विराटनगर

बिराटनगरमा बौद्धिक करोडपती राजिव जैन , पुसमले गर्यो सम्मान

विराटनगर जेठ १२ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् । विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट (पुसम) क्याम्पसले आज आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क. . .


बिराटनगरमा जब सडकमा रहेको ट्रकमा अचानक आगो लाग्यो (तस्बिर सहित)

बिराटनगर जेठ १२ , बिराटनगरमा आज दिउसो अचानक एउटा ट्रकमा आगलागी भएको छ । बिराटनगरको महेन्द्र चोक छेउमा सडकमा निर्माणकार्य जारीरहेको अवस्थामा उक्त आगलागी भएको हो । ना १ क ८०१६ नम्बरको ट्रकमा सडक पिच गर्न अलकत्रा   बोकेको अवस्थामा एक्कासी आगलागी सुरु भएको स्थानीयले  बताएका छन् । बिराटनगर महानगरपालिका�. . .


बिराटनगरमा १७ बर्षे युवाको आयोजनामा प्रदेश स्तरीय प्रिन्सिपल समिट सम्पन्न

बिराटनगर जेठ १२ , उमेरले सानो तर काम र सोच रे परिपक्व रहेका बिराटनगरका एक १७ बर्षीय युवाको आयोजनामा बिराटनगरमा अहिलेसम्म कै ठुलो प्रदेश नम्बर १ स्तरीय "प्रिन्सिपल समिट" सम्पन्न भएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजबाट भर्खरै कक्षा १२ को परिक्षा दिएका १७ बर्षीय बैभव नाहाटाको अगुवाइमा शनिबार प्रदेश नम्�. . .


कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली जुट (पटुवा) खेती अचेल खुम्चँदै

बिनोद भण्डारी विराटनगर जेठ १२ , कुनै बेला पूर्वी तराईको प्रमुख नगदेबाली जुट (पटुवा) खेती अचेल खुम्चँदै गएको छ । अढाई दशकअघि पूर्वी तराईमा यसको खेती ५४ हजार हेक्टरमा हुन्थ्यो । पछिल्लो समय ११ हजार हेक्टरमा झरेको छ । किसानलाई आर्थिक र प्राविधिक सहयोग गर्ने जुट विकास केन्द्र बन्द भएसँगै उनीहरूले खेती . . .


हिसान मोरङका अध्यक्ष कार्कीले भने “म आफै अहिलेको शिक्षा प्रणालीमा खुसी छैन,परिवर्तन गर्छु”

भर्खरै सम्पन्न हिसानको अधिवेशनबाट हिसान मोरङको अध्यक्ष चयन भएका राजेश कार्कीले ओबी मिडिया संगको एक अन्तर्वार्तामा उनि आफै अहिलेको शिक्षा प्रणालीमा खुसी नभएको बताएका छन् ।  अहिलेको शैक्षिक प्रणालीमा प्राविधिक तथा व्यवहारिक शिक्षा अपरिहार्य रहेको हुनाले शिक्षा प्रणालीमा परिवर्तन  आवस्यकता रहेको �. . .


MY STORY : बिराटनगरका उद्योगी सन्तोष कुमार चौधरीले यसरी सुनाए आफ्नो सफलताको कथा

ओबी मिडियाले सुरु गरेको "My Story" अन्तर्गत आज हामीले बिराटनगरका उद्योगी सन्तोष कुमार चौधरीको कथा वहाकै आवाजमा लिएर आएका छौ । व्यापारी मान्छे जहिले पनि गद्दीमा कुरेर बस्नुपर्छ || My Story || Santosh Chaudhary || OB Magazine   हेर्नुहोस भिडियो : https://www.youtube.com/watch?v=VGcXeFyXgfg&feature=share. . .


विराटनगर भन्सार कार्यालयको राजश्व १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड

विराटनगर जेठ १२ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । दश महिनाको अवधिमा लक्ष्यमा ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएक. . .


प्रदेश १ सरकार पूर्वबजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा

विराटनगर,१२ जेठ । प्रदेश १ सरकारले पूर्वबजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सभामुख प्रदिपकुमार भण्डारीले कतिपय प्रदेशले पहिले नै नीति तथा कार्यक्रम ल्याईपछि मात्र बजेटमाथि छलफल चलाएको जानकारी दिंदै प्रदेश १ ले भने पूर्वबजेट छलफललाई नै टेकेर बजेट ल्याउने बताएका छन् । धनकु�. . .


विराटनगरमा सुरु भएको स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण सम्पन्न

विराटनगर, ११ जेठ । सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले आयोजना गरेको तीन दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो �. . .


प्रदेश नम्बर एकमा १० हजार व्यक्तिको रक्तचाप जाँच

विराटनगर, ११ जेठ । प्रदेश नं एक करिव १० हजार व्यक्तिको रक्तचाप जाँच गरिएको छ । मे मेजरमेन्ट मन्थ अभियान अन्र्तगत सो संख्यामा रक्तचाप नापीएको अभियानका प्रदेश नं. १ संयोजक डाक्टर सुर्य पराजुलीले जानकारी दिनुभयो । अभियान अन्र्तगत शनिबार बिराटनगरमा रहेको सेन्टर मलमा २ सय ५० जनाको रक्तचाप नापिएको छ यसैगरी . . .


‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली संघमा बनाउनु पर्छ ।’ः भट्टराई

विराटनगर ११ जेठ । सुधारेको खिचडी प्रकारको संसदीय व्यवस्थाले दिगो शान्ति नल्याउने बताउँदै समाजबादी पार्टी नेपालका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति प्रणाली संघमा बनाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशमा प्रत्यक्ष निर्वा्चित मूख्य मन्त्�. . .


विराटनगरमा विश्व थाइराईड दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

विराटनगर, ११ जेठ । ‘थाइराइडबाट सचेत होऔं र सचेत गराऔं’ भन्ने नाराका साथ विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व थाइराईड दिवसका अवसरमा शनिबार विराटनगरमा इन्डोक्राइन क्लिनिक र लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेजनल विराटनगरको सयुक्त आयोजना तथा महानगरपालिकाको सहयोगमा विविध कार्यक्रम गर�. . .