साहित्य संसार

प्रेम किन गरिनु पर्छ?

उ अल्छी भयो

भ्रष्टचार र हामी

रमिता

भन्दै नभन्दा पनि हानी हुने ख्यालै नगर्दा पनि झन् नहुने । के यो अवस्था हुन हो यहाँको यो खुल्दुली नै छ जहाँ तहाको ।। ठूला सबैका सुविचार धेरै यी नासिदैछन् पुतली बनेरै । चिन्ता र पीडा रति नै नभाको देख्ने छ बानी सपना यिनैको ।। प्राणी अनेकौ हुल चै छ ऊ यो राष्ट्र नै ता हुनि भो नि धुलो। खाली विषै सर्प सरी रहिग. . .


युरोपको यात्रा

-निर्मला देवि तिम्सिना झस्किएको सपना र चस्किएको मुटु बोकेर रमाउँदै रहरले सायदै कोही विदेसिदैन होला ! ओछ्यान पर्दै गरेका बा - आमाको सेवा गर्नु जीउँदा भगवानको सेवा गर्नु थियो ! काख भरिका बच्चालाई ममता दिनु आफैं भगवान हुनु जस्तै थियो। पति सेवा पनि कुनै मन्दिर धाए भन्दा कम थिएन तर जहाँ अकिञ्चन हुन्छ त्यहाँ . . .


अपराध

कहिले क्षितिजले हसाउँछ कहिले तेहि क्षितिज हेरेर मनको कुना रसाउँछ सबै समय थोक रहेछ तेहि बाटोले हसाउँछ कहिले तेहि बाटोले रुवाउँछ सायद मनको मौसम अनुरुप यो जिन्दगी चल्छ भेटिएर छुट्नुको पीडा पहिलै थाहा भए नभेटिनु नै उचित हुन्थ्यो भेटिए पछि नै त छुट्नु जो निश्चित हुन्छ यहाँ अपराध कसैको हत्याल�. . .


मलाई जानुपर्ने भयो

-नवीन अभिलाषी मलाई जानुपर्ने भयो, अचानक । यहाँसम्म सँगै आउँदा ठेस लागेका घाउहरु सम्हाल्दै फर्किनुपर्ने भयो अचानक उहि बाटो । मलाई जानुपर्ने भयो । नदिले खनेको बगरै बगर भएर, समाएर हुरीको कान्छी औँला, चट्याङ्ग परिरहेको यो कालो मध्यरात मलाई एक्लै एक्लै फर्किनुपर्ने भयो । म त रुन्छु भनेको थिए यतै आफ्न�. . .


गजल

-अच्युत आचार्य हुने नहुने यहाँ जसले जे गर्दा नि हुने बनाउने पापी यिनै हुन् नेपाल आमा रूने ।।१।। कानुनको 'का' झिके यहाँ सुप्रिमहरूले । देखावटी नुनको सोझो गर्नेलाई चुने।। चाहिदैन यहाँ भद्र र नम्र कुशल कसैलाई। आफैँ धामी बोक्सी बन्ने कामचोर भए त हुने ।।३।। नाघेर रेखा मकरमा होम्दै कैलाशमा शनि चढेको छले. . .


खण्डित भारतको अखण्ड नक्सा !!!

-सुरज दाहाल भारतले भरखरै (मे २८) मा नयाँ उद्घाटन गरेको संसद भवनमा अखण्ड भारत भन्दै प्राचीन भारत दाबी गरिएको नक्साको भित्तिचित्र राख्यो। भित्तिचित्रले अफगानिस्तानका केही भागहरू र सम्पूर्ण पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र म्यानमार सहित दक्षिण एसियाको धेरै भूभाग देखाउँछ। यो नक्सालाई भारतको क्ष�. . .


‘बा’ हुनुको अर्थ

-मीनकुमार नवोदित जुन दिन छोराले ढाडमा चढेर ‘हट घोंडा हट’ भन्न थाल्यो त्यही दिनदेखि मैले ‘बा’ लाई सम्झन थालें। त्यसभन्दा अघि त सम्झिरहें– बाल्यकालका दौंतरी गणितको सूत्र नजान्दा कान समाएर उठबस गराउने शिक्षक महिना नलाग्दै कोठाभाडा माग्ने घरमालिक अफिसमा सधैं जोक सुनाउने हाकिम छिनछिनमा चियोचर्चो ग�. . .


गर्मी

- सुमन पोखरेल गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ, मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने। हावा यता छिर्न मन गरिरहेको छैन, बादललाई लिएर गएको छ कतै हनिमुन मनाउन त्यसैले पानी पनि पर्न सकिरहेको छैन। सूर्य भएभरको शक्ति लगाएर घाम बर्साइरहेको छ, लादिरहेछ निर्ममतापूर्वक निरीह. . .


मुटुको शल्यक्रिया

-जुनु राना यो केही ग्रामको अत्यन्तै भावुक मुटु लिएर जिएर हेरियो जून मुटुमा आवश्यकता भन्दा बढी भावुकता रहेछ जुन भावुकताले जिन्दगीमा धेरैपटक भासिनु परेको छ अरुको दुखमा समेत दुख्नु परेको छ ! कहिलेकाहीँ जमिनमा लत्रनु परेको छ जसरी उड्दै गरेको पंछीको पखेटामा कुनै शिकारीको निशाना लागेर अकस्मात् . . .


देश प्रेम

-यादव अधिकारी (जलनमैया) देशका लागि राम्रो काम गर्ने रहर छ । यही माटोको टीका लगाइ मर्ने रहर छ ।। एक इन्च पनि छोडने छैनौं देशको सिमाना । झन्डा बोकि कालापानी तर्ने रहर छ गोलि खान तयार छु म माटो छुन दिन्न । तराई देखि लिपुलेख सर्ने रहर छ।। सोसकिको गिद्द्दे नजर मेरो देश मथी सामन्तीको एउटै चिहान भर्ने रहर छ ।�. . .


स्यालको रजाइ

-द्वारिका नेउपाने छोडि दिउ स्यालहरुलाई सत्ता लोलुप्तामा रम्न देउ नागरिक बेच्नेलाई भो अब बिर्सी देउ आमा बेच्नेलाई के दवाब दिन्छौ बाउ बेच्नेलाई के सुझाव दिन्छौ छोरी बेच्ने पिपासुलाई कुन नाम दिन्छौ सिमा बेची राष्ट्रवादी हुन देउ राष्ट्र बेच्नेलाई लेन्दुप हुन देउ आखिर चिच्याउने हामी त हो सिंहदरबा�. . .


निमन्त्रणा : अनेक यन्त्रणाको अन्त्य पर्खिएर

-नवीन अभिलाषी पहिरोमुनी छु - अनिदो । तिमी आउनु आफ्नो देश छोडेर छोडेर सरकारी जागिर च्यातेर नागरिकता आफ्नो आमालाई छोडेर भएपनि तिमी आउनु । केहि हजार केहि सय केहि किलोमिटर पर… पहिरो खसिरहेको पहाड मुनी म एउटा युगल चिहानको बन्दोबस्त गरिरहेछु । प्रकाशको एक निमेषभरको बाटो बादललाई एक याम हिँड्नुपर्ने हु�. . .