समाचार

विराटनगरबाट २ लाख मूल्य बराबरको अवैध सामान बरामद

विराटनगर, ३ पुस।  विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले मंगलवार  २ लाख २४ हजार १ सय ४६ रुपैयाँ बराबरको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको किराना समान, १५ थान कोट, १० थान कुर्ता सुरुवाल लगायत खाद्या�. . .


विराटनगरकी नेहाको अपहरण की भागी विवाह, आमा रुँदै प्रहरीकोमा, भनिन्–‘छोरी फर्क’

प्रेम देवान/ओवी विराटनगर, ३ पुस । विराटनगर १५ मा रहेको श्रीराम स्कुलमा अध्यनरत एक छात्रा २ हप्तादेखि सम्पर्क विहीन भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया नेहा गिरी गत मंसिर २० गतेदेखि परिवार सम्र्पक विहीन भएको उनको परिवारले बताएका छन् । विराटनगर १५ मन्टापोखरी घर भएकी नेहा २० गते विहान कोचिङ पढ्न भ�. . .


बिर्तामोडमा स्कुटर दुर्घटना : चालकको मृत्यु

झापा, पौष ०३ । झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीमा सोमवार स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राती साढे ११ बजे पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको मे ९ प २५८१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते झापा अर्जुनधारा नग�. . .


सुनसरीमा अर्नाको आक्रमणबाट एक घाइते,बिराटनगरमा उपचार हुदै

सुनसरी, पौष ०३ गते । सुनसरीको कोशी गाउँपालिका-२ मा अर्नाको आक्रमणबाट सोमवार १ जना घाइते भएका छन् । राती १० बजेको समयमा सोही स्थान बस्ने वर्ष २३ को धर्मेन्द्र उराव लाई आफ्नै घर बाहिर बसी रहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको थियो । अर्नाको आक्रमणबाट घाइते उरावलाई उपचारको लागि जिल्�. . .


तेह्रथुममा बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा युवक पक्राउ

तेह्रथुम, पौष ०३ गते । तेह्रथुमको आठराई गाउँपालिका-४ बाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने बर्ष २६ को डोलेश्वर लिम्बु पक्राउ परेका हुन् । लिम्बुले बालिकालाई ललाई फकाई गत मंसिर २६ गते जवरजस्ती करणी गरेको भनि पिडीत बालिकाको आमाले दिएको उजु�. . .


विराटनगरमा आयोजना हुन लागेको भविष्य स्टीम च्यालेन्जको तयारी तिब्र

विराटनगर,  पुस ३। विराटनगरमा भविष्य स्टीम च्यालेन्ज आयोजना गरिने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु उक्त कायक्रममा हुने छ । विद्यालयस्तरमा काम गर्दै आएको "कारखाना" नामक संस्थाले भविष्य स्टीम च्यालेन्ज आयोजना गर्न लागेको हो । प्रतियोगितामा मोरङ �. . .


पथरीमा सुनचाँदी पसलबाट चोरी

विराटनगर, ३ पुस ।  मोरङमा सुनचाँदी पसलबाट करिब तीन लाख बराबरको सामान चोरी भएको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका-१ शिखर चोकस्थित सोही ठाउँ बस्ने गणेश विष्टको सगमाथा सुनचाँदी पसलबाट आइतबार राति तीन तोला सुन र दुई किलो चाँदी चोरी भएको हो। करिब तीन लाख मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन. . .


बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द

बिराटनगर पुष ३ , बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द रहेको अवस्था रहेको छ  । सोमबार रातिदेखि नै बिराटनगर लगायतका ठाउँमा बिजुली छैन । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार केहि प्राबिधिक समस्या आएको कारण बिजुली गएको बताएको छ । समस्याको समाधान गर्ने काम भइरहेको र केहि . . .


ताप्लेजुङमा तमोर नदी माथि काठको मोटरेवल पुल निर्माण

ताप्लेजुङ पुष ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ को खेजेनिममा पहिलो पटक सवारी साधन पुगेको छ । स्थानीयबासीले तमोर नदी माथी काठको मोटरेवल पुल निर्माण गरी गाउँमा सवारीसाधन पुर्‍याएका हुन् । स्थानीयको सकृयतामा एक साता बढी समय लगाएर बनाइएको यो पुल हुँदै सवारीसाधन ओहोरदोहोर गर्न थालेका छन् ।खेजेन�. . .


सप्तरीमा लागुऔषध लिएका युवाको समूहले सुरक्षा गार्ड पर्शुरामको गरे हत्या

सप्तरी पुष ३। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घ�. . .


बिराटनगरको मौसम : रातिबाट वर्षा जारी , चिसो बढ्यो

बिराटनगर पुष ३ । बिराटनगरमा हिजो रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट बिराटनगरमा जाडो बढेको छ । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौस�. . .


विराटनगरको महेन्द्र मोरङमा बिद्यार्थीको दादागिरी, क्याम्पस प्रमुख २ घण्टा थुनिए

विराटनगर, २ पुस । विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस विद्यार्थीले गर्ने बिभिन्न आन्दोलनका कारण अस्तब्यस्त बन्न थालेको छ । बिभिन्न नाममा भएको आन्दोलनका कारण क्याम्पस जर्जर हुँदै गएको छ । सोमबार दिउँसो बिद्यार्थीले क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको कार्यकक्षमा तोडफोड गर्नुका साथै ब. . .