समाचार

माई खोलाले बगाएर एकको मृत्यु

झापा, साउन २ झापाको शिबशतासी नगरपालिका-१० दोमुखा स्थित माइधारमा आइतबार माईखोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुँनमा शिबशतासी नगरपालिका-७ लालपानी बस्ने २९ बर्षिय कमल फुयाल रहेका छन्। अपरान्ह ४ बजेतिर साथीहरुसंग खोला तर्ने क्रममा कमललाई उक्त खोलाले बगाएको थियो। उनी इलाका प्रहरी कार्याल�. . .


लागूऔषधसहित धरानका एक युवा पक्राउ

सुनसरी, साउन २ सुनसरीको धरान-७ बस्ने २२ बर्षिय जितेन गुरुङलाई प्रहरीले आइतबार लागूऔषधसहित पक्राउ गरेको छ। गोप्य सुचनाको आधारमा प्रहरीले गुरूङको घरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपीजेसिक ८ एम्पुल, डाइजोलोपाम ८ एम्पुल, एभिल ८ एम्पुल बरामद गरेको हो। बरामद लागूऔषधसहित जितेन गुरुङ र उनको श्रीम�. . .


महेन्द्र मोरङ क्याम्पसको प्रमुखको कार्यकक्षमा तालाबन्दी

नेपालभरिका आंगिक क्याम्पसहरुमा आंशीक प्राध्यापकहरुले तालाबन्दी गरेका छन् । करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै उनीहरुले केन्द्रीय कार्यक्रमअनुसार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सबै विभाग, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा पनि तालाबन्दी गरेका छन् । लामो समय देखि त्रीभुवन विश्�. . .


बोलेरोको ठक्करबाट बालिका घाईते

सप्तरी, साउन १ सप्तरीको रुपनी गाउँपालिका १ स्थित राजमार्गमा आईतबार बिहान बोलेरोको ठक्करबाट साईकलमा सवार एक बालिका घाईते भएकी छन्।पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको स १ ज ४१५ नम्बरको बोलेरोलेको ठक्करबाट साईकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने शम्भु श्रेष्ठको ११ बर्षिया छोरी लक्ष्मी श्रेष्ठ घाईते भए�. . .


उर्लाबारीमा जंगली हात्तीले घर भत्काउँदा ७५ हजार बराबरको क्षति

मोरङ, साउन १  मोरङको नगरपालिका २ स्थित सिरूझारमा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ। जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो भत्काउँदा सो मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।. . .


ईटहरीमा श्रीमानको छुरा प्रहारबाट श्रीमती घाईते

सुनसरी, साउन १, सुनसरीको ईटहरी उप-महानगरपालिका ५ मा शनिबार श्रीमानको छुरा प्रहारबाट श्रीमती घाईते भएकी छन्। सोही उप-महानगरपालिका बस्ने ४५ बर्षिय कमल प्रसाद भट्टराईले सामान्य घरायसी बिवाद हुँदा ३५ बर्षिय आफ्नै श्रीमती मुन्ना भट्टराईलाई छुरा प्रहार गरेका थिए।छुरा प्रहारबाट शरिरका बिभिन्न भागमा चो�. . .


विराटनगरमा लखन पटवारी नाटक हुदै

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा ‘लखन पटवारी’ नाटक मञ्चन हुने भएको छ । साउन १ देखि १५ गतेसम्म हाटखोलास्थित नाटकघरमा सो नाटक मञ्चन हुन लागेको हो । लोककथालाई रंगकर्मी प्रविण खतिवडाले नाट्य रुपान्तरण र निर्देशन गरी तयार पारिएको नाटक ‘लखन पटवारी’मञ्चन हुन लागेको आयोजक आरोहण गुरुक. . .


मतदातालाई भेडेटार लगेर मत आफ्नो पक्षमा !!

सुमन सुस्केरा विराटनगर , असार ३० – मोरङको कटहरी गाउँपालिकामा धमाधम मतदानको काम भइरहेको थियो । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरु मतदातालाई मतपत्र बितरण गर्दै थिए । जम्मा ३७ जना मतदाता रहेको कटहरीको यो मतदान गाउँ कार्यपालिका सभाको लागि भइरहेको हो । गत असार १४ मा सम्पन्न भएको मतदानबाट विजयी भएक. . .


लेटाङमा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न

भूमिका पाख्रिन, लेटाङ लेटाङ नगरपालिका (साविक लेटाङ भोगटेनी न.पा) पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । बच्चा जन्मेदेखि १ वर्षभित्र लगाउनु पर्ने विसीजी, डिपीटी, पोलियो, पिसीभी र दादुरा विरुद्धको खोपहरु सम्पूर्ण बालबालिकालाई लगाएसँगै आज एक कार्यक्रममाबीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पहिले नै �. . .


अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा महिलाको कंकाल फेला

३० असार, इलाम  । तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कंकाल फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कंकाल बिहीबार फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनक�. . .


कुटपिट गरी देउरानीद्वारा जेठानीको हत्या

काठमाडौं । दाङको गढवा गाउँपालिका २ जुरेनीमा जेठानीको हत्या गर्ने एक जना देउरानीलाई प्रहरीले पक्राउ गरेको छ । घरयासी विवादपछि बिहीबार बेलुका जेठानी ४० वर्षीया गीता कुमाललाई कुटपिट गरी हत्या गरेको अभियोगमा २१ वर्षीया मनी कुमाललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेकी कु�. . .


पाँचथरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् । बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्. . .