समाचार

पुर्वान्चलको पहिलो टेलिभिजन “मकालु” एचडी बन्यो

बिराटनगर चैत्र ३, पुर्वान्चलको पहिलो टेलिभिजन "मकालु" एचडी बनेको छ । बिराटनगरबाट प्रशारण भइरहेको मकालु टेलिभिजन आजभन्दा ३ महिना अघि नै हाइ डेफीनेसन (एचडी) बनेको  हो । एचडी बनेपछि टेलिभिजन अझ गुणस्तरीय भएको टेलिभिजनका प्रमुख कार्यकारी दिवश सुबेदीले बताए  । साथै उनले  "मकालु" एचडी बनेपछि दर्शकबाट पनि �. . .


सुनसरी वराहक्षेत्रका माछा पोखरी सुक्न थालेपछि कृषक निराश

इनरुवा, चैत ३ गते । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए प�. . .


झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगियो ,तत्कालीन एमालेले ६० र माओवादीले ४० प्रतिशत नेतृत्व

विराटनगर : झापा र मोरङमा नेकपा एकता प्रक्रिया टुंगिएको छ। दुवै जिल्लामा तत्कालीन एमालेले ६० र तत्कालीन माओवादीले ४० प्रतिशत नेतृत्व बाँडफाँट गरेका छन्। नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदल बैठकले झापाका १५ स्थानीय तहमध्ये ६ मा तत्कालीन माओवादी केन्द्र र ९ तहमा तत्कालीन एमालेले नेतृत्व गर�. . .


गरिखानेको कुरा : झापाका पाँच युवाले बिर्तामोडमा सुरु गरे ‘चिकेन स्टेशन’

बनियानी चैत्र ३ । कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका हुन् । कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’. . .


नेकपा अध्यक्ष दाहाल आज पत्नी सीताको उपचारका लागि अमेरिका जाने

काठमाडौं चैत्र ३। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आज अमेरिका जाँदै छन् । पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ दाहाल आज साँझ अमेरिका जान लागेका हुन् । पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष दाहाल पत्नीको उपचार�. . .


राजविराज विमानस्थलमा चारैतिर सञ्चालित इँटा भट्टाका कारण उडान र अवतरणमा प्रभाव

माला कर्ण , सप्तरी, चैत ३ गते । चारैतिर सञ्चालित इँटा भट्टाका कारण राजविराज विमानस्थलमा उडान र अवतरणमा प्रभाव पर्ने भएको छ । राजविराज विमानस्थलको पूर्व–पश्चिममा १३ वटा इँटा भट्टा सञ्चालनमा छन् । तिनबाट निस्कने धूवाँले आकाश चारैतिर धुमलिरहेको हुन्छ । राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको प�. . .


उदयपुरको चुरे वनक्षेत्रमा व्यापक आगलागी , आगलागी नियन्त्रण कार्य शुरु

गाईघाट, चैत ३ गते । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ । नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्�. . .


९ मिनेटमा एक महिलाले दिइन् ६ बच्चाको जन्म

एजेन्सी ।  अमेरिकामा टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ बच्चाको जन्म दिएकी छिन् । अमेरिकाको द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् । अस्पतालले दिएको जानकारी अनुसार थेलमा चौका नाम गरेकी महिलाले स्थानीय समय अनुसार गएको शुक्रबार स्थानीय समयअनुसार बिहान �. . .


बिराटनगरको किड्स हेभेनमा अभिभावक दिवस सम्पन्न ,बालबालिकाको आकर्षक प्रस्तुति

बिराटनगर चैत्र ३ , बिराटनगर ९ मा रहेको किड्स हेभेन मन्टेशवरीमा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा स्कुलका साना बिद्यार्थीहरुले बिभिन्न आकर्षक प्रस्तुति दिएका थिए । स्कुलमा हाल ७० बिद्यार्थी अध्यानरत रहेका छन् । कार्यक्रममा अभिभावकलाई बिभिन्न खेलहरु पनि खेलाइएको थियो  ।. . .


प्रधानमन्त्री ओली आज विराटनगर आउँदै, एकिकृत कृषी बजारको उद्घाटन गर्ने

विराटनगर, ३ चैत । नेकपका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउने कार्यक्रम तय भएको छ । विराटनगरमा निर्माण पुरा भएको एकिकृत कृषि बजार उद्घाटनको लागि ओली बिराटनगर आउन लागेका हुन् । बिहान १० बजेको यति एयरलाईन्सबाट बिराटनगर आउन लागेका ओली कृषि बजारको उद्घाटन पछि तिनपैनी स्थित पार्टी का. . .


महिला साफ च्याम्पियनसिप : समूह ‘बी’को अन्तिम खेलमा आज भारत र श्रीलंका भिड्दै

विराटनगर, ३ चैत ।  महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ  । यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ । चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ . . .


तेह्रथुमकाे लालीगुराँसमा आगलागी, १० लाख बढीकाे क्षति

तेह्रथुम, ३ चैत । तेह्रथुमको लालीगुँरास नगरपालिका-६ सल्लेरी सामुदायिक बनमा लागेको आगो गाउँ पस्दा २ घर जलेर नष्ट हुँदा साढे १० लाख मूल्य बराबरको क्षति भएको छ ।  बनमा आगलागी हुँदा नजिकै रहेको दुर्गा बहादुर कार्कीको ढुंगा, माटोले बनेको फुसको छानो भएको १ तले घर, घर नजिकै रहेको गाईगोठ, घर भित्र रहेको अन्नपात, . . .