समाचार

चमात्कारीक सर्प निस्किएको भन्दै हेर्नेको भीड

  मोरङको इटहरा—२ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले न�. . .


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरी, भाद्र १५ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको सितापुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा. १ ब ८६१६ नम्बरको मोटरसाइकल बिहान ०५३० बजे सितापुर गाविस ३ राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला महोतरी मट�. . .


निर्माणाधीन भवनमा बालक मृत फेला

मोरङ, भाद्र १५ मोरङ जिल्लाको कटहरी गाविसस्थित निर्माणाधीन भवनमा एक बालक मृत अवस्थामा भेटिएका छन्। कटहरी ६ बस्ने प्रमोद सहनीको ८ वर्षिय छोरा फदन सहनी सोही गाविसस्थित ओम शान्तिको नव निर्माणाधीन भवनमा मृत अवस्थामा भेटिएका छन। सहनी आईतबार दिउँसोदेखि हराई रहेका थिए। उनलाई खोजी गर्दै सोमबार बिहान ९ बज�. . .


उर्लाबारी चोकमा बन्यो राउण्ड अबाउट

  तस्बिर तेजन उर्लावारी १५  भदौ, मोेरङको उर्लाबारीको मुख्य चौकमा राउण्ड अबाउट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइतबार राउण्ड अबाउडको बीच भागमा शान्तिको प्रतीक परेवाको आकृति राखेसँगै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । करिब २० लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको र राउण्ड अबाउटको ९५ �. . .


बन्दले बिराटनगरका होटेल सुनसान , दुइ अर्ब घाटा

बिराटनगर भदौ १५ , मदेशी मोर्चाको बन्दका कारण बिराटनगरका होटेललाई दुइ अर्ब भन्दा बढिको घाटा भएको छ । नेपाल होटेल ब्यवसाही संघका केन्द्रिय सद्स्य राजन श्रेष्ठका अनुसार १७ दिन देखिको होटेल बन्दका कारण क्षति भएको हो । बिराटनगरमा जैन धर्मका गुरु आउने भएपछी होटेलको ब्यापार बढ्ने भनिए पनि लगातरको बन्दका क�. . .


सिरहामा गोली चल्यो

सिरहा, भाद्र १४ गते। अज्ञात समुहले सिरहा नगरपालिकामा आज एक जनालाई गोली प्रहार गरी फरार भएका छन्। गोली प्रहारबाट सिरहा जिल्लाको मिर्चैया नगरपालिका १० मथलेस्वर बस्ने ३० वर्षिय रामबाबु यादव घाइते भएका छन्। यादवलाई दिउँसो १३३० बजेतिर भारतबाट मल लिएर घरतर्फ आउदै गर्दा सिरहा नगरपालिका १३ स्थित लच्का प�. . .


बाढीले घरबगाउँदा एक दम्पती बेपत्ता

ओखलढुङा, भाद्र १४ ओखलढुङा जिल्लाको माम्का गाविस ८ स्थित ठोट्ने खोलामा आएको बाढीले घरसहित एक दम्पतीलाई बगाएको छ। अविरल वर्षासंगै गएराती ठोट्ने खोलामा आएको बाढीले माम्का ८ खानीगाउँस्थित अविरल दाहालको घर बगाएको छ। मध्यराती १२ बजेतिर आएको बाढीले घरसहित दाहाल र निजको श्रीमती हर्कमाया दाहाललाई समेत ब�. . .


बन्दको अवज्ञा गरेको भन्दै सप्तरीमा माइक्रोबसमा आगजनी

चन्दन रौनियार बिराटनगर भदौ १४ , सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबस�. . .


आज दोस्रो दिन पनि बिराटनगरका विद्यार्थी शिक्षा कार्यलयमा पढे

बिराटनगर भदौ १४ , बिराटनगरका विद्यार्थीहरुको अभियान " उदय " आज पनि जारी रहेको छ । बिराटनगरका शैक्षिक सस्था बन्द हुँदा धेरै युवाको भबिस्य अन्धकार भएको भन्दै युवा हरुले जिल्ला शिक्षा कार्यलय मोरङ गएर आज पनि बिभिन्न स्कुल , कलेजमा गरिने कृयाकलाप गरेका छन । उनिहरुले बिभिन्न प्ले कार्ड लिएर दवाब स्वरुप गएका. . .


बिराटनगरमा आजको बन्दमा प्रेस माथि पनि हमला

प्रेम देवान बिराटनगर भदौ १४ संयुक्त लोकत्रान्तिक मधेशी मोर्चा ले आज बाट बन्द अझ सशक्त बनाउने निर्णय गरेको छन् । आज बाट बजार पुरै बन्द गरेर , मोटर साइकल समेत चल्न नदिने निर्णय गरेको छन । आज बिहानै बिराटनगर १८ हाइवेमा एउटा बाइक तोडफोड गरेका छन । यस्तै विराटनगरको रोडशेष चोकमा मकालु टेलिभिजनको कार तोडफोड �. . .


डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पतालमा तनाव

विराटनगर १४ भदौ । सामान्य अवस्थामा रहेकी गर्भवती महिलाको सुत्केरी गराउन अस्पताल ल्याउँदा डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै विराटनगरस्थित नोबेल अस्पतालमा तनाव भएको छ। गत शुक्रबार सुत्केरी गराउन भर्ना गरिएकी उदयपुरको बेल्टारकी कल्पना सुवेदीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरबाहीले मृ. . .


लिम्बुवानले पनि थाल्यो आन्दोलन

विराटनगर १४ भदौ । अरुणपारीका नौ वटा जिल्लालाई लिम्बूवान प्रदेश घोषणा गर्नु पर्ने मागसहित संघीय लिम्बूवान पार्टीले आज पूर्वका नौ वटा जिल्लामा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । बिभिन्न जिल्लाका सदरमुकाम तथा मुख्य बजारहरुमा बन्दकर्ताहरु बसेर या. . .