समाचार

इरानमा ६० जना यात्रु बोकेको विमान दुर्घटना

६ फागुन  । इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्ट. . .


सप्तरीबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

राजविराज।  ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मु. . .


बिराटनगरको गुन्द्री बजारमा विप्लवको कार्यक्रम बिथोलियो

विराटनगर । बिराटनगरको गुन्द्री बजारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ । कार्यक्रम नगर्नू भनी प्रशासनले दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको हो । प्रहरीले नेकपाका स्थायी समिति सद�. . .


उदयपुरमा विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

गाईघाट, उदयपुर, ६ फागुन : उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको चौदण्डी नगर. . .


तेह्रथुममा स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या

तेह्रथुम, फागुन ६ गते । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न �. . .


विराटनगर थर्ड लायन्स मल्टिपल फेस्टिभल सम्पन्न

विराटनगर, ६ फागुन । विविध कार्यक्रम आयोजना गर्दै विराटनगरमा लायन्स मेला सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशल ३२५ एवानको आयोजनामा थर्ड लायन्स मल्टिपल फेस्टिभल नाम दिइएको मेला सम्पन्न भएको हो । देशभरिका लायन्स क्लब र सो क्लबका भातृ संस्थाहरुको सहभागिता रहेको फेस्टिभलमा लायन्स क्लबका गर्भनर र पदाधि�. . .


प्रदेश पदाधिकारीको यस्तो सेवा सुबिधा : मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७०

विराटनगर, ६ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्र�. . .


कटहरीबाट भारतीय बोइलर कुखुरा बरामद 

मोरङ, फाल्गुन ६ गते । कटहरीबाट प्रहरीले शनिबार ३० वटा भारतीय बोइलर कुखुरा बरामद गरेको छ। भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुरासहित को १ ह ६८२७ नम्बरको सिटी सफारी नियन्त्रणमा लिइएको हो। वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएका प्रहरीले साँझ ५ बजेतिर कटहरी गाउँपालिका ४ नयाँबजारमा सिटी सफारीमा बोइ�. . .


सिद्धार्थ शिशु सदनमा ४२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यरुपमा सम्पन्न

विराटनगर, ६ फागुन ,  विराटनगर– ५ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयको ४२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यरुपमा सम्पन्न भएको छ । प्रमुख अतिथी मेयर भिम पराजुलीले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा १० सम्मका ४ सय ८० जना बालबालिकाहरुबाट विभिन्न संस्कृत. . .


मकवानपुरमा सवारी दुर्घटना :तीन जनाको ज्यान गयो

हेटौंडा,६ फागुन । हेटौंडाका विभिन्न स्थानमा गएराति भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ । हेटौंडा–११, नवलपुरमा गएराति मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको हो । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ४५ प३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा . . .


लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ

झापा, ६ फागुन। झापाको काकडभिट्टाबाट खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका १२ बस्ने २२ बर्षिय सन्तोष नेपाललाई आठ सय मिलिग्राम खैरो हिरोईनसहित लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले पक्राउ गरेको हो । मेचीनगर नगरपालिका ६ मेची पुलबाट पक्राउ परेका नेपा�. . .


मोरङमा भएको बेग्लाबेग्लै सवारी दुर्घटनाबाट ६ जना घाइते

विराटनगर, ६ फाल्गुन । मोरङको दुई बेग्लाबेग्लै स्थानमा शनिबार साँझ भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। लेटाङ्ग नगरपालिका ६ मिलन चोकमा को ३ प ९२७९ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री लेटाङ ६ का ६० वर्षिय कृष्णसुर्य मगर र उहाँकी श्रीमती ५८ वर्षिय राममाया मगर घाइते हुनु भएको छ । घाईतेको ले�. . .