सम्पूर्ण समाचार

जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाण्डौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ : ५५ बजे पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाज अवतरण गर्ने समय भएपनि अहिलेसम्म सम्पर्कमा देखिएको छैन । जहाजबारे खोजविन सुरु भएको छ ।. . .


समृद्ध गणतन्त्र नेपाल निर्माणका लागि एकताबद्ध हुनुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताउनु�. . .


आज गणतन्त्र दिवस

काठमाडौँ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित प�. . .


झोराहाटमा चार स्रष्टाका मुक्तक

विराटनगर । झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेका छन् । मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल उप्रेतीले विभिन्न विषयमा लेखेका मुक्तक वाचन गर्नु भएको थियो ।. . .


जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल गणतन्त्र ः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनु भएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिदैं मुख्यमन्त्री राईले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन गणतन्त्रले ल्याएको धारणा व्यक्. . .


कटहरीको महेशपुरमा आदर्शटोलका श्रेष्ठ मृत फेला

विराटनगर । मोरङ कटहरी गाउँपालिका–१ महेशपुर थानगाछी भन्ने स्थानमा एकजना पुरुष मृत फेला परेका छन् । बिट्टु माझीको खेतमा कटहरी–२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठ मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभय. . .


मोरङको बेलबारीमा दुर्घटना, दुईजनाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटनामा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीक. . .


ओखलढुङगामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ओखलढुङगा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरब�. . .


भक्तपुरकाे सूर्यविनायकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकस्थित रामेछाप सुनापती गाउँपालिका-५ घर भएका ५० वर्षीय मान बहादुर योञ्जनको रुपाकोटी खाजा होटलमा तास खेलिरहेको अवस्थामा योञ्जन सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.७० हजार २ सय ५० रु. . .


प्रमुख प्रतिपक्षीमा आफ्ना कुरा सुनाउने, अर्काको कुरा नसुन्ने प्रवृत्ति देखियो : सांसद महत

काठमाडौं । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोध स्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ता. . .


किरात याक्खा छुम्मा विराटनगरको अध्यक्षमा जिमी, सचिबमा पुन:प्रेम देवान

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगरको अध्यक्षमा बिनादेवी जिमी निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट जिमी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि किरात याक्खा छुम्माको नगर अध्यक्ष थिइन् । उपाध्यक्षमा बा�. . .


जिफन्ट प्रदेश अध्यक्षमा किशोर धमला

विराटनगर । नेपाल टे«ड युनियन महासंघ (जिफण्ट) प्रदेश नं. १ को अध्यक्षमा किशोर धमला निर्विरोध निर्वाचित हुनु भएको छ । विराटनगरमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट धमला निर्विरोध निर्वाचित हुनुभएको हो । मजदुरका समस्याप्रति सधैं सक्रिय रहँदै आउनु भएका धमला यस अगाडी समेत जिफन्टको अध्यक्ष हुनुहुन्थ्यो । व�. . .