धरान, २५ जेठ । प्रदेश नम्बर एकको पर्यटन प्रवर्द्धनका लागि विनियोजित ५० लाख रुपैयाँ बजेट मदिरा पार्टीमा स्वाहा पारिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि धरानमा सुरु तीनदिने ‘इस्ट टुरिजम मार्ट २०१८’ का लागि छुट्याइएको ५० लाख बजेट सहभागीहरूलाई मदिरा पिलाएर सकिएको हो । ‘इस्ट टुरिजम मार्ट �. . .
विराटनगर, २५ जेठ । प्रदेशसभा सांसदको आचरण अनुगमन समिति निर्माण भएको छ । १ नम्बर प्रदेशसभाको प्रदेशसभा संचालन नियमावलीको नियम १८० बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय समिति निर्माण भएको हो । नियमावली अनुसार प्रदेशसभाका सभामुख प्रमुख, उपसभामुख उपप्रमुख, अन्य सांसदहरु ५ जना र प्रदे�. . .
विराटनगर,२५ जेठ । रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बहुप्रतिभाशाली बेल्जियम तेस्रो, रोनाल्डोको यूरोपेली च्याम्पियन पोर्चुगल चौथो स्थानमा छन् ।त्यसैगरी पाँचौंमा मेस्सीको अर्जेन्टिना, छैटौंमा शाकीरीको स्विट्जरल्याण्. . .
२५ जेठ । अफगानिस्तान सरकारले तालिबान विद्रोहीसँग युद्धविराम गर्ने तर अन्य समूहसँगको लडाइँ जारी राख्ने घोषणा गरेको छ । राष्ट्रपति अशरफ गनीले एक साता लामो युद्धविराम इदको पर्वसँग पर्ने गरी गरिएको बताउनु भएको छ । तर तालिबान समूहले भने कुनै प्रतिक्रिया दिइसकेको छैन । गत साता उनीहरूले अफगान अधिकारीहरूस�. . .
विराटनगर, २४ जेठ । सुनसरीको कोशी गाउँपालिकामा डुबेर एक युवकको ज्यान गएको छ। कोशी गाउँपालिका ३ बस्ने २२ वर्षीय सञ्जय यादवको कोशी गाउँपालिका ५ कोशी कटान क्षेत्रको नहरमा पौडी खेल्नेक्रममा दिउँसो डुबेर ज्यान गएको हो। बिहिबार दिउँसो साथी भरत पराजुली, विक्की गोश्वानीसँगै पौडी खेल्ने क्रममा डुबेर घाइते भ�. . .
विराटनगर, २४ जेठ । मोरङको निमुवाबाट बिहिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट सुनसरी धरान–८ बस्ने प्रेमप्रसाद भट्टराई, धरान ७को विशाल श्रेष्ठ र ईटहरी १४ का अनिल सरदारलाई लागु औषधसहित पक्राउ गरेको हो । . . .
विराटनगर, २४ जेठ । विराटनगरमा भइरहेका विकास निर्माणका कार्यहरुको भिडियो ड्रोन क्यामेरामा कैद गरिने भएको छ । विकास हुनुभन्दा अगाडी,शुरु भए पछि र सम्पन्न हुदासम्मको भिडियो कैद गरिने छ । यसको शुभारम्भ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जतुवा स्थित ट्रिटमेन्ट प्लान्टवाट गरे । उनले विराटनगरको �. . .
इटहरी,२४ जेठ । व्यक्ति कुटपिट तथा जग्गा विवादमा पक्राउ परेका तरहराका सिजन गुरूङलाइ प्रहरीले पुनः म्याद गरेर अनुसन्धान अघि बढाएकाे छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा तरूण दल सुनसरी सभापतीसमेत रहेका गुरूङलाइ जेठ ११ गते प्रहरीले पक्राउ गरेकाे थियाे । यस अघि उनलाइ दुइ पटक म्याद थपिसकेकाे छ । इलाका. . .
प्रेम देवान, विराटनगर २४ जेठ । विराटनगर महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा खानेपानीको अभाव भएको पाईएको छ । उनीहरु शुद्ध पिउने पानीबाट बञ्चित छन् । किताब कपि त परै जाओस राम्रोसँग पढ्ने समेत वातावरण नभएको पाईएको छ । विराटनगर १ परोपकार घाट नजिकै रहेको सयपत्री परोपकार प्राथमिक विद्यालयको अबस. . .
काठमाडौं, २४ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ । निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको हो । . . .
म्याग्दी, २४ जेठ । म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् । डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिनुभयो । बिहान अबेरसम्म घरमै भ�. . .
सुनसरी, २४ जेठ । सुनसरीको ईटहरीबाट लागुऔषध खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ८ का सुर्यमणी राउतको घरमा डेरा गरी बसेका तेजनारायण चौधरीको कोठाबाट लागुऔषध खरिद बिक्रि भई रहेको अवस्थामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध बेच्ने चौधरीसहित खरिद गर्ने ईटहर�. . .