Bivek_OB

टाउको नभएको बच्चाको शव फेला

मेची अञ्चल अस्पताल भद्रपुरको पूर्वतर्फ रहेको काँस घारीमा एक बच्चा मृत अवस्थामा फेला परेको छ । वडा प्रहरी कार्यालय भद्रपुरका अनुसार टाउको बिनाको सो बच्चाको शवलाई कुकुरले घिसार्दै गरेको अवस्थमा फेला परेको हो । अवैध शारीरिक सम्बन्धबाट जन्मिएको बच्चालाई कुनै महिलाले फालेर गएको हुनसक्ने आशङ्कामा ती म�. . .


आजबाट सातामा ७५ घन्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले आजबाट लोडसेडिङ बढाएको छ । प्राधिकरणले हाल सातामा ७० घन्टा हुँदै आएको लोडसेडिङ ५ घन्टा बढाएर ७५ पु‍¥याएको हो । माग बढेको र मध्य मर्याङ्दी जलविद्युत केन्द्र ममर्तका लागि पूर्ण रुपमा बन्द गर्नु पर्ने भएकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणका अनु�. . .


रौतहटको धन्सर पुल नजिकै मोटरसाइलक दुर्घटना

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धन्सर पुल नजिकै मोटरसाइलक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । गएराती ज ३ प २९० नम्वरको मोटरसाइकल पल्टिँदा महोत्तरी माइस्थान गाबिस ३ का २७ बर्षिय नर बहादुर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । राजमार्गमा कुनै गाडीले मोटरसाइकल लाई ठक्कर दिएपछि दुर्घटना भए�. . .


पेट्रोलियम पदार्थको भाउ फेरि घट्यो

पेट्रोलियम पदार्थको भाउ फेरि घटेको छ । नेपाल आयल निगमले आज बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २ –२ रुपैया घटाएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मुल्य आज १० बजेदेखि नै लागु भएको छ । अब पेट्रोल लिटरको १ सय ११ रुपैँया ५० पैसा पर्नेछ भने डिजेल र मट्टितेललाई . . .


राप्रपा नेपाल संविधानसभा भवन घेराउ गर्दै

राप्रपा नेपालले आज संविधानसभा भवन घेराउ गर्दैछ । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको जनमत संग्रह गर्नु पर्ने माग राख्दै राप्रपा नेपालले आन्दोलन थाल्न लागेको हो । सहमति र दुई तिहाइबाट संविधान जारी गर्ने विकल्प असफल भइसकेको भन्दै उसले जनमत संग्रहको माग गरेको छ । मध्यान्ह १२ बजे बबरमहलमा भेला भइ जुलुश. . .


आगो ताप्नेक्रममा जलेर एक वृद्धाको मृत्यु

रौतहटको गौरमा आगो ताप्नेक्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । सदरमुकाम गौर ४ मा जलेर ७५ वर्षकी वृद्धा चन्द्रकला देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति घर भित्रै आगो ताप्दै गरेकी उनको लुगामा अचानक आगो सल्किएपछि जलेर मृत्यु भएको हो । मृतक वृद्धाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा रा�. . .


म अनि मेरो कथा

२०७४ साल, मेरो निकै पर्खाइ मा रहेको साल | साथीभाई संग गरेको वाचा सम्झेको छु राम्ररी | अनि याद आइरहेको छ बितेका ति पलहरु | सिरानी मुनिको गुच्चा टिपेर टल्केको सिंगानको शृंगारले कचेरा मिच्दै खोपी र हेडीङ्गको बिचमा गुच्चा गुड़ाउनु मेरो दिनचर्या थियो | भोकले थाहा हुन्थ्यो घाम टाउको माथि पुगिसकेको | खोइ किन हो, भा. . .


विराटनगरमा दुइदिने सूचनाको हक सम्बन्धी तालिम शुरु

सोडेक नेपालको आयोजनामा आजदेखि विराटनगरमा दुइदिने सूचनाको हक सम्बन्धी तालिम शुरु भएको छ । तालिममा पूर्वाञ्चलका कृयाशिल २५ जना पत्रकारहरुको सहभागीता रहेको छ । अष्ट्रेलियन एडको सहयोगमा भएको तालिममा सूचनाको हकका बिषयमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ । तालिमलाई संचारविद् लक्ष्मणदत्त पन्त र �. . .


जुनियर जेसीजको अध्यक्षमा पंकज सापकोटा निर्विरोध

विराटनगर जुनियर जेसीजको वर्ष २०१५ को अध्यक्षमा पंकज सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यकारणी उपाध्यक्षमा अभिनाश थापा र चन्दन कर्ण, तालिम निर्देशकमा सनम घिमिरे चयन हुनुभएको छ । कानुनी सल्लाहकारमा सुजन कोईराला, महासचिवमा दीपा ओडारी चयन हुनुभएको छ । उपाध्यक्षहरुमा लक्ष्मी थापा, मिलाप कर्ण �. . .


गजलकार तारानाथ पोखरेलको सितारा गजलसंग्रह सार्वजनिक

गजलकार तारानाथ पोखरेलको सितारा गजलसंग्रह आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । वाणी प्रकाशनले गरेको कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले सितारा विमोचन गर्नुभएको हो । ७५ वर्षीय पोखरेलको पहिलो कृतिमा विभिन्न विषयवस्तुमा लेखिएका ६० वटा गजल सङ्ग्रहीत छन् । कार्यक्रममा साहित्यकार प्राज्�. . .


दश केजी चाँदी सहित मोरङमा एक व्यक्ति पक्राउ

दश केजी चाँदी सहित मोरङमा एक व्यक्ति पक्राउ परेका छन् । विहान विराटनगर उपमहानगरपालिका– २१ का ३५ बर्षिय मुन्ना शर्मालाई प्रहरीले चादी सहित जतुवाको नहर छेउबाट पक्राउ गरेको हो । साइकलमा भारत तर्फ लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कपडाको पटुका बाँधेर त्यसमा लुकाई लैजादै भारतीय सीमाव. . .


खोटाङ, सिरहा र मोरङमा आगलागिका घटनामा मानवीय सहित लाखौंको धनमाल क्षती

खोटाङ, सिरहा र मोरङमा भएका आगलागिका घटनामा मानवीय क्षति सहित लाखौंको धनमाल क्षती भएको छ । खोटाङको फेदि स्थित एक घरमा आगलागी हुदाँ एक युवतिको जलेर मृत्यु भएको छ । फेदी– ४ स्थित सुदिप राईको चित्राको छानो भएको एक तल्ले घरमा गएराती आगलागि हुँदा राईकी श्रीमती २५ वर्षिया शुष्मा राईको घट्नास्थलमै मृत्यु भएक�. . .