समाचार

विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड

२८ मंसिर, विराटनगर । परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलित विद्यार्थीको समूहले विहीवार विहान पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गत जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तो�. . .


झापामा पनि मत बदर धेरै

भद्रपुर, रासस । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खस. . .


इलामबाट ३ वटा पेस्तोल बरामद

२८ मंसिर, इलाम । इलामको सदरमुकाम नजिकै तिल्केनीमा ३ वटा पेस्तोल भेटिएको छ । ८ राउण्ड गोलीसहित पेस्तोल भेटिएको हो ।इलाम नगरपालिका–८ को तिल्केनीको गोरेटो बाटोमा भारतीय कम्पनीका पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । पेस्तोल कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरील�. . .


बिराटनगरमा शिक्षाको बिकासको लागि “साइक्लोथोन” कार्यकम हुने

बिराटनगर मङ्सिर २८ , रोटारी क्लब अफ बिराटनगर फिउजन र लक्ष्मी बैंकको आयोजनामा बिराटनगरमा "साइक्लोथोन" च्यारिटी कार्यक्रम हुने भएको छ । पुस ८ गते बिहान ८ बजे बिराटनगरको आदर्श स्कुलबाट "साइक्लोथोन" सुरु हुने छ । उक्त कार्यक्रमबाट उठेको सम्पूर्ण रकम शिक्षा क्षेत्रमा लगाइने छ । उक्त  "साइक्लोथोन" मा सहभाग. . .


मोरङमा खसीको यो कस्तो चमत्कार ! पुराण सुन्ने देखी मलामी जाने सम्म !!

तेजन खड्का उर्लाबारी । खसीले चमात्कारिक ब्यबहार प्रदर्शन गर्न थालेपछि मोरङको शिसवनी –१का बिनोदकुमार महतोेले ५ वर्ष देखि शौखको रुपमा खसी पालिरहेका छन् । खसीले गर्ने क्रियाकलापले जो कोहिलाई आचश्र्यचकित बनाउने गरेको छ । खसीले आश्र्चय चकित बनाएपछि स्थानीयवाशीले बाटोमा हिडँडुल गरेको भेटेमा खानेकुरा �. . .


९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ

सुरुङ्गा, झापा (रासस) ।  ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक  झापामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित . . .


जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न निर्देशन

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७�. . .


क्याम्पसको क्यान्टिनमा आगलागी, १२ लाखको क्षति

झापाको मेचीनगर नगरपालिका ६ स्थित काँकरभिट्टा क्याम्पसको क्यान्टिनमा आज बिहान ग्याँस लिक भई आगलागी हुँदा अन्दाजी १२ लाख बराबरको क्षति भएको छ। आज बिहान पौने छ बजे क्याम्पसको चौकीदार मेची नगरपालिका ६ बस्ने नारायण बिष्टले संचालन गरेको उक्त क्यान्टिना आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो। आग. . .


झापाबाट ३ लाख बराबरको लत्ताकपडा बरामद

झापा,मंसिर २८ , झापाको मेचीनगर नगरपालिका ६ स्थित पिंकीठ्याक भन्ने ठाउँबाट प्रहरीले गएराती ३ लाख मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको भेष्ट, ज्याकेट र मोजा लगायतमा अन्दाजी ३ लाखको सामान बरामद गरेको हो। राती पौने . . .


बिराटनगरलाई राजधानी बनाउन मेयर पराजुली पुगे प्रधानमन्त्री देउवा भेट्न

कौशल निरौला , बिराटनगर मङ्सिर २७ , विराटनगर महानगरका मेयर भिम पराजुली प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त भएको डकुमेन्ट बोकेर काठमान्डौ पुग्नु भएको छ । विराटनगरमा भएका भौतिक संरचना (एरपोर्ट ,मूख्यमन्त्री वस्ने स्थान,भवन ,औद्योगिक क्षेत्र,खेलमैदान ) आदीले विराटनगर प्रदेशको राजधानी बन्न उपयुक्त भएक�. . .


सुनसरी क्षेत्र नम्बर ३ मा गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरे

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् । उनले झिनो मतान्तरले नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । गच्छदारले ३२१ . . .


समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा

इलाम, मंसिर  २७ गते ।  समानुपातिक मतमा इलाममा नेकपा (एमाले) पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवैतर्फ एमालेले बढी मत पाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा १० हजार ९१३ मतगणना भइसक्दा एमालेले पाँच हजार ४५४ मत, नेपाली काँग्रेसले दुई हजार ९५८ मत र नेकपा (माओवादी केन्द्र)ले ७४१ मत पाएक�. . .