गरेकाे आराेपमा लेटाङबाट एकजना पक्राउ

विराटनगर, २८ माघ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवाबाट प्रहरीले आइतवार साँझ जवरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले करणीको आरोपमा सोही स्थान बस्ने वर्ष ४१ को राजन कार्कीलाई  पक्राउ गरेको हो । कार्कीले गते माघ २५ गते १५ बर्षीया बालिकालाई जव�. . .


बलिउड अभिनेता महेश आनन्द मृत भेटिए

एजेन्सी, २८ माघ । सन् १९८० र १९९० को दशकमा हिन्दी चलचित्रहरुमा खलनायकको भूमिका निभाउने महेश आनन्द मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका छन् । महेश आनन्द अंधेरी उपनगरमा रहेको उनकै घरमा मृत भेटिएका थिए । प्रहरीका अनुसार अभिनेता आनन्दको मृत्यु दुई दिन पहिले भएको अनुमान गरिएको छ । प्रहरीका एक अधिकारीले ब. . .


मुख्यमन्त्रीकाे माेह : निजी शोरुम उद्घाटन गर्न हेलिकप्टर , चिढिए कार्यकर्ता

ओखलढुंगा, २८ माघ ।  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगा पुगेका छन्  । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटा. . .


एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता

काठमाडौं, २८ माघ । मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्र. . .


मेयरको निजी नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते

भोजपुर, २८ माघ । भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको निजी नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते भएका छन्। स्कुलमा सरस्वती पुजा गरेर फर्कदैँ गरेका ११ वर्षीय सूर्य राई गम्भीर घाइते भएका हुन्। अरुण गाउँपालिका ३, प्याउली घर भएका २४ वर्षीय  गोकुल भुजेलले चलाइरहेको मेयरको २९ प ३३५४ नम्बरक�. . .


विराटनगरमा टिप्पर आतंक, स्थानीय भन्छन् ‘राती आठ बजेपछि मात्र चलाउ’

विराटनगर, २७ माघ । विराटनगरमा आज विहान ट्रिपरको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । विराटनगरको बरगाछीचोकमा ट्रिपरले ठक्करदिंदा कटहरी गांउपालिका २ का ५० बर्षिय लगनलाल राजवंशीको मृत्यु भएको हो । बरगाछीचोकमा पश्चिमबाट दक्षिणतर्फ मोडिन लागेका राजवंशीलाई चोकको पूर्वबाट दक्षिणतर्फ जान लागेक. . .


विराटनगरको भोलेबाबा ट्रेडर्समा राजश्व अनुसन्धानको छापा

विराटनगर, २७ माघ । विराटनगर–५ स्थित भोलेबाबा ट्रेडर्समा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । भोला गुटकाको सुपर स्टकिस्टका रुपमा रहेको सो ट्रेडर्समा आज साँझ राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले छापा मारेको हो । राजस्व अनुसन्धानको इटहरी कार्यालय प्रमुख बेदराज फुयालको नेतृत्वको टो. . .